काठमाडौं। सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएका न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष बनाउने निर्णय भएको छ।

न्याय परिषद्ले आचार्यको नाम सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को अनुमोदनपछि उनले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

विशेष अदालतका तत्कालीन अध्यक्ष सुदर्शनदेव भट्टलाई एक वर्ष नपुग्दै उच्च अदालतमा सरुवा गरिएको छ। सामान्यतया न्यायाधीशको सरुवा दुई वर्षमा हुने भए पनि यसपटक अवधि पूरा नहुँदै नेतृत्व परिवर्तन गरिएको हो।