काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा पार्टी कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । घरपझोङ गाउँपालिका– ४, भ्रप्सोस्थित पेरिसडाँडामा बौद्ध परम्पराअनुसार शिलान्यास गर्नुभएको बताइएको छ ।
वारागुङ मुक्तिक्षेत्र– २ छ्ङ्गुरका ढच्युङ गुरुङले दान गरेको जग्गामा छ कोठे भवन निर्माण गर्न लागिएको हो । त्यसअघि उहाँले आज बिहान समूहमा मर्निङ वाक र हिजो माओवादी केन्द्र मुस्ताङ जिल्लाका विभिन्न पालिका पार्टी सदस्यहरूको संयुक्त सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुभएको थियो ।
हिजै दिउँसो घरपझोङ–२, मार्फास्थित फलफूल तथा तरकारी प्रशोधन उद्योगको अवलोकन गर्नुभएको बताइन्छ । अस्ति म्याग्दीको अन्नपूर्णा गाँउपालिका–२ भुरूङ तातोपानी कुण्डमा स्नान गर्नुभएको थियो ।