राजनीति

    Showing 4,571-4,580 of 7,570 items.
  • आम निर्वाचन २०७९ : कांग्रेसबाट यी महिला नेतृहरू खुलारूपमा टिकटको दाबेदारी गरेर चुनावी मैदानमा (भिडियाेसहित)

    झापा / केही दिनअघि समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएका राजनीतिक दलहरू अब प्रत्यक्षतर्फका उम्मेदवार चयनको तयारीमा छन् । समानुपातिकतर्फ ३३ प्रतिशत महिला उम्मेदवार पुर्‍याउनुपर्ने कानूनी बाध्यता छ । प्रत्यक्षतर्फ पनि सोही अनुपातमा उम्मेदवार पुर्‍याउन कांग्रेसका महिला नेत्रीहरू तीब्र लबिङमा छन् । कतिपयले त खुलारूपमा टिकटको दाबेदारी गरेर फिल्डमा चुनावको तयारी गरिरहेका छन् ।संसद्मा आउन चाहेका कांग्रेसका केही प्रभावशाली महिला नेत्रीहरूले भने समानुपातिकको सजिलो बाटो रोजेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा शुरुमा प्रत्यक्षतर्फ

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 196 पटक पढिएको
  • वन तथा वातावरणमन्त्री यादव अमेरिका प्रस्थान

    काठमाडौँ / वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । यही असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने  ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव सरकारका तर्फबाट गए राति अमेरिका प्रस्थान गरेका हुन् ।अमेरिकी सरकारको आमन्त्रणमा त्यहाँ पुगेका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरूले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यसको प्रयोग कसरी गर्ने लगायतका विषयमा छलफल गर्ने उनको  सचिवालयले जनाएको छ । यसैगरी उन

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 129 पटक पढिएको
  • प्रदेश १ का स्वास्थ्य मन्त्रीले हटाए आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर

    झापा / प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् । प्रदेशसभामा सिट बाँडफाँडको जिम्मा प्रदेश कमिटीलाई नदिएपछि मन्त्री यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका हुन् । गठबन्धनमा आबद्ध दलहरूले प्रदेशसभाको सिट बाँडफाँड छलफल थालेपछि असन्तुष्ट हुँदै जसपाका नेता समेत रहेका मन्त्री यादवले आफ्नो कार्यकक्ष बाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो हटाएर प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री राजेन्द्र राईको मात्रै फोटो कार्यकक्षमा राखेका छन् ।यसअघि उनको कार्यकक्षमा चार ज

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 113 पटक पढिएको
  • माओवादीका पोलिटब्युरो सदस्य हेमराज धनकुटाबाट स्वतन्त्र उठ्ने

    धनकुटा / नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारी ‘सुदर्शन’ले पदबाट राजिनामा दिएर धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीले टिकट नदिने भएपछि पदबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिन लागेको भण्डारीले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । भण्डारीको उम्मेदवारीलाई जिल्लाका सबै नेताहरूले समर्थन गरेको जिल्ला समन्वय समितिका संयोजक डिल्लीराम राई ‘कमल’ले जानकारी दिए । भण्डारीको अभियानलाई साथ दिने निर्णय गरेका माओवादी केन्द्रका सबै पदाधिकारी तथा सदस्यहरूले पनि पदीय जिम्मेवारीबाट राजीनामा दिने निर्णय गरेका छन

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 125 पटक पढिएको
  • निर्वाचनको मुखमा प्रदेश १ को मुख्यन्यायाधिवक्ता परिवर्तन, परिवर्तन राई नियुक्त

    झापा / कार्यकालको अन्तिम समयमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुख्यन्यायाधिवक्ता परिवर्तन गरेका छन् । मंसिर ४ गते प्रदेश सभाको निर्वाचन घोषणा भइसकेको अवस्थामा मुख्यमन्त्री राईले परिवर्तन राईलाई मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले राईलाई संविधानको धारा १६० को उपधारा (२) बमोजिम आइतबार मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।राईलाई प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख प्रदीपकुमार भण्डारीको उपस्थितिमा उच्च अदालत विराटनगरका कायममुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथ ग्रहण समेत गराएका छन्

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 115 पटक पढिएको
  • सिट बाँडफाँडको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं / सत्तारुढ गठबन्धनको बैठक आज आइतबार पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।गठबन्धनका दलहरूले आइतबारदेखि प्रदेशसभाको सिट बाँडफाँडको विषयमा छलफल थाल्ने गठबन्धनका एक नेताले जानकारी दिए ।शनिबार बसेको गठबन्धनको बैठकमा प्रतिनिधि सभाको सिट बाँडफाँडबारे छलफल भएको थियो । अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको उहाँले बताए । निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकेको छ । सोही कारण दलहरू छिटो सिट बाँडफाँड टुंगो लगाउनुपर्ने दबाबमा छन् ।

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 154 पटक पढिएको
  • निर्वाचन आचारसंहिताबारे आज आयोगले दलहरूसँग छलफल गर्दै

    झापा  / निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने बितिक्कै लागू हुनेछ ।त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल तय भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए ।छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ ।

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 110 पटक पढिएको
  • राष्ट्रपतिको कदमविरुद्ध जसपाले गर्‍यो आन्दोलनको घोषणा

    झापा / जनता समाजवादी पार्टी मधेश प्रदेश कमिटीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै आन्दोलनको घोषणा गरेको छ ।संघीय संसद्का दुवै सदनबाट पारित गरेर दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीति दुई ध्रुवमा बाँडिएका बेला जसपाले आन्दोलनको घोषणा गरेको हो ।नागरिकता विधेयक पारित नगरिँदा मधेशका लाखौँ जनता नागरिकताबाट वञ्चित हुनुपरेको भन्दै जसपा आन्दोलनमा उत्रिएको हो ।आन्दोलनका कार्यक्रमअनुसार भोलि ८ असोजमा मधेसका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेको विषयमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कान

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 115 पटक पढिएको
  • बिप्लवद्वारा संघ र प्रदेशसभाको निर्वाचन बहिष्कार

    झापा  / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले संघीय चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । विप्लव नेतृत्वको नेकपाले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन बहिष्कार गर्ने भएको हो ।यसभन्दा अघि चुनावमा सहभागि हुने की नहुने विषयमा पार्टीभित्र विवाद थियो । तर, अन्तिममा नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको केन्द्रीय सदस्य असल क्षेत्रीले जानकारी दिएका छन् ।सरकारले चुनावमा जाने वातावरण नभएकोले उक्त निर्णयमा पुगिएको उनको दावी छ । सरकारले गत साउनमा विप्लवसहित शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको थियो । सरकारले पक्राउ पुर्जी जारी गरेपछि नेकपा झनै सरकार प्रति रुष्ट बनेको छ ।

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 96 पटक पढिएको
  • पूर्वआइजिपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश

    काठमाडौं / नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीबार नेकपा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्वआइजिपी खनालले औपचारिक रूपमा एमालेमा प्रवेश गरेका हुन् । नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाशपछि स्वतन्त्र नागरिक अभियन्ताका रूपमा क्रियाशील रहेका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूले स्वागत गरे ।पारिवारिक रूपमा खनाल नेपाली कांग्रेसनिकट परिवारका मानिन्छन् । उनका दाजु सुवीर खनाल गृहमन्त्रालयको सहसचिवबाट राजीनामा दिएर कांग्रेसको राजनीतिमा लागेका थिए । उनी गिरिजाप्रसाद कोइराला र सु

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 138 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा