काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन्। घटनामा उनको दायाँ हात भाँचिएको छ। उपचारपछि उनी स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेको स्रोतले जनाएको छ।देउवा गत चैतदेखि थप उपचारका लागि हङकङमा बस्दै आएका छन्।






































