राजनीति

    Showing 6,051-6,060 of 10,353 items.
  • सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्त्विक महत्त्व बोकेका सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्नेमा जोड दिएकी छिन् । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीदेवी मन्दिर पुनर्निर्माण समितिले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले सम्पदा संरक्षणमा स्थानीय तहको प्रयासको सराहना गरिन् ।पूर्वराष्ट्रपति भण्डारीले स्थानीय कला संस्कृतिको संरक्षण र विकासको आवश्यकतामा जनताको उत्साहपूर्वक सहभागिता हुनुलाई आफूले ठुलो शिक्षाका रूपमा लिएको बताइन् । उनले नेपालमा कला र संस्कृति जोगाउने सवालमा युवा र महिलाको भूमिका बढेको समेत बताइन् । “मुलुकमा युवा तथा

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 357 पटक पढिएको
  • काठमाडौँ आइपुगे ओमानका विदेशमन्त्री

    काठमाडौँ-  ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौँ आइपुगेका छन्। उनी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि (भदौ १० र ११ गते) काठमाडौँ आइपुगेका हुन् । भ्रमणका दौरान दुई विदेश मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुनेछ। ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् । उनी भदौ ११ गते काठमाडौँबाट स्वदेश फर्किने कार्यतालिका छ ।

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 318 पटक पढिएको
  • पदाधिकारी छान्न मंगलबार दिउँसो चुनाव गर्दै एकीकृत समाजवादी

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाएको छ।गत असार २० गते महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गरेको भए पनि बाँकी पदाधिकारी चयन गर्न बाँकी थियो।पार्टीको निर्वाचन आयोग अध्यक्ष माधव पौडेलले सोमबार निर्वाचन कार्यक्रम कार्यतालिका पनि जारी गरिसकेका छन्। यस्तो छ निर्वाचन कार्यक्रम कार्यतालिका:

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 293 पटक पढिएको
  • राष्ट्रिय पार्टी बन्न नसक्ने दलका सांसद स्वतन्त्र हुनुपर्छ : शंकर पोखरेल

    काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा जो कमजोर छ राज्य सत्ता सञ्चालनमा ऊही निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलाएको बताएका छन् । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताए ।लोकतन्त्रको मूल मान्यता नै सबैभन्दा बलियो राजनीतिक दलले शासन गर्ने भएको पोखरेलले प्रस्ट पारे । ‘लोकतन्त्रमा जहिले पनि शासन गर्ने भनेको बलिया पार्टीले नै हो’, उनले भने । कानुनको सुधारद्वारा लोकतन्त्रलाई थप बलियो बनाउन सकिने उनको धारणा छ । नेपालको कानुनले नै पार्टीहरूलाई बलिया ह

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 491 पटक पढिएको
  • सरकारको जोड घटाउमा नलागौँ, खोज्दै आउने स्थिति बन्छ : प्रचण्ड

    काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी सङ्गठन निर्माण र विचारको विकास भएको बताएका छन्।कास्कीको पोखरामा आइतबारदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको समापनमा अध्यक्ष प्रचण्डले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए।‘हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ। अवको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो’, अध्यक्ष प्रचण्डले भने।अध्यक्ष प्रचण्डले माओवादी केन्द्र अहिले पनि देशको महत्त्वपूर्ण शक्त

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 290 पटक पढिएको
  • गौरा पर्वमा पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

    काठमाडौं- काठमाठौंको टुंडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको छ । आज काठमाडौमा बस्ने सुदुरपश्चिमेलीहरुले आयोजना गरेको कार्यक्रमा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीविरूद्ध युवाहरुको समुहले नाराबाजी गरेका हुन् । ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै प्रधानमन्त्री ओली टुंडिखेल पुगेका थिए । प्रधानमन्त्री ओलीले नाराबाजीप्रति असन्तुष्टि जनाउँदै भने, ‘नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लागेको छ ।’नाराबाजी भएपछि ओली छोटो मन्तव्य राखेर फर्किएका थिए । मञ्चमा कांग्रेस सभापति देउवासँगै रहेका ओलीविरुद्ध चर्को नाराब

