राजनीति

    Showing 5,591-5,600 of 10,351 items.
  • सांसद राई भन्छिन् राजावादीका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा हुन्छ,

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राजावादी पक्षहरू कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छन्।​ राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले यस्तो बताएकी हुन्। उनले प्रतिगामी तत्त्वहरू संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताइन्। उनले मुलुकभर अनावश्यक नारा गुन्जिरहेको उल्लेख गर्दै सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको बताइन्।राईले भनिन्‚ ‘यति वेला फेरि प्रतिगामी तत्त्वहरू कुर्लिंदैछन् र संविधान उल्लङ्घन गर्न खोजिरहेका छन्। हामीले वर्षौ संघर्ष गरेर ल्याएका उपलब्धि फेरि खोस्न चाहँ

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 333 पटक पढिएको
  • तीन करोडभन्दा साना आयोजना प्रस्ताव नगर्न मन्त्री पौडेलको आग्रह

    काठमाडौं— उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि तीन करोड रुपैयाँभन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले असंख्य योजना तथा कार्यक्रमबाट बाहिर आउन आग्रह गरे ।उनले ठूला रूपान्तरणकारी तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न जोड दिए । अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरूको भूमिका बढाउनुपर्ने र एक पटकका लागि सिडम

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 286 पटक पढिएको
  • नेविसंघले देउवाको स्वागतका लागि राखेका झन्डा आन्दोलनरत विद्यार्थीले हटाएपछि...

    काठमाडौं— धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् ।सोमबार(भोलि)देखि सुरू हुने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन गर्न कांग्रेस सभापति देउवासहितका नेताहरू धनगढी आउने भएपछि नेविसंघका विद्यार्थीहरुले सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए ।तर प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा आन्दोलनरत विद्यार्थीले ती झन्डा हटाएका हुन् ।आन्दोलनमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र रास्वपाका नेता सन्तोष जोशीलगायत देखिएका छन् । मुख

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 367 पटक पढिएको
  • जाँडले लठ्ठीएर अनेरास्ववियुमा प्रवेश, नशा उत्रिएपछि नेविसंघमा

    काठमाडौं— बझाङमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा प्रवेश गरेका जङ्ग रोकाया फेरि नेविसंघमा नै फर्किएका छन् ।जिल्लाको साइपाल गाउँपालिका घर भएका रोकायालाई शनिबार विहान अनेरास्ववियु बझाङ काठमाडौँ सम्पर्क कमिटी सचिव आकाश जेठाराले अविर र दोसल्ला ओढाएर संगठनमा प्रवेश गराएका थिए ।रोकाया आफू खुसी संगठनमा प्रवेश गरेको सचिव जेठाराले बताए । तर यता रोकायाले भने सामाजिक सञ्जाल आफ्नो फेसबुकमा आफूलाई जाँड (मदिरा) पिलाएर संगठनमा प्रवेश गराएको आरोप लगाएका छन्नेविसंघको राजनिति गरिरहेका रोकाया नेविसंघ सुदुरपश्चिम प्रदेश कमिटी सदस्य पनि हुन् ।

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 466 पटक पढिएको
  • सांसद अमरेशकुमार सिंहको पुतला दहन

    काठमाडौं— रौतहटको सदरमुकाम गौरमा संघीय सांसद अमरेशकुमार सिंहको पुतला दहन गरी प्रर्दशन भएको छ। सांसद सिंहले शुक्रवार सदनमा मेयर शम्भु साहविरुद्द गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै गौर नगरपालिकाका पदाधिकारीहरुले नाराबाजी गर्दै विपी चौकमा पुतला दहन गरेका हुन् ।गैर जिम्मेवारपूर्ण अभिव्यक्ति प्रती नगरको उपप्रमुख, नगरप्रवक्ता, वडाध्यक्षहरु, वडा सदस्य, तथा स्थानीयहरुले सांसद सिंह  मुर्दावाद,  भगौडा साँसद अभिव्यक्ति फिर्ता लिएर गौरवासीसँग माफी माग भनेर नारा लगाएका थिए।प्रदर्शनकारीहरु ब्यानर, प्ले कार्ड बोकेर पुतला दहन गर्दै गौरबासी सँग सांसद सिंहले अविलम्ब माफी नमागेमा उनी विरुद

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 414 पटक पढिएको
  • राष्ट्रिय सभाको बैठक बस्दै, स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस हुने

    काठमाडौं— राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो सवा १ बजे बस्ने बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश हुनेछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा सभासमक्ष प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यसमा अलावा सभामा शून्य समय, विशेष समय समेत चल्नेछन् । जहाँ सांसदहरूले विभिन्न विषय उठाउनेछन् ।

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 404 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दै

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् ।   उनले दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् । त्यसअघि उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। सुदूरपश्चिम विश्वविद्यालयमा आइतबार १ हजार ३ सय ७७ विद्यार्थी दीक्षित हुँदैछन्।दीक्षान्त समारोहमा सहभागी भइसकेपछि ओलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको सिटी हलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  प्रधानमन्त्री ओली दिउँसो काठमाडौंबाट हेलिकप्टरमार्फत कञ्चनपुरको महेन्द्रनगर आउँदैछन्।

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 343 पटक पढिएको
  • श्रीमतीसहित तारेख बुझ्न पोखरा लागे रवि

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्न कास्की गएका छन्। उनी आजै जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्ने उनको सचिवालयले जनाएको छ। रविको साथमा उनकी श्रीमती निकिता पौडेल पनि सँगै गएकी छन्। कास्कीबाट उनी सिधै रुपन्देही जानेछन्। भोलि रुपन्देही अदालतमा पनि उनले तारेख बुझ्ने जनाइएको छ। सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए। यस्तै रुपन्देहीमा १ करोड धरौटी बुझाएर उनी छुटेका हुन्।काठमाडौं र चितवन अदालतबाट पनि उनी धरौटीमा रिहा भएका छन्। पर्सामा भने अहिलेसम्म मुद्दा दर्ता

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 488 पटक पढिएको
  • नेताहरुको आक्रमण र अपमानले एमालेका जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी छाडे

     काठमाडौं— संविधानसभा सदस्य एवं नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन शर्माले पार्टीका सबै पद त्यागको घोषणा गरेका छन्। हिमालय टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा अध्यक्ष ढकालले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्। रसुवालाई एमाले संगठनको नमुना जिल्ला बनाएको तर आफुमाथि जिल्ला ईञ्चार्जसहितका नेताबाट पटक पटक भौतिक आक्रमण र असहयोग हुँदा केन्द्रले कुनै सुनुवाइ नगरेको ढकालको गुनासो छ। आफूमाथि जिल्ला सचिवसहितका नेताहरुबाट भएको आक्रमण र अपमान सहन नसकेर पार्टी छाडेको ढकालको तर्क छ। आगामी दिनमा स्वतन्त्र नागरिकको हैसियतमा जनताकै बीचमा रहने ढकालले घोषणा गरे। तत्

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 350 पटक पढिएको
  • आज पूर्वराजा काठमाडौं फर्किँदै, सुरक्षा व्यवस्थामा कडाइ

    काठमाडौं— आज पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने भएका छन् । उनको भव्य स्वागत गर्ने भन्दै समर्थकहरूले तयारी गरेपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो । गृह मन्त्रालयले यसअघि १० हजार जनासम्म मानिसहरू सडकमा आउन सक्ने आकलन गर्दै सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 290 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.