काठमाडौं— बझाङमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा प्रवेश गरेका जङ्ग रोकाया फेरि नेविसंघमा नै फर्किएका छन् ।
जिल्लाको साइपाल गाउँपालिका घर भएका रोकायालाई शनिबार विहान अनेरास्ववियु बझाङ काठमाडौँ सम्पर्क कमिटी सचिव आकाश जेठाराले अविर र दोसल्ला ओढाएर संगठनमा प्रवेश गराएका थिए ।

रोकाया आफू खुसी संगठनमा प्रवेश गरेको सचिव जेठाराले बताए । तर यता रोकायाले भने सामाजिक सञ्जाल आफ्नो फेसबुकमा आफूलाई जाँड (मदिरा) पिलाएर संगठनमा प्रवेश गराएको आरोप लगाएका छन्
नेविसंघको राजनिति गरिरहेका रोकाया नेविसंघ सुदुरपश्चिम प्रदेश कमिटी सदस्य पनि हुन् ।