राजनीति

    Showing 4,951-4,960 of 7,575 items.
  • एक महानगरसहित ६८३ पालिकाको मत गणना सम्पन्न, कुन दलले कहाँ जिते ?

    झापा / गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचनको मत गणना धमाधम भइरहेको छ । हालसम्म एक महानगरसहित ६८३ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । शनिबार बिहान ६ बजेसम्ममा मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ६८३ स्थानको परिणाम सार्वजनिक भएको हो । परिणामअनुसार ३०४ स्थान जितेर कांग्रेस पहिलो स्थानमा रहेको छ भने  दोस्रोमा रहेको एमालेले १८६, माओवादी केन्द्रले ११६ पालिका प्रमुख जितेको छ । यस्तै जनता समाजवादी पार्टीले २३, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा जित हात पारेको  छ । राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 101 पटक पढिएको
  • भरतपुरमा रेनुले थप बढाइन् अग्रता, कसको कति मत ?

    चितवन / भरतपुर महानगरपालिकामा रेनु दाहालले थप अग्रता बनाएकी छन् । शनिबार प्राप्त पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रबाट मेयर उम्मेदवार उनले ५१३३ मतको अग्रता बनाएकी छन् । रेनुले २७ हजार ४१२ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २२ हजार २७९ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २९ हजार ५२५ मत पाएर अग्रता बनाइरहँदा राप्रपाकी हिमला गुरुङले १७ हजार ३२५ मत पाएकी छन् । 

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 142 पटक पढिएको
  • विराटनगर महानगरको प्रमुखमा नागेश र उपप्रमुखमा शिल्पा विजयी

    विराटनगर / विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका नागेश कोइराला विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापालाई आठ हजार ७१५ मतान्तरले पराजित गर्दै कोइराला महानगरको प्रमख पदमा निर्वाचित भएका हुन् । कोइराला ३० हजार १७० मत ल्याउँदा थापाले २१ हजार ४५५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार उमेश कुमार यादवले आठ हजार ७९५ र राप्रपाका प्रहलाद प्रसाद साहले पाँच हजार २१६ मत पाएका छन् । यसैगरी महानगरपालिकाको उपप्रमुखमा भने एमालेकी शिल्पा कार्की विजयी भएकी छिन् । जसपाका अमरेन्द्र यादवलाई ११ हजार ४१६ मतान्तरले पराजित गर्दै शिल्पा महानगरको उपप्रमुखमा विज

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 164 पटक पढिएको
  • स्थानीय निर्वाचनमा पार्टीले हार बेर्होनु परेको भन्दै एमाले मुगुका सचिवद्वारा राजीनामा

    मुगु / नेकपा एमालेका मुगु जिल्लाका सचिव डबल रोकायाले राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा मुख्य पदमा पार्टीले हार बेर्होनु परेको भन्दै एमाले जिल्ला कमिटी सचिव रोकायाले शुक्रबार दिउँसो पदबाट राजीनामा दिएका हुन् ।जिल्लास्तरमा एमाले संगठन राम्रो हुँदाहुँदै सरकारमा रहेका दलहरूको गठबन्धनका कारण एमालेले मुगुका चार स्थानीय तहमा एक उपाध्यक्ष बाहेक अरु प्रमुख पदमा नराम्रोसँग पराजय भोग्नु परेको भन्दै सचिव रोकायाले पदबाट राजीनामा दिएका हुन् ।उक्त राजीनामामा पार्टीमा अराजक अस्थिरता व्यक्तिवाद, स्वेच्छाचारितालाई निरुत्साहित गर्न र पार्टी सङ्गठनलाई थप प्रभावकारी, गतिशील, ऊर्जाशील बनाउन आफूले पार्टीक

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 80 पटक पढिएको
  • कांग्रेसबाट टिकट नपाएर एमाले प्रवेश गरेका आङकाजी काङ्ग्रेससँगै पराजित

    सोलुखुम्बु / नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि आङकाजी शेर्पा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको मेयर पदमा काँग्रेस कै नाम्गेल जाङ्बु शेर्पासँग पराजित भएका छन् । नेपाली कांग्रेसबाट टिकट नपाउने सुनिश्चित भएपछि चुनावको मुखमा एमाले प्रवेश गरेका आङ्काजी नाम्गेल जाङ्बु शेर्पासँग ५ सय ७८ मतान्तरले पराजित भएका हुन् । कांग्रेसका नाम्गेलले ४ हजार ९ सय ६८ मत प्राप्त गरेका छन् भने आङ्काजीले ४ हजार ३ सय ९० मत प्राप्त गरेका छन् । त्यस्तै , उपमेयरमा पनि नेपाली कांग्रेसकै गान्धीमाया तामाङ ४ हजार ६ सय ६७ मत प्राप्त गर्दै विजयी भएकी छिन् । 

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 108 पटक पढिएको
  • के गरिन्छ गणना भइसकेको मतपत्र ?

