काठमाडौं- गृहमन्त्री रमेश लेखकले मुलुकलाई समृद्ध बनाउने वर्तमान सरकारको अठोट र प्रतिवद्धता रहेको बताएका छन् ।  

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको सोमवार काठमाडौंमा आयोजित उद्घाटन समारोहमा बोल्दै उनले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्यसम्म पुर्‍याउने लक्ष्यका साथ अघि बढिरहेको बताए । 

OM Sai Pathibhara Hospital

सरकार दुई ठूला राजनीतिक दलको बीचमा भएको राजनीतिक सहमती अनुसार राजनीतिक गतिलाई निष्कर्षमा पुर्‍याउने र मुलुकलाई समृद्ध बनाउने अठोटका साथ अघि बढेको र लेखकको भनाई थियो । 

उनले सरकारले संविधान र यो व्यवस्थाले अवलम्वन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने लक्ष्यलाई दृढतापूर्वक कार्यान्वयन गर्ने र अघि बढाउने उद्देश्य लिएको जिकिर गरे । 

गृहमन्त्री लेखकले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सक्ने नेतृत्वको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाएको दाबी समेत गरे । 

त्यस अवसरमा गृहमन्त्री लेखकले जनताको सेवा प्रदानमा कुनै पनि कमी, कमजोरी नहुनेगरी काम गर्न नेपाल प्रहरीलाई निर्देशन समेत दिएका थिए ।