काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । उनले दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् ।
त्यसअघि उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। सुदूरपश्चिम विश्वविद्यालयमा आइतबार १ हजार ३ सय ७७ विद्यार्थी दीक्षित हुँदैछन्।

दीक्षान्त समारोहमा सहभागी भइसकेपछि ओलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको सिटी हलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली दिउँसो काठमाडौंबाट हेलिकप्टरमार्फत कञ्चनपुरको महेन्द्रनगर आउँदैछन्।