काठमाडौं- सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।
आज बसेको राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

प्रतिनिधिसभाबाट गत साउन ३० गते पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयक सर्वसम्मत रूपले पारित गरेको हो ।
प्रतिनिधिसभामा उत्पत्ति भएको यो विधेयक अब सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष जानेछ ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यो ऐन कार्यान्यवनमा आउनेछ ।