राजनीति

    Showing 5,141-5,150 of 10,339 items.
  • तिला गाउँपालिकाको गाडी अज्ञात समूहबाट तोडफोड

    जुम्ला– जिल्लाको तिला गाउँपालिका–४ का वडाअध्यक्ष चढ्ने गाडी तोडफोड भएको छ । अज्ञात समुहले अध्यक्ष मोतिलाल रोकाया चढ्ने स्कारपियो गाडीको पछाडिको सिसा कार्यक्रम सकेर फर्किँदा फुटाइएको अवस्थामा भेटिएको हो। पार्किङमा राखिएको गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकाया चढ्ने गाडी अज्ञात समूहले तोडफोड गरेको गाउँपालिकाका सूचना अधिकारी बखतबहादुर हमालले बताए ।गाडी भर्खर खरिद गरिएको र एक दिनअघि मात्र गाउँपालिकामा ल्याइएको सूचना अधिकारी हमालको भनाइ छ।प्रहरीले तोडफोड गर्नेको खोजी जारी राखेको जनाएको छ। केही दिनअघि मात्रै पालिकाका दुई वडाध्यक्षमाथि पनि आक्रमण भएको उनको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 359 पटक पढिएको
  • नेपालमा धेरै सम्भावनाहरु छन्, सदुपयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल

    काठमाडौं - उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हरेक क्षेत्रको अपार सम्भावना रहेको बताउँदै त्यसको समुचित सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘काम गरौं आफ्नै देशमा’नामक वित्तीय साक्षरता, उद्यमशीलता तथा आर्थिक सम्भाव्यताको खोज अभियान कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले नेपाली युवाले देशमै अवसर खोज्न सक्ने वातावारण निर्माण गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘आफूभित्रको सम्भावना र आफ्नै देशको सम्भाव्यता बुझ्न सकेको देशले मात्रै विकासमा गति लिन्छ । जोसँग जे छ, त्यसैको सदुपयोग गरेर अगाडि बढ्नुपर्छ । नेपालसँग नभएको केही चिज नै छैन । नेपा

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 246 पटक पढिएको
  • हेटौँडा उपमहानगरले गैरकानुनी निर्णय गरेको आशंका, बैठकको निर्णय सार्वजनिक नहुनु रहस्यमय

    हेटौँडा -   सूचनाको हक सम्बन्धी ऐन २०६४ मा प्रत्येक नेपाली नागरिकलाई ऐनको अधीनमा रही सूचनाको हक हुनेछ र प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भनि उल्लेख छ ।सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ को उपदफा १ अनुसार सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनको लागि सूचना अधिकारीको व्यवस्था गर्नेछ भनि उल्लेख छ । तर हेटौँडा उपमहानगरपालिकाले आफ्ना केही शंकास्पद निर्णय ढाकछोप गर्नको लागि सूचना लुकाउने गरेको स्थानीयले बताएका छन् । उपमहानगरपालिकाले अधिकांस कार्यापालिकाको बैठकको निर्णय लुकाउने गरेको नाम नबताउने शर्तमा एक स्थानीयबासील

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 183 पटक पढिएको
  • नेपाल–भारत साझेदारीले साझा समृद्धिको बाटो खोल्छ : परराष्ट्रमन्त्री राणा

    काठमाडौं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी र सम्पर्क सञ्जाल (connectivity) विस्तारमार्फत दुवै देशले साझा समृद्धि हासिल गर्न सक्ने बताएकी छन्।नेपाल–भारत रणनीतिक संवाद कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राणाले दुई देशबीचको आर्थिक साझेदारीलाई गहिर्याउन बहुआयामिक सहयोग अपरिहार्य भएको धारणा राखिन्। उनले भनिन्, “समृद्धिको सपना पूरा गर्न हामीले व्यापार, पारवहन र लगानीमा सहयोग तीव्र बनाउनुपर्छ, जसको माध्यम सम्पर्क सञ्जाल विस्तार हो।”सम्पर्क सञ्जालबाट समृद्धिको सम्भावनामन्त्री राणाले भविष्यको परिकल्पना गर्दै भनिन्, “म यस्तो दिनको प्रतीक्षा गर्दै छु जहाँ नेपाली

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 327 पटक पढिएको
  • अन्योलमा काठमाडौं महानगरको बजेट

    काठमाडौं  - देशभरका स्थानीय तह आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा सक्रिय रहेका बेला संघीय राजधानी काठमाडौं महानगरपालिकामा भने गम्भीर प्रशासनिक संकट देखिएको छ। अन्य स्थानीय तहहरूले बजेट तर्जुमा सुरु गरिसकेका छन्, तर काठमाडौं महानगरमा अहिलेसम्म बजेटसम्बन्धी छलफल समेत सुरु भएको छैन।प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र मेयर बालेन्द्र साह (बालेन)बीचको विवादका कारण महानगरमा पछिल्ला ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन। यसैबीच नगरसभा बैठकसमेत नबसेको हुँदा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटसम्बन्धी अनिश्चितता थपिएको छ।कानूनी व्यवस्था विपरीत निरन्तर बेवास्तास्थानीय सर

