काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई शुक्रबार सोधपुछका लागि बोलाएको छ ।

समिति संयोजक सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई शुक्रबार दिउँसो २ बजे समितमा सोधपुछका लागि उपस्थित हुन भनिएको छ । 

OM Sai Pathibhara Hospital

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको संयोजक थापाले बताए । 

लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि सोधपुछका लागि शुक्रबार बिहान ११ बजे बोलाइएको समितिले जनाएको छ ।