राजनीति

    Showing 4,801-4,810 of 9,603 items.
  • प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने एकीकृत समाजवादीको निर्णय

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको काठमाडौँमा उपलब्ध पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यको संयुक्त बैठकले परिवर्तनका पक्षमा क्रियाशील सबै दललाई एकताबद्ध भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा तथा निरङ्कुशताविरुद्ध अगाडि बढ्न आग्रहसमेत गरेको छ ।पोलिटब्यूरो सदस्य ताज मोहम्मद मियाँले बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको, गणतन्त्रात्मक व्यवस्थालाई थप समुन्नत र सुदृढ गर्न समाजवादी गणतन्त्र कायम गर्न सबै लोकतान्त्रिक शक्तिसँग सहका

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 449 पटक पढिएको
  • लोकतन्त्रको असली खतरा सरकार आफैंबाट छः सांसद गौतम

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले लोकतन्त्रको खतरा सरकार आफंैबाट भएको बताएकी छिन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सदन, सडक र सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सकेपनि तर जनताको चेतना नियन्त्रण गर्न नसक्ने बताएकी हुन् । उनले भनिन्, ‘सरकार नयाँ उदाउँदै गरेको शक्तिहरुमाथि दमन गर्न उद्दत छ । सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भिर संकटमा छ । यो सरकार आफैंले निम्त्याएको हो । सरकारले कानुनलाई प्रतिसोधको तरबार बनायो । सदनमा प्रश्नको जवाफ नदिने, सांसदलाई होच्याउने पत्रकारको पास खोस्ने । सामाजिक सञ्जाल नियान्त्रण गर्न विधेयक लिएर आउने निषेधित क्षेत्

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 315 पटक पढिएको
  • गणतन्त्र आईसकेपछि पनि हाम्रो देश राजतन्त्रको ऐन कानूनमा बाचिरहेको छः मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्र आईसकेपछि पनि राजतन्त्रको ऐन कानूनमा बाचिरहने देश भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित दूरसञ्चार उद्योगलाई पुनजीवित गर्दै राजस्व, प्रविधि र दिगोपना कार्यक्रममा उनले देश विकास गर्ने हो भने काम गर्ने शैली, तरिका बाङ्गिएका पुराना भएका नीति, कानून बदल्नुपर्ने बताए । उनले भने, ‘हाम्रो पुलिस, सेना, एपिएफ, अदालत, संसद, मन्त्रालयहरु लगायत विभिन्न संस्थाहरु सबै छ तर यसको नीतिको हिसाबले भन्ने हो भने गणतन्त्र आईसक्यो राजतन्त्रको ऐन कानूनमा बाचिरहने देश हो । त्यसकारण हामीले के गर्नुपर्यो भने हाम्रो काम गर्ने शैली, तर

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 488 पटक पढिएको
  • तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको सांसद श्रेष्ठको आरोप

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना क्षेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेसका नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएकी छिन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौंको काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गरेको आरोप लगाएकी हुन् । उनले भनिन्,‘शून्य समयमा सांसद श्रेष्ठले काठमाडौँ क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकमा रहेको सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको स्थानीय बासिन्दाको उजुरीको बाबजुत स्

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 492 पटक पढिएको
  • मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगन

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै स्थगन भएको छ । सभाको आजको बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीको उपस्थिति बिना बैठकको कामकारबाही अगाडि बढ्न नसक्ने उल्लेख गर्दै सरकारको उपस्थितिको माग गरे ।सांसद् पाण्डेले भने, ‘सरकारले सदनलाई हेपिरहेको छ, संसद्मा सरकारको प्रतिनिधि कोही पनि हुनुहुन्न, हामी समिति र उपसमितिको बैठकमा जान्छौँ, प्रतिपक्षी दल उपस्थित हुन्छ, तर सरकारको प्रतिनिधि हुँदैनन्, सरकारको उपस्थिति नभइकन आजको यो बैठकको गतिविधि अघि नबढाइयोस् ।’त्यसपछि सभामुख देवराज घिमिरेले प्रत

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 358 पटक पढिएको
  • स्ववियु निर्वाचनः अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता

    काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज विभिन्न विद्यार्थी सङ्गठनले निर्वाचनका लागि प्रत्यक्ष तथा सामानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता गराएको जानकारी दिए । उनका अनुसार आज विहान ११ देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । काठमाडौँ उपत्यकाका शङ्करदेव, विश्वभाषा, नेपाल ल, पब्लिक युथ, ग्रामीण आदर्श बहुमुखी, पिपुल्स, पद्यकन्या बहुमुखी क्याम्पसमा भने विवादका कारणले

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 286 पटक पढिएको
  • बलात्कारी सम्बन्धी कानुन कार्यान्वयन नहुँदा बलात्कारका घटना बढे: सांसद झा

    काठमाडौं— जसपाका सांसद रञ्जुकुमारी झाले बलात्कारसम्बन्धी कानुन भएपनि कार्यान्वयन नहुँदा बलात्कारका घटनाहरू भइरहेको भन्दै सरकारसँग कानुन कार्यान्वयन गर्न माग छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेकी हुन् । उनले आफ्नै जिल्लामा भएका बलात्कारका घटनाको उदाहरण दिँदै भनिन्,‘जबसम्म कडा रूपमा कानुन कार्यान्वयन हुँदैन तबसम्म यस्ता अपराधीहरूको अपराध समाजबाट हुन छाड्दैनन् ।’उनले सप्तरीबाट गाजा तस्करी बढेको भन्दै त्यसको नियन्त्रण गर्न प्रहरी प्रशासनलाई आग्रह गरिन् ।

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 381 पटक पढिएको
  • निर्वाचन आयोग विरुद्धको रिटमा सांसद तोसिमा कार्कीको पक्षमा फैसला

    काठमाडौं— निर्वाचन आयोग विरुद्धको रिटमा सांसद तोसिमा कार्कीले मुद्दा जितेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. कार्कीले २०७९ मा दायर गरेको रिटमा सर्वोच्चले उनको रिट जारी हुने फैसला गरेको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलले उनले दायर गरेको रिट जारी गरेका हुन् ।मेडिकल काउन्सिल सदस्य हुँदाहुँदै २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । सर्वोच्चको अन्तरिम आदेश दिएपछि उनी चुनाव लडेकी थिइन् । सो मुद्दा सर्वोच्चले मंगलबार फैसला गरेको हो । कार्कीले यसअघि नै मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिइसकेकी छन् ।

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 364 पटक पढिएको
  • प्रचण्ड भन्छन् सरकारमा रहेका दलकै कारण राजावादीहरू सलबलाउन थाले

     काठमाडौं— प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा रहेका दलहरूकै कार्यशैलीकै कारण राजावादीहरू सलबल्याएको जिकिर गरेका छन्। उनले अब सरकारको क्रियाकलाप र प्रतिगामी चलखेलविरुद्ध एकसाथ उत्रनुपर्ने आफूहरूको चुनौती भएको बताएका छन्। मंगलबारको प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रचण्डले अहिले सरकारको कार्यशैलीकै कारण देश आन्दोलनमय भएको टिप्पणी गरे। राजतन्त्र फर्काउने सपनासमेत देख्न छाडेकाहरूले सत्ताकै गलत शैलीले अहिले सडकमा ओर्लिएको बताए। ‘सरकारको विश्वासनीयता सकिएको देखेरै पुरातनपन्थी राजतन्त्रवादीहरू हौसिएका छन्। राजतन्त्रका सपना देख्न छाडेकाहरू सडकम

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 408 पटक पढिएको
  • विपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभामा बैठक स्थगित

    काठमाडौं— सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलहरूले अवरोध गरेपछि सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गरेका छन् ।प्रदेश सरकारले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै अनावश्यक दरबन्दी थपेर आर्थिक भार बढाएको भन्दै विपक्षी दलले सभामा अवरोध गरेका हुन् ।सभामुख भीमबहादुर भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदले अनावश्यक रूपमा सिर्जना गरिएका नियुक्ति सच्याउनुपर्ने माग गरेका छन् ।विपक्षी दलका तर्फबाट बोल्दै एकीकृत समाजवादीका प्रदेश सभा नरेशकुमार शाहीले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै गरिएका नियुक्ति खारेज हुनुपर्ने बताए ।

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 242 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.