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 286 पटक पढिएको
  • मुस्ताङको पेरिसडाँडामा पनि माओवादी कार्यालय

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा पार्टी कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । घरपझोङ गाउँपालिका– ४, भ्रप्सोस्थित पेरिसडाँडामा बौद्ध परम्पराअनुसार शिलान्यास गर्नुभएको बताइएको छ ।वारागुङ मुक्तिक्षेत्र– २ छ्ङ्गुरका ढच्युङ गुरुङले दान गरेको जग्गामा छ कोठे भवन निर्माण गर्न लागिएको हो । त्यसअघि उहाँले आज बिहान समूहमा मर्निङ वाक र हिजो माओवादी केन्द्र मुस्ताङ जिल्लाका विभिन्न पालिका पार्टी सदस्यहरूको संयुक्त सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुभएको थियो । हिजै दिउँसो घरपझोङ–२, मार्फास्थित फलफूल तथा तरकारी प्रशोधन उ

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 298 पटक पढिएको
  • तीनकुने घटना: सरकारी वकिलको जवाफपछि थुनछेक अन्तिम चरणमा

    काठमाडौं— तीनकुनेमा अवाञ्छित गतिविधिको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बिहीबार अन्तिम चरणमा पुगेको छ। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित चार सरकारी वकिलले प्रतिवादी पक्षको बहसमा उठेका बुँदामा जवाफ दिएका छन्।प्रसाईं पक्षबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, सुरेन्द्र भण्डारी, टंक दुलाल, भीमार्जुन आचार्यलगायत १३ जना कानुन व्यवसायीले बहस गरेका थिए।सरकारी वकिलको जवाफपछि थुनामुक्त गर्ने कि थुनामा राख्ने भन्ने निर्णय काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासबाट आउनेछ। राज्यविरुद्ध र ज्यानसम्बन्धी मुद्दामा ५० जना प्रतिवादीम

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 485 पटक पढिएको
  • एमसीसी अघि बढ्ने संकेतः सन् २०२६ का लागि गरियो बजेट प्रस्ताब

    काठमाडौं - अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले सन् २०२६ को लागि बजेट बिनियोजन गर्न प्रस्ताव गरेको छ । यस्तो प्रस्ताबसँगै अमेरीका सरकारले गत जनवरीमा स्थगित गर्ने निर्णय गरेको उक्त परियोजना फेरी अघि बढ्ने संकेत देखिएको हो ।एमसीसीले आफ्नो वेबसाइटमा राखेको पछिल्लो विवरण अनुसार सन् २०२६ का लागि कुल २२ करोड़ ४० लाख अमेरिकी डलर बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ । यद्यपी, एमसीसीले यसअघिको बजेटको तुलनामा भने यसपालि ठुलो मात्रामा कटौती गरेको देखिएको छ । बजेट प्रस्ताव घटेसँगै नेपाललगायत देशको कार्यक्रम प्रभावित हुने देखिएको छ ।सन् २०२५ मा एमसीसीका लागि ९३ करोड़ अमेरिकी डलर

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 219 पटक पढिएको
  • भण्डारी र ओलीबीचको मतभेदबारे बहस, जसपाका नेताको फरक धारणा

    काठमाडौं - पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको मतभेदले सामाजिक सञ्जालमा चर्चा पाएको छ। चीन भ्रमणबाट फर्किएपछि भण्डारीले पूर्वी नेपालको गरेको भ्रमणलाई लिएर ओलीले टिप्पणी गरेपछि उनीहरूबीचको दूरी झनै बढेको देखिएको छ। विशेषगरी भण्डारीले "जिल्ला भ्रमण गर्न कसैलाई सोध्नुपर्दैन" भन्ने अभिव्यक्तिले मतभेद चुलिएको अनुमान गरिएको छ।यसै सन्दर्भमा, एमालेभित्र भण्डारीले ओलीलाई चुनौती दिन सक्ने एकमात्र व्यक्ति भएको चर्चा पनि चलेको छ, जसका कारण पार्टीभित्र गुटबन्दी देखिएको विश्लेषण गरिएको छ।तर, जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचा

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 285 पटक पढिएको
  • ‘अमेरिकाको नयाँ नीतिले ट्रेडमा ल्याएको होडबाजीले नेपाललाई पिडा दियो’

    काठमाडौं -  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अमेरिकाले ल्याएको ट्रेडसँग सम्बन्धि नयाँ नीतिले नेपाललाई प्रसव पिडामा पुर्याएको बताएका छन् । बुधबार नेपाल अमेरिका व्यापार  अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले नेपाललाई अप्ठ्यारो परेको बताएका हुन् । उनले भने, ‘हामीले पछिल्लो अमेरिकाको चुनावको पूर्व संध्यामा नेपाल र अमेरिकाबिच सम्झौता गरेका थियौ । अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले ट्रेडमा चलेको होडबाजीको विश्वव्यापी केही पराकम्पन आए ।’ उनले थप भने, ‘त्यसका हाम्रो तर्फबाट गर्नुपर्ने कुटनीत

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 222 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.