काठमाडौं— नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भइसकेका छन् ।
काठमाडौं— उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गोरखापत्र संस्थानले सञ्चालन गर्न लागेको गोरखापत्र एकेडमीले देशको अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने बताएका छन् ।विहीबार गोरखापत्र संस्थानले आयोजना गरेको ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा बोल्दै उनले सरकारका उच्च अधिकारी, नीति निर्माता, उद्योगी व्यवसायी, विज्ञ, विश्लेषक तथा सञ्चारकर्मीहरुको सहभागिता सराहनीय भएको बताए ।विमर्शले अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र सम्भावनासहित सरकारको प्रयास र निजी क्षेत्रको अपेक्षाको गहन विश्लेषण गर्दै ठोस निष्कर्षमा पुग्ने विश्वास लिएको व्यक्त गरे ।‘गोरखापत्र संस्थानले गोरखापत्र एकेडमी सञ्चालनमा ल्याउँदै देशक
काठमाडौं— नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् ।काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे ।ओली नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित गरेर पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै, उनी दशौँ महाधिवेशनमा भीम रावललाई पराजित गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २
काठमाडौ— नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको मतदानको परिणाम आउनेक्रम जारी छ । विहीबार विहान ११ बजे प्राप्त परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता कायम राखेका छन् ।महासचिवमा शंकर पोख्रेलले अग्रता लिइरहेका छन् । दुई वटा बुथको १६ वटा चिप्समा भएको ४ सय ४३ मत गन्दा अध्यक्षका उम्मेदवार ओली अगाडि देखिएका हुन् ।यस्तो छ पछिल्लो परिणामअध्यक्षकेपी शर्मा ओलीः ३३३ईश्वर पोखरेलः ११०उपाध्यक्षअरुण नेपालः ७९गुरु प्रसाद बरालः २४२गोकर्ण राज विष्टः २५६टकं प्रसाद कार्कीः ७५पर्शुराम मेघि गुरुङ्गः ८६पृथ्वी सुव्वा गुरुङः ३५६भिम प्रसाद आचार्यः ५१रघुजी पन्तः २५३रामबहादुर थापा बादलः ३०९विन
काठमाडौ— नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको नयाँ मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्मको गणनाअनुसार अध्यक्ष केपी शर्मा ओलीले ४८९ मत प्राप्त गरेका छन्।त्यस्तै, ईश्वर पोखरेलले १७७ मत पाएका छन्त्य भने पदाधिकारीतर्फ शंकर पोखरेलले ३६४ मत, सुरेन्द्र पाण्डेले ३०२ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।प्रारम्भिक मतपरिणामले संस्थापन पक्ष अग्रस्थानमै देखिए पनि केही पदमा प्रतिस्पर्धा चर्को बन्दै गएको महाधिवेशनस्थल स्रोतले जनाएको छ।
काठमाडौं— नेकपा एमालेका नेता महेश बर्तौलाले नेकपा एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ अघि बढिरहेको बताएका छन् ।बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको बताए ।उनले भने, ‘अन्य कयौँ प्रतिवादीहरुले एमाले जस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहान्छ तथापी पनि हामी देशहितको पक्षमा स्वाधिनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिकताको पक्षमा जतिसुकै एकल बनाउन खोजे
विराटनगर— नेपाली कांग्रेसका कोषाध्यक्ष, शिक्षासेवी र व्यवसायी उमेश श्रेष्ठले कांग्रेसभित्र अब पूरानो शैली र अनुहारभन्दा नयाँ, पढेलेखेका, उद्यमशील र विषयविज्ञ युवालाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।उनले देशको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थाबारे स्पष्ट धारणा राखे । उनले पछिल्लो समय देखिएको जेन–जी आन्दोलनलाई युवाहरूको निराशा र परिवर्तनको चाहनासँग जोड्दै यसको मूल कारण रोजगारीको अभाव र नीतिगत कमजोरी भएको बताए ।श्रेष्ठका अनुसार देशको समग्र रूपान्तरणको आधार शिक्षा हो । हालको शिक्षा प्रणाली रोजगारमुखी नभएकाले युवाहरू विदेशिन बाध्य भएका छन् । त्यसैले विद्यालय तहदेखि नै सीपमूलक
रुपन्देही— सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ।उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरका अनुसार आजको पेसी तोकिएको हो। गत हप्ता यो मुद्दा हेर्न नमिल्ने अवस्थामा परेको थियो भने यसअघि दुई पटक लामिछाने पक्षका कानुनी व्यवसायीहरूले निवेदन पेश गरेर बहस रोकिएका थिए।बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले स
महेन्द्रनगर। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने हुनुभएको छ ।मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै प्रदेशसभा सचिवालयलाई पत्र पठाउनु भएको थियो । मुख्यमन्त्रीको सचिवालयका अनुसार संविधानको धारा १६८ अनुसार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभामा पत्राचार गरिएको हो । संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।मुख्यमन्त्री यादव मङ्सिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेताका हैसियतमा सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको छ ।महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ३६ जना मतदानमा अनुस्थित भए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए ।उहाँले मतगणना अहिले बिहान ८ः०० बजेदेखि सुरु गर्ने तयारी गरिएको जानकारी दिनुभयो । “मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ”, उहाँले भन्नुभयो, “मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ ।”एमालेमा नयाँ नेतृत्वका लागि ब
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.