काठमाडौँ / नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ । आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न १ बजे बैठक बस्न लागेको हो । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेश भएको थियो ।बैठकमा अध्यक्ष दाहालको प्रतिवेदन र पार्टी केन्द्रले मनोनित गर्ने प्रतिनिधिका बारेमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।
जनकपुरधाम / नेपाली कांग्रेसको प्रदेश २ को उपसभापतिमा कृष्ण यादव प्यानलका वीरेन्द्र प्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन् । गएराति सम्पन्न पदाधिकारीको मतगणना परिणाम अनुसार यादवले ८९५ मत पाएका छन् भने सिंहले १०१९ मत प्राप्त गरेर उपसभापतिमा निर्वाचित भएका हुन् । उनीहरूका प्रत्यासी विमलेन्द्र निधि र कोइराला समूहका समर्थन पाएका धनलाल ठोकरले ६३६, विनोद कुमार खनालले ७४० र राधा प्रसाद यादव १२४ मत ल्याएका थिए ।शुक्रबार बिहान निधि–कोइराला पक्षका सभापतिका उम्मेदवार रामसरोज यादवलाई १४१ मत अन्तरले पराजित गर्दै देउवा पक्षका कृष्ण यादव विजयी भएका थिए।पदाधिकारीको मतगणनामा सभापतिसहित ८ वटै पदम
काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको बैठक बस्नु अघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि १४औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको छ ।गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।कांग्रेसको
काठमाडौँ / नेकपा माओवादी केन्द्र र नेकपा मसाल ( सम्पर्क केन्द्र ) बीच आज एकता भएको छ । शुक्रबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा एक सभाका बीच एकता घोषणा गरेको हो ।मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट फुटेर गठन भएको नेकपा मसला ( सम्पर्क केन्द्र ) ले माओवादीको महाधिवेशनको संघारमै एकता गरेको हो । मसालबाट अलग्गिएको उक्त समूहको नेतृत्व लोकेन्द्र लम्सालले गरेका थिए ।शुक्रबार एकता घोषणा सभामा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र मसाल सम्पर्क केन्द्रको तर्फबाट लोकेन्द्र लम्सालले हस्ताक्षर गरेका छन् । मसालका नेता मोहनविक्रम सिंहले भने माओवादीसँग एकता गर्ने सम्पर्क केन्द्
काठमाडौँ / सरकारले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रवक्ता कार्कीले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।
स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश, अर्को बैठक तीन बजेझापा / नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रस्ताव पेश गरेका छन् । शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव संक्षेपमा पेश गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन । उक्त प्रस्तावमाथि शुक्रबार दिउँसो तीन बजे बस्ने बैठकमा छलफल हुने बैठकपछि प्रवक्ता महराले सञ्चारकर्मीलाई बताएका छन । ‘आज दुईवटा एजेण्डामा छलफल भएको छ , पहिलो एजेण्डा दुई पार्टी नेकपामा प्रवेश गर्ने निर्णय भयो । जसमा मसालबाट वि
काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै शर्मा परीक्षा बोर्डको अध्यक्ष नियुक्त भएको जानकारी दिएका हुन् । सरकारले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ । त्यसैगरी सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा (५) १ बमोजिम औद्योगिक एवम् लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ । प्रवक्ता कार्कीका अनुसार सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षणक
काठमाडौं / सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममितिबारे उठेको विवादमा स्पष्टीकरण दिएकी छन् । न्यायाधीश खड्काले आज (सोमबार) विज्ञप्ती जारी गर्दै आफूले एउटा मात्र नागरिकता लिएको र आफ्नो जन्ममिति २०१४ साल जेठ २ गते नै भएको बताएकी हुन् ।आफूले २८ माघ २०३३ मा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा उमेर १९ वर्ष भएपनि सम्पूर्ण शैक्षिक प्रमाणपत्र तथा अरु कागजातमा जम्ममिति २०१४र२र२ नै कायम रहेको समेत उनले बताएकी छन् । यद्यपि न्याय परिषद् बुलेटिन प्रकाशित गर्ने क्रममा केही वर्ष त्रुटिबस आफ्नो जन्ममिति २०१३/१०/२८ उल्लेख भएको र परिषद्ले नै त्यो त्रुटि सच्याएको उनले बताइन्।न्या
काठमाडौँ / नेकपा माओवादी केन्द्र पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक जारी छ। जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्न तयार पारेको राजनीतिक दस्तावेजका साथै अन्य तयारीबारे छलफल भइरहेको छ ।पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुने राष्ट्रिय सम्मेलनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रतिवेदनका बारेमा दुई दिनसम्म समूहगत छलफल गर्ने तयारी गरिएको छ। प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए अनुसार प्रचण्डको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी सदस्यहरुले दिएका सुझावहरुलाई समेटेर अध्यक्षले प्रतिवेदनलाई अन्तिम रुप दिनेछन्।सम्मेलनमा
काठमाडौं / बागमती प्रदेशमा आज मन्त्रीमण्डल बिस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका हुन् ।उनले काँग्रेसबाट ५ मन्त्री सरकारमा लानेछन् । जसमा ३ जना फुल मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गर्ने कार्यक्रम रहेको बताइएको छ । बाग्मतीका तेस्रो मुख्यमन्त्री बनेका पाण्डेले आज तेस्रो पटक नै मन्त्रिमण्डल बिस्तार गर्न लागेका हुन् । यसअघि काँग्रेसका मन्त्रीहरु सरकारमा सहभागी भएका थिएनन् । जसका कारण काँग्रेसको भागमा परेका मन्त्रालयहरु खाली थिए ।कुन मन्त्रालयमा को मन्त्री आउने भन्नेबारे खुलेको छैन । यद्यपि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृत
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.