    बिर्तामोड / स्थानीय तहको निर्वाचनका निम्ति छापिएका करिव दुई करोड सात लाख मतपत्र गणना गरेपछि केही समयका लागि सुरक्षित राख्ने गरिन्छ ।निर्वाचन आयोगका अनुसार मतपरिणाम घोषणा भएको ३५ दिनभित्र परिणाम चित्त नबुझेको विषयमा उजुरी दिन सकिने भएकाले सो समयसम्म छाप लगाइएका मतपत्रलाई प्रमाणस्वरूप सुरक्षित राखिने गरिन्छ ।मतपत्रहरू मुद्दाको अन्तिम निर्णय नभएसम्म सुरक्षित राख्नुपर्ने हुन्छ भने उजुरी नपरेका मतपत्र भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लामै नष्ट गर्ने आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले बताएका छन् ।निर्वाचनमा प्रयोग भएका अन्य कागज नष्ट गर्दा निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 187 पटक पढिएको
  • अपडेट : अर्जुनधारामा वडामा कांग्रेस अग्र स्थानमा, नगर प्रमुख र उपप्रमुखमा भने एमाले

    बिर्तामोड  / झापाको अर्जुनधारा नगरपालिका –९, १० र ११ मा मत गणना भइ रहको छ । वडा नम्बर ९ मा ७०० मत गणना गर्दा वडा अध्यक्ष पदमा नेकपा एमालेका नरेन्द्र राईले १८५ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट कांग्रेसका भीष्म मिश्रले ३९६ मत प्राप्त गरेका छन् । त्यस्तै वडा नम्बर १० मा ४०० मत गणना गर्दा एमालेका भुपेन्द्र न्यौपाने नेपाली कांग्रेसका नर कुमार तामाङ भन्दा ६७ मतान्तरले अग्र स्थानमा छन् । न्यौपानेले १५१ पाएका छन् भने कांग्रेसका तामाङले ८४ मत पाएका छन् । त्यसैगरी वडा नम्बर ११ मा ९०० मत गणना गर्दा नेपाली कांग्रेस १५ मतले अगाडि छ । कांग्रेसका उम्मेद्वार जगत बहादुर मगरले ३६९ मत

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 162 पटक पढिएको
  • बिर्तामोड नगरपालिकाको प्रमुखमा एमालेकी महतरा र उपप्रमुखमा पनि एमालेकै संग्रौला विजयी

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको नगर प्रमुखमा एमालेकी पवित्रा महतरा निर्वाचित भएकी छिन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार भोजराज सिटौलालाई तीन हजार ७५८ मतान्तरले पराजित गर्दै महतरा नगर प्रमुखमा निर्वाचित भएकी हुन् । महतराले १६ हजार ५२० मत प्राप्त गरेकी छिन् भने कांग्रेसका सिटौलाले १२ हजार ७६२ मत प्राप्त गरेका छन् । महतरा बिर्तामोड नगरकी निवर्तमान उपप्रमुख समेत हुन् । त्यसैगरी बिर्तामोडको उपप्रमुखमा एमालेकै नगेन्द्रप्रसाद संग्रौला विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेद्वार माओवादीका सिपी कडरियालाई सात हजार ४५१ मतले पछि पार्दै संग्रौल

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 128 पटक पढिएको
  • बेलबारीको मेयरमा एमालेका राई र उपमेयरमा कांग्रेसकी थापा निर्वाचित

    विराटनगर / मोरङको बेलबारी नगरपालिकाको मेयरमा दिल प्रसाद राई  निर्वाचित भएका छन् । राईले नेपाली कांग्रेसका मेयरका प्रत्यासी महेन्द्र प्रसाद सुवेदीलाई ८०२ मतले पराजित गरेका हुन् ।राईले १६ हजार ४२२ मत प्राप्त गरेका छन् भने सुवेदीले १५ हजार ६२० मत प्राप्त गरेका छन् । २०७४ मा मेयर र उपमेयरसहित बहुमत वडा जितेको एमालेको यसपटकको परिणाम भने खुम्चिएको छ । उपमेयरमा नेपाली काङ्ग्रेसकी नितु थापा निर्वाचित भएकी छिन् । थापा १३ हजार ७३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी तील कुमारी नेउपाने १३ हजार ६०५ मतले पराजित भइन् । बेलबारीमा नेकपा एमालेले चारवटा वडाको वडाध्यक्ष

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 132 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : ६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ?

    झापा / वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिका मध्ये कांग्रेसले २८३ प्रमुख तथा अध्यक्ष जिते अग्रस्थानमा छ भने एमाले १७८ पालिकाको प्रमुख तथा अध्यक्ष जितेर दोस्रो स्थानमा छ । त्यस्तै माओवादी केन्द्र १११ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेर तेस्रो स्थानमा छ ।  जसपाले २० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालिसकेको छ भने एकीकृत समाजवादीले हालसम्म १४ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ ।यसैगरी लोसपाले ७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ भने अन्य साना दल र स्वतन्त्र उम्मेदवारल

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 95 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा