राजनीति

    Showing 331-340 of 10,273 items.
  • सुकुम्बासीको सहयोगार्थ‘मानवीय कोष’स्थापना गर्दै कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले विस्थापित सुकुम्बासी परिवारका वृद्धवृद्धा र बालबालिकाको सहयोगका लागि ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने घोषणा गरेको छ।उपसभापति विश्वप्रकाश शर्माले साउन ६ गते बीपी स्मृतिमा आयोजना हुने ‘ग्रीन रन’ मा सहभागी हुने व्यक्तिको संख्याअनुसार कांग्रेसले आफ्नो तर्फबाट रकम जम्मा गरी कोष स्थापना गर्ने जानकारी दिए।उनका अनुसार उक्त कोषबाट संकलित रकम पछिल्लो समय विस्थापित भएका सुकुम्बासी परिवारका वृद्ध आमा–बुबा र कलिला बालबालिकाको हितमा खर्च गरिनेछ।

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 169 पटक पढिएको
  • पुनर्गठन प्रतिवेदनका लागि शंकर पोखरेल कार्यालयबाट बिदामा

    काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन तयार पार्न महासचिव शंकर पोखरेल केही दिनका लागि नियमित पार्टी गतिविधिबाट अलग भएका छन्। उनी अहिले प्रतिवेदन लेखनमै केन्द्रित रहेको एमालेले जनाएको छ।प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पोखरेल तीन–चार दिन पार्टी कार्यालय नआउने गरी प्रतिवेदन तयार पार्ने काममा व्यस्त छन्। प्रतिवेदन लेख्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव पोखरेललाई दिइएको थियो।पार्टीका विभिन्न तहमा भएको निर्वाचन समीक्षा, पुनर्गठनसम्बन्धी छलफल र सुझावलाई समेटेर प्रतिवेदन तयार पारिने एमाले स्रोतले जनाएको छ। प्रतिवेदन तयार भएपछि

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 188 पटक पढिएको
  • सबै दल एउटै सरकारमा बस्नुपर्छ भन्ने मान्यता कांग्रेसको होइन: विश्वप्रकाश शर्मा

    काठमाडौं / नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार सञ्चालनका विषयमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको बताएका छन् ।बीपी स्मृति दिवसका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश सरकारहरूको अवस्थाबारे सार्वजनिक टिप्पणीभन्दा आन्तरिक संवाद र अभ्यास जारी रहेको बताएका हुन् । साथै, आवश्यक परे नेपाली कांग्रेस प्रतिपक्षमा बस्न पनि तयार रहेको स्पष्ट पारे ।उनले भने, ‘प्रदेशगत सरकारहरूको बारेमा केही समस्या देखिएको छ । सरकारमा रहेका दलहरूको बीचमा केही समस्याहरू उब्जिएका छन् । अब प्रदेश सरकारहरू कसरी चल्छन् या कसरी नयाँ बन्छन् भन्ने विषयमा सार्वजनिक रूपमा धेरै टिप

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 182 पटक पढिएको
  • सर्वोच्चमा मुद्दा फर्छ्यौटमा न्यायाधीश ढुंगाना पहिलो, प्रधानन्यायाधीश शर्मा १५औँ स्थानमा

    काठमाडौं । सर्वोच्च अदालतको आर्थिक वर्ष २०८२-८३ को कार्यसम्पादन विवरणमा न्यायाधीश टेकप्रसाद ढुंगाना मुद्दा फर्छ्यौटमा पहिलो स्थानमा परेका छन् भने प्रधानन्यायाधीश डा। मनोजकुमार शर्मा १५औँ स्थानमा रहेका छन्।ढुंगानाले २०५ कार्यदिनमा १ हजार ९३६ मुद्दा फर्छ्यौट गर्दै प्रतिदिन औसत ९.४४ मुद्दा टुंग्याएका छन्। दोस्रो स्थानमा श्रीकान्त पौडेल र तेस्रो स्थानमा हरिप्रसाद फुयाल रहेका छन्।प्रधानन्यायाधीश शर्माले १८९ कार्यदिनमा १ हजार ९४ मुद्दा फर्छ्यौट गरेका छन् भने निवर्तमान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सूचीको अन्तिम ९२०औँ० स्थानमा परेका छन्।आर्थिक वर्षभर सर्वोच्चका २० न्यायाधीशले २४ हजार ४९२ मुद्दा

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 237 पटक पढिएको
  • प्रतिपक्षविहीन प्रदेश सरकार कांग्रेसलाई स्वीकार्य छैन : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारको नयाँ सत्ता समीकरणबारे कांग्रेसको स्पष्ट अडान सार्वजनिक गरेका छन्। उनले कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन हुने अवस्था स्वीकार्य नहुने भन्दै आवश्यक परे कांग्रेस प्रतिपक्षमै बस्न तयार रहेको बताएका छन्।सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले प्रदेश सरकार गठन वा पुनर्गठन गर्दा सबै दल सरकारमै रहने अभ्यास संविधानको भावना विपरीत हुने बताए। उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा बलियो प्रतिपक्ष अनिवार्य भएकाले त्यसलाई समाप्त गर्ने खालको समीकरण बन्न नहुने कांग्रेसको ‘बटमलाइन’ हो।उनले प्रदेश सरकारका विषयमा दलहरूबीच सं

