काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या आधाभन्दा बढी घटाए पनि मन्त्रीहरूको संख्या भने यथावत् राखेको छ। १४ मन्त्रालयलाई ८ मा सीमित गरेसँगै अहिले ६ जना मन्त्री कुनै पनि विभागको जिम्मेवारीबिनै बिनाविभागीय मन्त्री बनेका छन्।मुख्यमन्त्री इन्द्र बानियाँ नेतृत्वको सरकारले प्रशासनिक खर्च घटाउने र सरकारी संरचना चुस्त बनाउने भन्दै मन्त्रालय पुनर्संरचना गरेको हो। तर नयाँ संरचना लागू भएसँगै किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनुकुमारी रायमाझी पौडेल विभागीय जिम्मेवारीविहीन बनेका छन्।सरकारले उनीहरूको जिम्मेवारी आगामी मन्त्रिपरिषद् बैठकबाट टुंगो लगाइने जनाए
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन्। घटनामा उनको दायाँ हात भाँचिएको छ। उपचारपछि उनी स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेको स्रोतले जनाएको छ।देउवा गत चैतदेखि थप उपचारका लागि हङकङमा बस्दै आएका छन्।
कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर बजार शुक्रबार पूर्ण रूपमा बन्द गरिएको छ। प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाह विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएपछि स्थानीयले त्यसको विरोध गर्दै बजारसँगै सार्वजनिक यातायातसमेत ठप्प पारेका हुन्।स्थानीयको दाबी अनुसार सामान्य व्यावसायिक विवादलाई राजनीतिक रंग दिँदै निर्वाचित जनप्रतिनिधिलाई फसाउने प्रयास गरिएको छ। यही कारण उनीहरूले बजार बन्द गरी विरोध प्रदर्शन गरेका हुन्।एकै घटनाबाट दुवै पक्षविरुद्ध मुद्दा विवादको केन्द्रमा रहेका कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा कोहिनूर मार्बलका सञ्चालक रितेश शर्माले सा
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले २०५८ सालको नारायणहिटी दरबार हत्याकाण्डबारे नयाँ विवादास्पद अभिव्यक्ति दिएका छन्। उनले तत्कालीन युवराज दीपेन्द्र शाहले नै दरबार हत्याकाण्ड गराएको भन्ने स्थापित आधिकारिक कथालाई अस्वीकार गर्दै दीपेन्द्रले दरबार हत्याकाण्ड गराएका होइनन् भन्ने दाबी गरेका हुन्।ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको वेबसाइट र मोबाइल एपको नयाँ संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले दरबार हत्याकाण्डपछि युवराज दीपेन्द्रको प्रेम सम्बन्धसँग जोडेर ूपहिल्यै तयार गरिएको कथाू विश्वभर फैलाइएको दाबी गरे। उनका अनुसार घटनाको वास्तविकता
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरेका छन्।शुक्रबार नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा झूटो प्रचार र दुष्प्रचार भइरहेको दाबी गरे। आफूहरूले गरेका कामको श्रेय अरूले लिने र झूटो कथा निर्माण गरेर जनतालाई भ्रमित बनाउने प्रवृत्ति बढेको उनको भनाइ थियो।उनले भने,‘झुटो कहानी रचना गर्ने, हामीले नै गरेका कामहरूको चर्चा नहुने, अरूकै नाममा आउने, जादु गरेजस्तो एकैछिनमा यस्तो काम भयो भन्ने हल्ला गर्ने र त्यसलाई मानिसले पत्याउने प्रवृत्ति समाजमा मौलाएको छ ।कालोलाई
काठमाडौं । चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको गीत र भिडियोमाथि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले कडा आपत्ति जनाएको छ। संगठनले उक्त सामग्रीले शिक्षक पेसाको सम्मान र सामाजिक मूल्य–मान्यतामाथि आघात पुर्याएको दाबी गर्दै तत्काल प्रसारण रोक्न र कानुनी प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको हो।संगठनका केन्द्रीय अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले शुक्रबार जारी गरेको विज्ञप्तिमा गीतले शिक्षकको गरिमा, गुरु–शिष्य सम्बन्ध र महिलाप्रतिको सम्मानलाई कमजोर बनाउने शैली अपनाएको आरोप लगाइएको छ। कला र अभिव्यक्तिको स्वतन्त्रताको नाममा अश्लीलता, विकृति र उपभोक्ता
काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा सुरु भएको तीनदिने ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व राजनीतिक अवस्थाबीच एसियाले आफ्नो रणनीतिक सन्तुलन जोगाउँदै समाजवादको दिशामा अघि बढ्नुपर्ने धारणा राखेका छन्।इन्टरनेशनल पिपुल्स एसेम्बली (आईपीए) को आयोजनामा भएको सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै प्रचण्डले विश्व महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धा र दबाबका बीच असंलग्न परराष्ट्र नीति अझ सान्दर्भिक बनेको उल्लेख गरे। उनले एसियाली कम्युनिस्ट आन्दोलनका उपलब्धि, चुनौती र अनुभवबा
काठमाडौं— आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका चार वटा संसदीय समितिको बैठक बस्दै छ ।शुक्रबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल हुनेछ। बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । ब
काठमाडौं । सरकारले एकै बैठकबाट प्रशासन, अर्थतन्त्र, कानुन र कर्मचारी व्यवस्थापनसँग जोडिएका सात महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरव्याज पीडितसँग वार्ता अघि बढाउनेदेखि नयाँ सिक्का टकमरी, विदेशी अनुदान स्वीकार र कर्मचारी व्यवस्थापनसम्मका निर्णय गरेको हो।सबैभन्दा महत्वपूर्ण निर्णयअनुसार मिटरव्याज पीडितको समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरिएको छ। टोलीले पीडितसँग संवाद गर्दै समाधानको प्रक्रिया अघि बढाउने जिम्मेवारी पाएको छ।यस्तै सरकारले १ रुपैयाँ र २ रुपैयाँ दरका नया
जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी लाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश श्रीकान्त पौडेल र कुमार रेग्मी को संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै १९ असारमा जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नभएको ठहर गर्दै कोइरीलाई तत्काल रिहा गर्न आदेश दिएको हो।यसअघि थमन विक हत्या प्रकरण मा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि उनलाई पक्राउ गरी जलेश्वर कारागार पठाइएको थियो। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै कोइरीको थुना प्रक्रियामाथि प्रश्न उठेको छ भने अब आदेश कार्यान्वयनपछि उनी कारागारमुक्त हुने बाटो खुलेको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.