राजनीति

    Showing 3,061-3,070 of 10,311 items.
  • कास्कीमा १७ हजारभन्दा बढी नयाँ मतदाता दर्ता

    कास्की— आगामी निर्वाचनलाई लक्षित गर्दै कास्की जिल्लामा १७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। यसअघिको निर्वाचनमा दुई लाख ९४ हजार १५१ मतदाता रहेकामा यसपटक १७ हजार ८४२ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ताका लागि आवेदन दिएका छन्।जिल्ला निर्वाचन कार्यालयले नयाँ मतदाताका लागि गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म आवेदन आह्वान गरेको थियो। सो अवधिमा उल्लेखित सङ्ख्यामा आवेदन प्राप्त भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।उनका अनुसार प्राप्त आवेदनबारे कार्यालयले आवश्यक अध्ययन तथा प्रमाणीकरणको काम गरिरहेको छ। प्रक्रिया पूरा भएपछि नयाँ मतदाता समेटिएको अन्तिम नाम

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 548 पटक पढिएको
  • मन्त्रिपरिषद् विस्तार हुँदै, पूर्वरथी बालानन्द शर्मा मन्त्री नियुक्त हुने तयारी

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन्। सोही क्रममा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई मन्त्री नियुक्त गर्ने तयारी भएको हो।प्रधानमन्त्री कार्कीले शर्मालाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिने तयारी गरेकी बताइए पनि यसबारे अन्तिम निर्णय भने औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन। स्रोतका अनुसार शर्माको शपथ ग्रहण आज दिउँसो २ बजे शीतल निवासमा तय गरिएको छ।शर्माले यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरिसकेका छन्। साथै कोभिड–१९ महामारीका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पनि उनको भूमिका रहेको थियो।शर्मा मन्त्रिपरिषद्मा समावेश भएसँगै

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 505 पटक पढिएको
  • सञ्चारमन्त्री खरेलको ओलीसँग भेट, तीन दलबीच संवादको पहल तीव्र

    काठमाडौं— सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। ओली निवास गुण्डुमा दुवैबीच भेटघाट भइरहेको छ।आगामी निर्वाचनको वातावरण सहज बनाउन सरकारले ठूला दल र प्रमुख नेतासँग सम्बन्ध सुधारमा जोड दिँदै संवाद प्रक्रिया अघि बढाएको छ। यसका लागि उच्चस्तरीय समिति गठन गरेर छलफललाई तीव्र बनाइएको छ।सोही क्रममा सञ्चारमन्त्री खरेलले शनिबार तय भएको तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच हुने वार्ताका लागि ओलीलाई औपचारिक निम्तो दिएको बताइएको छ।यसअघि खरेलले आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरिसकेका छन् भने ओलीसँगको भेटपछि नेकपा

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 498 पटक पढिएको
  • रास्वपाले समानुपातिक आकांक्षीको अन्तिम सूची सार्वजनिक गर्‍यो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ ।पार्टीले शुक्रबार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ३८७ जना आकांक्षी उम्मेदवारको नाम सार्वजनिक गरेको हो । रास्वपाका अनुसार कुल ४१४ जनाले आवेदन दिएका थिए । जसमध्ये २७ जनाको नाम अन्तिम सूचीमा समावेश गरिएको छैन ।सूचीमा नाम नपरेका आकांक्षीलाई भर्चुअल माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने पार्टीले जनाएको छ ।समानुपातिक उम्मेदवार बन्नका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ आवेदन शुल्क तोकिएको थियो । सोही अनुसार पार्टीले

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 548 पटक पढिएको
  • आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उहाँले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताउनुभयो । साथै सभापति देउवाले स्वतन्त्र एवं निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिनुभएको राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले बताउनुभयो ।

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 267 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

    देवदह। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ । नेकपाले प्रत्यक्षतर्फ आनन्दप्रसाद गुप्ता, फैज अहमद खान, राधेश्याम गुप्ता, कमला थापा र मधुसुदन गाहा मगरको नाम सिफारिस गरेको सो पार्टीका नेता तीरबहादुर रोका मगरले जानकारी दिनुभयो । त्यस्तै समानुपातिकतर्फ आठ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा हकिकुल्ला खाँ, सोनिया यादव, जयबहादुर सुनार, आशाकुमारी चौधरी, डा ऋषिराम पाण्डे, धनबहादुर गुरुङ, डिल्लीराम भट्टराई र टीकाराम श्रेष्ठ हुनुहुन्छ । विसं २०७९ मा सम्पन्न निर्वाचनमा रुपन

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 321 पटक पढिएको
  • कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

    काठमाडौं— वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ । आज सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको महाराजगञ्जस्थित निवासमा  छलफल गरिरहेका छन् । मन्त्री खरेलको सचिवालयका अनुसार आजै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ ।

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 452 पटक पढिएको
  • मित्र परियारले श्रम संस्कृति पार्टी छोडे, नेकपामा प्रवेश

    काठमाडौं—  श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियारले पार्टीसँगको सम्बन्ध तोडेका छन्। अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा रहेको उक्त पार्टीबाट उनी अलग भएका हुन्।पुस ५ गते बुटवलमा आयोजित एक कार्यक्रममा आयोजकप्रति गरेको व्यवहारलाई लिएर अध्यक्ष साम्पाङले परियारमाथि कारबाही गरेका थिए। त्यसपछि पार्टीभित्रको असहमतिका बीच परियारले पार्टी छोड्ने निर्णय गरेका हुन्।पार्टी परित्याग गरेपछि परियार आज बिहान नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हात्तीवनस्थित आफ्नै निवासमा स्वागत गरेका हुन्।

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 498 पटक पढिएको
  • वास क्षेत्रमा टुक्रिएको लगानी जोड्ने प्रयास, स्रोत समायोजनलाई नीति–स्तरीय रणनीति बनाइँदै

    काठमाडौं—  खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा दीर्घकालीन र दिगो उपलब्धि हासिल गर्न नेपालमा स्रोत समायोजनलाई नीति–स्तरीय प्रभावकारी रणनीतिका रूपमा अघि बढाइँदैछ । सीमित स्रोतको अधिकतम उपयोग र दोहोरो लगानी अन्त्य गर्ने उद्देश्यसहित विभिन्न सरोकारवाला निकायबीच समन्वयलाई प्राथमिकता दिइएको हो ।संघीय, प्रदेश तथा स्थानीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था र निजी क्षेत्रबीच वित्तीय, प्राविधिक र मानवीय स्रोत साझा प्रयोग गर्ने अभ्यासले वास क्षेत्रमा देखिँदै आएको परियोजना दोहोरिनु, असन्तुलित बजेट वितरण र खण्डित कार्यान्वयनको समस्यालाई कम गर्ने अपेक्षा गरिएको छ ।राष्ट्रिय खानेपानी तथा स

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 461 पटक पढिएको
  • उपमेयर सुनिता डंगोलको नाम दुरुपयोग गरी ह्वाट्सएप ठगी, पैसा नपठाउन आग्रह

    काठमाडौं— काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर प्रयोग गरी ह्वाट्सएपमार्फत ठगी गरिएको घटना सार्वजनिक भएको छ ।नक्कली ह्वाट्सएप एकाउन्ट बनाएर आर्थिक सहयोग मागिएको भन्दै उनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेकी छन् ।उपमेयर डंगोलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत स्क्रिनसट सार्वजनिक गर्दै उक्त ह्वाट्सएप खाता र प्रयोग गरिएको नम्बर आफ्नो नभएको स्पष्ट पारेकी छन् । स्क्यामरले आफूलाई अप्ठ्यारो परेको बहाना बनाउँदै ई–सेवाको क्यूआर कोड पठाएर पैसा माग्ने गरेको पाइएको छ ।उनका अनुसार यस विषयमा नेपाल प्रहरी र दूरसञ्चार निकायलाई जानकारी गराइसकिएको छ र कानुनी प्रक्रिया अघि बढाइएको छ । उ

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 545 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.