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 894 पटक पढिएको
  • मधेश प्रदेशः खेलकुद विधेयक समितिबाट पारित

    जनकपुर- मधेस प्रदेशको प्रदेश खेलकुद विधेयक समितिबाट पारित भएको छ । प्रदेश सभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी पारित गरेको छ । आज जनकपूरधाममा समिति सभापति रूपा यादवको अध्यक्षतामा बसेको बैठकमा विधेयकमाथि दफावार छलफलसहित पारित गर्दै प्रदेश सभामा पेस गर्ने निणर्य गरेको हो । विधेयकमा प्रदेश खेलकुद परिषद् गठन, जिल्ला खेलकुद विकास समितिको गठन, खेलाडीको वृत्तिविकास, सेवासुविधा, व्यावसायिक सुरक्षा बीमा, खेलकुद प्रशिक्षण प्रतिष्ठान, खेलकुद प्रतियोगिता लगायत विषय समावेश गरिएको छ । आज बिदाको दिन भ

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 515 पटक पढिएको
  • मुलुकलाई समृद्ध बनाउने वर्तमान सरकारको अठोट र प्रतिवद्धताः गृहमन्त्री

    काठमाडौं- गृहमन्त्री रमेश लेखकले मुलुकलाई समृद्ध बनाउने वर्तमान सरकारको अठोट र प्रतिवद्धता रहेको बताएका छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको सोमवार काठमाडौंमा आयोजित उद्घाटन समारोहमा बोल्दै उनले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्यसम्म पुर्‍याउने लक्ष्यका साथ अघि बढिरहेको बताए । सरकार दुई ठूला राजनीतिक दलको बीचमा भएको राजनीतिक सहमती अनुसार राजनीतिक गतिलाई निष्कर्षमा पुर्‍याउने र मुलुकलाई समृद्ध बनाउने अठोटका साथ अघि बढेको र लेखकको भनाई थियो । उनले सरकारले संविधान र यो व्यवस्थाले अवलम्वन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समा

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 339 पटक पढिएको
  • प्रहरीलाई प्रधानमन्त्रीको निर्देशनः अपराध हुनै नदिने कुरामा ध्यान दिनुस्

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सही कुरालाई अघि बढाउने संकल्पका साथ बनेको बताएका छन् । अहिलेको सरकार एउटा सरकारको ठाउँमा अर्को सरकारको रुपमा नआई एउटा प्रवृत्तिको ठाउँमा अर्को नयाँ प्रवृत्तिका रुपमा गठन भएको दाबी गरे । वर्तमान सरकार अस्थिरताको ठाउँमा स्थिरता, विभिन्न खालका बेठिक प्रवृत्तिको ठाउँमा ठिक प्रवृत्ति र ठिक प्रवृत्तिलाई अगाडि बढाउने संकल्पका साथ अघि बढेको प्रधानमन्त्री ओलीको भनाई छ । जिल्ला प्रहरी परिसर काठमाडौंको सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन गर्दै उनले अपराध हुनै नदिने कुरामा ध्यान दिन नेपाल प्रहरीलाई निर्देशन दिए ।

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 396 पटक पढिएको
  • माओवादी केन्द्र एकताबद्ध छ : अध्यक्ष दाहाल

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र कुनै विवाद नरहेको स्पष्ट पारेका छन् । आइतबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा उनले पार्टीलाई थप गतिशील र सुदृढ बनाउने योजनाअनुसार अघि बढिरहेको बताए । अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा बनेको सरकारले विकास‚ समृद्धि र सुशासनका लागि धेरै काम गरेको भन्दै ती कामको जनतामा प्रचारप्रसार गर्न आग्रह समेत गरेका छन् । पार्टीका वरिष्ठ नेताहरूको उपस्थितिमा भएको यस बैठकमा पार्टी एकता र संगठन सुदृढीकरणका विषयमा छलफल भएको थियो ।आज सकिने बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको स

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 424 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.