काठमाडौं- काठमाठौंको टुंडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको छ । 

आज काठमाडौमा बस्ने सुदुरपश्चिमेलीहरुले आयोजना गरेको कार्यक्रमा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीविरूद्ध युवाहरुको समुहले नाराबाजी गरेका हुन् । 

OM Sai Pathibhara Hospital

ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै प्रधानमन्त्री ओली टुंडिखेल पुगेका थिए । प्रधानमन्त्री ओलीले नाराबाजीप्रति असन्तुष्टि जनाउँदै भने, ‘नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लागेको छ ।’

नाराबाजी भएपछि ओली छोटो मन्तव्य राखेर फर्किएका थिए । 

मञ्चमा कांग्रेस सभापति देउवासँगै रहेका ओलीविरुद्ध चर्को नाराबाजी र हुटिङ भइरहँदा आयोजकले शान्त बनाउने कोसिस गरेका थिए । 

अराजक शैलीमा युवाहरूले अश्लील शब्दसहित गौरा पर्व कार्यक्रमस्थलमा नाराबाजी भएपछि कार्यक्रम केही बिथोलिएको थियो ।