राजनीति

    Showing 231-240 of 10,271 items.
  • एमालेसँगको सम्झौताले नेकपामै तरंग : असन्तुष्ट माधवलाई मनाउन निवास पुगे प्रचण्ड

    काठमाडौं । एमालेसँग भएको तीन बुँदे सत्ता सहमतिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्रै असन्तुष्टि चुलिएको छ। विशेषगरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति असहमति जनाएका माधव नेपाललाई मनाउन पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान उनको निवासमै पुगेका हुन्।स्रोतका अनुसार दुई नेताबीच भएको भेटमा प्रचण्डले एमालेसँग सहमति गर्ने क्रममा केही कमजोरी भएको स्वीकार गरेका छन्। यही विषयलाई लिएर माधव नेपालले आइतबार आफ्ना निकट नेताहरूसँग छुट्टै छलफलसमेत गरेका थिए।शनिबार भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले ल

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 184 पटक पढिएको
  • सांसदका स्वकीय सचिव नियुक्तिमा सर्वोच्चको ’ब्रेक’

    काठमाडौं । संघीय संसद्का सबै सांसदलाई निजी स्वकीय सचिव राख्न दिने सरकारको निर्णय तत्काल कार्यान्वयन रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। राज्यकोषमा अनावश्यक भार पर्ने भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो।न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारसँग लिखित जवाफ माग्दै ’कारण देखाऊ’ आदेश जारी गरेको छ। अदालतले सरकारको जवाफ आएपछि मात्र आवश्यक निर्णय लिने स्पष्ट पारेको छ।अधिवक्ता डा. प्रेमराज सिलवाल र मनिराम उपाध्यायले सरकारको निर्णयले सार्वजनिक स्रोतको दुरुपयोग हुने र कार्यकर्ता व्यवस्थापनको माध्यम बन्न सक्ने दाबी गर्दै छुट्टाछुट्टै रिट दायर गरेका

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 145 पटक पढिएको
  • सीमित समूहलाई कर छुट र उन्मुक्ति दिएको भन्दै सर्वोच्चमा रिट

    काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०८३÷८४ को बजेट अब सर्वोच्च अदालतको परीक्षणमा पुगेको छ। बजेटमार्फत कर छुट, जरिवाना मिनाहा र राजस्व उन्मुक्तिका व्यवस्था गरेर सीमित व्यक्ति तथा समूहलाई अस्वाभाविक लाभ दिएको आरोपसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।चार्टर्ड एकाउन्टेन्ट भेषराज लुईंटेल ले दायर गरेको रिटमा आर्थिक ऐन–२०८३, विनियोजन ऐन–२०८३, बजेट वक्तव्य र राष्ट्र ऋण उठाउने ऐन–२०८३ का विभिन्न प्रावधान संविधानविपरीत रहेको दाबी गरिएको छ।रिटमा बजेटका विवादित व्यवस्थाले राजस्व अनुसन्धान प्रणालीलाई कमजोर बनाउने, कर छल्नेलाई लाभ दिने र कानुन पालना गर्ने करदातामाथि अन्याय गर्ने अवस्था सिर्जना भएको आ

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 132 पटक पढिएको
  • हामी सत्तामुखी भएरनै जनताबाट टाढियौँ : महासचिव पोख्रेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेल ले पार्टीभित्रका कमजोरीकै कारण एमाले अहिलेको अवस्थामा पुगेको स्वीकार गर्दै अब वैचारिक पुनर्गठन र संगठनात्मक रूपान्तरण अपरिहार्य भएको बताएका छन्। लामो समय नेतृत्वको बचाउ गर्दै आएका पोख्रेलले यसपटक भने खुला रूपमा पार्टीको कार्यशैलीमाथि आत्मालोचना गरेका हुन्।लुम्बिनी प्रदेशमा आयोजित ‘मिशन पार्टी जागरण’ अभियानको उद्घाटन कार्यक्रममा बोल्दै उनले एमालेले आफ्नै आधार वर्ग गुमाएको स्वीकार गरे। भूमिहीन, किसान, श्रमिक, विद्यार्थी, शिक्षक, विदेशिएका युवा र सुकुम्बासी जस्ता वर्गले पार्टीमाथिको विश्वास गुमाएको भन्दै उनले यसलाई एमालेको सबैभन्दा ठूलो राजनीतिक चुनौत

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 173 पटक पढिएको
  • जनताको चाहनाअनुसार कानुन नबने विकास सम्भव छैन : मन्त्री गौतम

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३÷८४ लाई ‘कानुन सुधार वर्ष’ घोषणा गर्दै पुराना र काममा बाधा पु¥याइरहेका कानुनहरू व्यापक रूपमा संशोधन गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ले जनताको आवश्यकता र समयअनुकूल कानुन नबनेसम्म विकासले गति लिन नसक्ने स्पष्ट सन्देश दिएकी छन्।स्थानीय पत्रकारसँगको कुराकानीमा मन्त्री गौतमले नेतृत्वको इच्छा होइन, जनताको अपेक्षाअनुसार कानुन बन्नुपर्नेमा जोड दिँदै अहिलेका धेरै विकास आयोजना कानुनी जटिलताका कारण प्रभावित भइरहेको बताइन्।सरकारले चालु आर्थिक वर्षभित्र १६६ वटा कानुन निर्माण वा संशोधन गर्ने लक्ष्य लिएको जानकारी दिँदै उनले विकासमा अवर

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 280 पटक पढिएको
  • राष्ट्रिय सेवा दलको स्वरूप फेरिने संकेत

    काठमाडौं । सरकारले अघि बढाएको ‘राष्ट्रिय सेवा दल विधेयक–२०८३’ अब ठूलो परिमार्जनको चरणमा पुगेको छ। प्रतिनिधिसभाका सांसदहरूले विधेयकलाई थप समावेशी, व्यवहारिक र आधुनिक बनाउन ७८ बुँदे संशोधन प्रस्ताव दर्ता गरेका छन्।संशोधनको सबैभन्दा महत्वपूर्ण प्रस्ताव भनेको सेवा दलमा सहभागी हुने दायरा विस्तार गर्नु हो। अब विद्यालयका विद्यार्थीमा मात्रै सीमित नराखी १३ वर्ष पूरा भई २१ वर्ष ननाघेका सबै योग्य नेपाली युवालाई राष्ट्रिय सेवा दलमा सहभागी गराउने व्यवस्था गर्नुपर्ने माग उठाइएको छ।यस्तै, सेवा दलको तालिमलाई केवल सैन्य अभ्यासमा सीमित नराखी विपद् व्यवस्थापन, उद्धार, राहत, राष्ट्रिय सुरक्षा, संस्कृति र सम्पदा

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 166 पटक पढिएको
  • गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समिति बैठक

    काठमाडौं । सुनसरीमा भएको धार्मिक तनाव र त्यसक्रममा एक जनाको मृत्यु भएपछि सरकारले उच्चस्तरीय सुरक्षा सक्रियता बढाएको छ। गृहमन्त्री सुधन गुरुङ ले सोमबार साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएका छन्।आइतबार राति भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्जका ओमप्रकाश मेहता को मृत्यु भएपछि सरकारले घटनालाई गम्भीर रूपमा लिँदै सुरक्षा निकायसँग लगातार छलफल अघि बढाएको हो। सोमबार बिहान गृह मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) र सशस्त्र प्रहरी बलका प्रमुखसँग प्रारम्भिक छलफल गरेपछि गृहमन्त्रीले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेका हुन्।बैठकमा सुनसरीको पछिल

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 50 पटक पढिएको
  • कांग्रेसले राजीनामा रोकेपछि लुम्बिनी राजनीतिमा नयाँ ट्वीस्ट

    काठमाडौं । लुम्बिनी प्रदेशमा सत्ता परिवर्तनको तयारी भइरहेका बेला नेपाली कांग्रेसले तत्काल सरकारबाट बाहिरिने निर्णय रोकेको छ। केन्द्रबाट नयाँ राजनीतिक समीकरणअनुसार तयारी गर्न निर्देशन आए पनि कांग्रेसले ’पर्ख र हेर’ रणनीति अपनाउँदै आफ्ना मन्त्रीहरूको राजीनामा फिलहाल रोक्ने निर्णय गरेको हो।कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी ले मुख्यमन्त्री चेतनारायण आचार्य सँग भेटवार्ता गरेपछि तत्काल राजीनामा नदिने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ। कांग्रेसबाट सरकारमा सहभागी पाँच मन्त्रीले भने यसअघि नै सामूहिक राजीनामा तयार गरिसकेका छन्। तर मुख्यमन्त्रीकै आग्रहपछि त्यो प्रक्रिया केही समयका लागि स्थगित

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 117 पटक पढिएको
  • संसदीय समिति बैठक भने अनिश्चितकालका लागि स्थगित

    काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषय फेरि विवादको केन्द्रमा पुगेको छ। निजी मेडिकल कलेजलाई गैरनाफामूलक संस्थामा रूपान्तरण गर्ने कानुनी व्यवस्था कार्यान्वयनबारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अन्तिम समयमा आएर अनिश्चितकालका लागि स्थगित गरिएको छ। सोमबार बस्ने तय भएको बैठकमा स्वास्थ्यमन्त्री, शिक्षामन्त्री, सम्बन्धित मन्त्रालयका सचिव र चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई बोलाएर ऐन कार्यान्वयनको अवस्थाबारे छलफल गर्ने तयारी थियो। तर बैठक बस्नुअघि नै “विशेष कारण“ देखाउँदै स्थगित गरियो। समितिले न त स्थगित हुनुको कारण खुलायो,

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 179 पटक पढिएको
  • राष्ट्रपति पौडेल र विपक्षी नेता आङ्देम्बेबीच भेट, राजनीति र बाढी–पहिरोबारे गम्भीर छलफल

    काठमाडौं । मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र प्राकृतिक विपत्तिको चुनौतीबीच राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे बीच शीतल निवासमा महत्वपूर्ण भेटवार्ता भएको छ।सोमबार बिहान करिब एक घण्टा भएको भेटमा संसद्को वर्तमान अवस्था, राजनीतिक स्थिरता, कानुन निर्माणको गति तथा देशका विभिन्न क्षेत्रमा आएको बाढी–पहिरोबाट उत्पन्न संकटका विषयमा विस्तृत छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ।भेटका क्रममा आङ्देम्बेले बाढी–पहिरो प्रभावित क्षेत्रको अवस्था, उद्धार, राहत वितरण र पुनस्र्थापनामा देखिएका चुनौतीबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थि

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 125 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.