काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र कुनै विवाद नरहेको स्पष्ट पारेका छन् । आइतबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा उनले पार्टीलाई थप गतिशील र सुदृढ बनाउने योजनाअनुसार अघि बढिरहेको बताए । 

अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा बनेको सरकारले विकास‚ समृद्धि र सुशासनका लागि धेरै काम गरेको भन्दै ती कामको जनतामा प्रचारप्रसार गर्न आग्रह समेत गरेका छन् । पार्टीका वरिष्ठ नेताहरूको उपस्थितिमा भएको यस बैठकमा पार्टी एकता र संगठन सुदृढीकरणका विषयमा छलफल भएको थियो ।

OM Sai Pathibhara Hospital

आज सकिने बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको सहभागिता रहेको छ । बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ‚ उपाध्यक्षद्वय अग्नीप्रसाद सापकोटा र पम्फा भुसाल‚ महासचिव देव गुरुङ‚ उपमहासचिवहरू  जनार्दन शर्मा‚ वर्षमान पुन‚ गिरिराजमणि पोखरेल‚ हरिबोल गजुरेल तथा सचिवहरू शक्तिबहादुर बस्नेत‚ दीननाथ शर्मालगायत पार्टीका केन्द्रीय पदाधिकारीको उपस्थिति रहेको छ । 

माओवादी केन्द्रको गत साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीका लागि केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बीचमा छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो  ।