काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्न कास्की गएका छन्। 

उनी आजै जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्ने उनको सचिवालयले जनाएको छ। रविको साथमा उनकी श्रीमती निकिता पौडेल पनि सँगै गएकी छन्। 

OM Sai Pathibhara Hospital

कास्कीबाट उनी सिधै रुपन्देही जानेछन्। भोलि रुपन्देही अदालतमा पनि उनले तारेख बुझ्ने जनाइएको छ। 

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए। यस्तै रुपन्देहीमा १ करोड धरौटी बुझाएर उनी छुटेका हुन्।

काठमाडौं र चितवन अदालतबाट पनि उनी धरौटीमा रिहा भएका छन्। पर्सामा भने अहिलेसम्म मुद्दा दर्ता भएको छैन।