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 213 पटक पढिएको
  • सेयर बजार सुधारमा प्रधानमन्त्रीको सक्रियता, लगानीकर्ताका माग कार्यान्वयन गर्ने प्रतिबद्धता

    काठमाडौं । सेयर बजारमा देखिएका समस्या समाधान र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारका सरोकारवालासँग उच्चस्तरीय छलफल गरेका छन्। छलफलमा उठेका जायज माग कार्यान्वयनका लागि सम्बन्धित निकायसँग तत्काल समन्वय गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेका छन्।सिंहदरबारमा सोमबार भएको छलफलमा प्रधानमन्त्री शाहले समस्या समाधानका लागि नयाँ समिति गठनभन्दा पनि सम्बन्धित निकायले तत्काल काम अघि बढाउनुपर्ने धारणा राखेका थिए। व्यवसायीका अनुसार प्रधानमन्त्रीले पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन सरकार गम्भीर रहेको सन्देश दिएका छन्।छलफलमा सहभागीहरूले लगा

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 230 पटक पढिएको
  • एआईदेखि बैंक, प्रहरी र शिक्षा ऐनसम्म : सरकारले यसै वर्ष संसद्मा लैजाँदै १६६ विधेयक

    काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३र८४ मा संघीय संसद्मा १६६ वटा विधेयक दर्ता गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ती विधेयकलाई प्राथमिकताका आधारमा तीन चरणमा विभाजन गरेर संसद्मा लैजाने कार्ययोजना तयार गरेको हो।सरकारले पहिलो प्राथमिकतामा ६४, दोस्रोमा ४२ र तेस्रोमा ५७ विधेयक राखेको छ। पहिलो चरणमा साउनदेखि कार्तिक, दोस्रो चरणमा मंसिरदेखि फागुन र तेस्रो चरणमा चैतदेखि असारसम्म विधेयक दर्ता गर्ने तयारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०, साइबर सुरक्षा, सूचना प्रविधि, भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय सतर्कता केन्द्र सम्ब

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 137 पटक पढिएको
  • प्रदेशमा सत्ता उल्टिने संकेत, प्रचण्डले थाले निर्णायक राजनीतिक कसरत

    काठमाडौं । प्रदेश सरकारको नयाँ सत्ता समीकरणलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै जाँदा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक भूमिकामा देखिएका छन्। श्रीलंका भ्रमणबाट फर्किएलगत्तै उनले शीर्ष तहमा लगातार राजनीतिक संवाद सुरु गरेका छन्।सोमबार बिहान प्रचण्डले सहसंयोजक माधवकुमार नेपाललाई कोटेश्वरस्थित निवासमै भेटेर प्रदेश सरकारको बदलिँदो समीकरण, कांग्रेस–एमालेबीच बढेको मतभेद र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन्। स्वास्थ्य समस्याका कारण आराम गरिरहेका नेपालसँगको भेटमा सम्भावित राजनीतिक विकल्पबारे समेत विचार–विमर्श भएको बताइएको छ।यसअघि आइतबार साँझ प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओल

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 205 पटक पढिएको
  • सरकारी कार्यालयलाई नयाँ कर्मचारी थप्न कडाइ

    काठमाडौं । सरकारले कर्मचारी व्यवस्थापनमा थप नियन्त्रण गर्ने निर्णय गर्दै अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना कुनै पनि सरकारी निकायले नयाँ दरबन्दी सिर्जना गर्न नपाउने व्यवस्था लागू गरेको छ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले चालु आर्थिक वर्षका लागि २२ बुँदे निर्णय गर्दै नयाँ कर्मचारी संरचना विस्तारमा केन्द्रीय नियन्त्रण कायम गर्ने नीति लिएको हो।निर्णयअनुसार प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृतिबिना कुनै मन्त्रालय वा सरकारी कार्यालयले नयाँ दरबन्दी थप्न, अस्थायी पदपूर्ति गर्न वा स्थायी पदका लागि लोक सेवा आयोगमा माग पठाउन समेत पाउने छैन।बैठ

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 143 पटक पढिएको
  • १८ वर्षमुनिका ३५ हजार सदस्यको विवादमा रास्वपाको स्पष्टिकरण– ‘प्रतिवेदनमा प्राविधिक त्रुटि भयो’

    काठमाडौं । १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाएको विषयमा उठेको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय मानव अधिकार आयोगलाई आफ्नो आधिकारिक जवाफ पठाएको छ।रास्वपाले आयोगलाई पठाएको स्पष्टीकरणमा १८ वर्षमुनिका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको विवरण वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक आवेदन फाराममा संकलित विवरणका आधारमा प्रतिवेदनमा परेको जनाएको छ। उक्त संख्या भूलवश सदस्यता विवरणका रूपमा समावेश भएको र त्यसलाई वास्तविक पार्टी सदस्यता मान्न नमिल्ने पार्टीको दाबी छ।मानव अधिकार आयोगले संविधान तथा बालअधिकारसम्बन्धी कानुनविपरीत बालबालिकालाई राजनीतिक दलको सदस्य बनाइएको

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 250 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.