राजनीति

    Showing 5,141-5,150 of 6,741 items.
  • कांग्रेस प्रदेश दुईको सभापतिमा कृष्ण यादव निर्वाचित

    जनकपुरधाम  / नेपाली कांग्रेस प्रदेश दुईको सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन्।  नेपाली काँग्रेस १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश दुईको राजधानी जनकपुरधाममा बिहीबार अबेर राती सम्पन्न भएको मतगणनामा ९ सय ९६ मत प्राप्त गरी यादव सभापतिमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रामसरोज यादवले भने ८ सय ५५ मत प्राप्त गरेका छन् । उनीहरू बीच १ सय ४१ मतान्तर रहेको निर्वाचन समितिले जनाएको छ । बाँकी उम्मेदवारहरूको मत गणना भइरहेको समितिले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 54 पटक पढिएको
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

    झापा / पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।राष्ट्रिय सम्मेलन नजिकिएका बेला माओवादीले स्थायी कमिटी बैठक गरेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायत स्थायी कमिटी सदस्यहरू सहभागी छन् ।राष्ट्रिय सम्मेलन तयारीलगायत विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे आज स्थायी कमिटी बैठकमा छलफल हुनेछ । माओवादीले यही पुस ११ र १२ मा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।  

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 66 पटक पढिएको
  • खत्री मृत्यु प्रकरण : वडाध्यक्षसहित चार पक्राउ

    सल्यान  / सल्यानको दार्मा गाउँपालिका –२ पाजाखोलाका ७० वर्षीय टेकबहादुर खत्रीको हत्याको आरोपमा प्रहरीले वडाध्यक्षसहित चार जनलाई पक्राउ गरेको छ ।गत मंसिर २० गते छिमेकीको विवाह भोज खान गएका खत्रीको मृत्यु रहस्यमय भएपछि प्रहरीले वडाध्यक्षसहित चार जनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडा अध्यक्ष डिल्लीबहादुर केसी, स्थानीय ३६ वर्षीय रामबहादुर खत्री, ४७ वर्षीय कुलबहादुर खत्री र २८ वर्षीय लक्ष्मण केसी रहेका छन् । खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलमा चढेर भोज खान गएको र मृतकलाई गोठमा लगेर राख्न स्थानीयले सहयोग गरेको खुल्न आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्याम

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 77 पटक पढिएको
  • कांग्रेस बैठक पुस १० गते

    काठमाडौं  / १४ औँ महाधिवेशनबाट चयन भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते बस्ने तयारी गरिएको छ । अन्तिम मतपरिणाम आए लगत्तै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भएको हो ।केन्द्रीय कार्यसमितिको बैठक पुस ‘१० मा बोलाउने तयारी गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् । १४ औँ महाधिवेशनमा भएको निर्वाचनको मतगणना बिहीबार सकिने छ ।

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 58 पटक पढिएको
  • एमालेका उपसचिव एकीकृत समाजवादीमा प्रवेश

    झापा / नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।आज कोहलपुरमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धिताललाई पार्टी प्रवेश गराएका हुन् । धितालले समाजवादीमा प्रवेश गरेको सो पार्टीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी दिए । उनले भने– ‘अन्य कार्यकर्तासँगै उपसचिव पनि यता हाम्रोतिर आउनुभएको हो ।’शुरुदेखि माधव नेपाल समूहमा रहेर पनि  एमाले विभाजन हुँदा धिताल नेपाललाई छोडेर एमालेमै बसेका  थिए । आज फेरि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । उनले एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 90 पटक पढिएको
  • स्थानीय तहका कर्मचारीहरूको सरुवा रोक

    काठमाडौँ  / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीहरूको सरुवा स्थगित गरेको छ । आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै कर्मचारीको भूमिका बढ्ने भएकाले सरुवा रोकिएको मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार स्थानीय तहमा पठाएका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतका कर्मचारीहरूको सरुवा भने रोकिएको छैन ।मन्त्रालयले जारी गरेको सूचनामा लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीहरूलाई कामकाजमा खटाउने सम्बन्धी कार्य व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ । २०७८ चैत्र पाँच गते भित्र ७५३ स

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 70 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : मतगणना आज सकिँदै

    काठमाडाैँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यहरूको मतगणना आज सकिने भएको छ । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गत मंसिर २४ गतेदेखि काठमाण्डौमा सुरु भएको महाधिवेशनमा मंसिर २७ गते केन्द्रीय पदाधिकारीका लागि चुनाव भएको थियो ।अब आदिवासी जनजाति र खसआर्यतर्फ केन्द्रीय सदस्यहरूका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।१३४ पदका लागि भएको निर्वाचनमा बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक १३ पदाधिकारीसहित ९७ पद मध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको छ।कांग्रेसको विधान बमोजिम निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 61 पटक पढिएको
  • रञ्जु दर्शनाले गरिन पार्टी परित्याग

    काठमाडौँ / विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । दर्शनाले बिहीबार विज्ञप्ति जारी गरी साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन् । उनले आफू पार्टीबाट अगल भए पनि राजनीतिबाट टाढा नहुने बताएकी छिन् । वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा आफ्नो समय, उर्जा, विध्वता, भावना, आर्थिक केही पनि कुरा प्रदान गर्न असमर्थ रहेको उनले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई लेखेको पत्रमा उल्लेख छ ।संघीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूलचरित्र नै दुर्गन्धित बनाएर भइरहेका सम्पूर्ण कदम, व्यवहारले

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 80 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा