काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारत भ्रमणबाट बिहीबार स्वदेश फर्किएकी छिन् । पाँचदिने भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी थिइन् ।
यस्तै, परराष्ट्रमन्त्री राणा र उनका भारतीय समकक्षी एस जयशंकरबीच द्विपक्षीय वार्ता भएको थियो । नेपालका विदेशमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले विरलै भेट्ने गरेकोमा परराष्ट्रमन्त्री राणा र भारतीय प्रधनमन्त्री मोदीबीच महत्त्वपूर्ण भेटवार्ता भएको थियो।

भारत भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री राणाले यो भ्रमणले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास रहेको बताइन् ।
दिल्लीमा रहँदा मन्त्री राणाले स्वास्थ्य जाँच पनि गराएकी थिइन् । परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पर्यटनमन्त्री बद्रि पाण्डे विमानस्थलमा पुगेका थिए ।