काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र मनोनयनलाई लिएर शक्ति सन्तुलनको खेल तीव्र बनेको छ। प्रधानमन्त्री बालेन शाह निकट समूहले वर्तमान महामन्त्री भूपदेव शाहलाई निरन्तरता नदिई सुदीप ढकाललाई महामन्त्रीमा अघि सार्ने तयारी गरेको स्रोतको दाबी छ।
यस्तै, मनोनीत हुने ५१ केन्द्रीय सदस्यमध्ये १८ जना बालेन पक्षबाट राख्ने गरी आन्तरिक भागबन्डाको छलफल भइरहेको बताइएको छ। यद्यपि, यसबारे पार्टीले औपचारिक निर्णय सार्वजनिक गरेको छैन।






































