काठमाडौँ / संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाले दीर्घकालीन आर्थिक समृद्धिमा नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।काठमाडौँस्थित अमेरिकी दूतावासले आज बिहान एक विज्ञप्ति जारी गरेर नेपालसँगको अमेरिकाको सम्बन्ध एउटा सम्झौताभन्दा फराकिलो रहेको स्पष्ट पार्दै लोकतान्त्रिक मूल्यमान्यतामा रहेर दीर्घकालीन समृद्धिका लागि सहयोग गरिरहने प्रतिबद्धता जनाएको हो । उसले ५० करोड डलर अनुदानको एमसीसी कार्यान्वयनको दिशामा नेपाल सरकार अघि बढ्नसक्नेस्थिति सिर्जना भएकोसमेत बताएको छ ।संसदबाट एमसीसी पारित भएपछि नेपाली जनताका लागि थप रोजगारी, विद्युतको भरपर्दो आपूर्ति र सुलभ यातायात हु
काठमाडौँ / आइतबार बेलुका प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी पारित भए पश्चात नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आम देशभक्त नेपाली जनताले आजको दिनलाई ‘कालो दिन’को रुपमा लिन्छन् भन्दै असन्तुष्टि जनाएका छन् ।उनले आइतबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो भनेका हुन् ।
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घट्नाक्रमबारे विशेष सम्बोधन गर्ने भएका छन् ।माओवादी केन्द्रको सचिवालयले अमेरिकी सहयोग परियोजना (एमसीसी) लगायत बिकसित राजनितिक घटनाक्रमका बारेमा अध्यक्ष प्रचण्डले बिशेष सम्बोधन गर्ने जानकारी दिएको हो । यस्तै संसदबाट एमसीसी अनुमोदन गराएर गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको पनि प्रचण्डको सचिवालयले जनाएको छ ।प्रचण्डका स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर राजनीतिक दुर्घटनाबाट बँचिएको बताएकी छन् । पार्टी नेतृत्वलाई विश्वास गरौं भन्दै उनले एमसीस
काठमाडौं / संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन भएको छ ।आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको हो ।सभामुख अग्निप्रसाद सापकोटाले समर्थन जनाउने सांसदको बहुमत रहेकोले एमसीसी सम्झौता बहुमतले पारित भएको घोषणा गरे । एमालेले प्रतिनिधि सभा विरोधै क्रममा अनुमोदन गरेको हो ।व्याख्यात्मक घोषणामा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालक
काठमाडौं / सरकारले अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा संसदमा पेश गर्ने तयारी गरेको छ ।आइतबार साँझ संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद बैठकले एमसीसीका बारे उठेका विबादित विषयलाई १२ वटा बुँदामा थप व्याख्या गर्ने गरी प्रस्ताव पारित गरेको थियो ।एमसीसीलाई आजै संसदबाट पारित गर्ने सरकारी तयारी छ । यस्ता छन् १२ बुँदे प्रस्तावहरु :
काठमाडौं / संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा प्राध्यापक श्रीधर खत्री नियुक्त भएका छन् ।नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो । नव नियुक्त राजदूत खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक हुन् ।
काठमाडौ / नेपाली कांग्रेसका सांसद गगन थापाले अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालको संविधानभन्दा माथि नभएको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैं सांसद थापाले एमसीसी नेपालको संविधान भन्दा माथि छ भनेर हावा कुरा नगर्न पनि राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् । उनले एमसीसी पनि विगतमा नेपालले अरु संझौता गरेजस्तै संझौता रहेको भन्दै नेपालको कानुनसंग संझौतामा भएको कुरा बाझिएमा त्यो लागू हुन नसक्ने उल्लेख गरेका हुन् ।एमसीसी नेपालको संविधान भन्दा माथि रहेको भनेर अन्य राजनीतिक दलका नेताहरुले झुट बोलेको थापाको भनाई रहृ
काठमाडौं / प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफल नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसी सम्झौतालाई नेपालको सार्वभौम अधिकार खण्डित नहुनेगरी तथा नेपालको संविधान, कानून र कुनैपनि निकाय खण्डित नहुने गरी विशुद्ध आर्थिक परियोजनाको रुपमा मात्रै अगाडी बढाउनुपर्ने बताएका छन् । उनले यो विषय राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषय भएकाले सदनमा आपसी सहमती गरेर अगाडी बढ्नुपर्ने बताएका हुन् ।छलफलमा भाग लिन चाहाने सांसदहरुको लागि ५ मिनेटको समय छुट्याइएको छ । सांसदहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।
काठमाडौं / लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपालमा अमेरिकाले दिएको एमसीसी अनुदान सकारात्मक भएको बताएका छन् ।आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाली नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएर आएको सहयोग अनुदानको स्वागत गुर्नपर्ने बताएका हुन् । । उनले एमसीसी संसदबाट पास हुनुपर्ने समेत बताएका छन् ।
काठमाडौ / नेकपा एमालेका नेता भीम रावलले एमसीसीलाई समर्थन गर्ने जो कोही पनि राष्ट्रिय गद्दार भएको बताएका छन् ।आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै व्याख्यात्मक टिप्पणीबाट संशोधन हुन्छ भन्नु जनतलाई ठग्ने कुरा मात्रै भएको उनको भनाइ छ । जनताको अपमान गरेको र सम्झौता पारित गर्ने ‘गद्धार’ भएको उनले टिप्पणी गरेका हुन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.