राजनीति

    Showing 2,341-2,350 of 6,738 items.
  • माओवादी केन्द्रप्रति देशभरि आकर्षण बढेको दाहालको दाबी

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति देशभरि आकर्षण बढिरहेको दाबी गरेका छन् । महोत्तरीको रामगोपालपुरमा विभिन्न दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरूलाई स्वागत गर्दै उनले पार्टीको ‘एजेण्डा’ र सरकारको कामका कारण यो आकर्षण बढेको दाबी गरेका हुन् । उनले माओवादी केन्द्रलाई पहिचान, सुशासन, सामाजिक न्याय, र समृद्धिका पक्षमा लड्ने पार्टीको रूपमा चित्रण गर्नुभयो। उहाँले जनयुद्धदेखि संविधान निर्माण, संघीयता, र समानुपातिक प्रतिनिधित्वजस्ता परिवर्तनका काम माओवादीकै एजेण्डा भएको बताए । कार्यक्रममा जसपाका श्यामबाबु य

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 314 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक बस्दै

    काठमाण्डौ । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन” सदनमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले “कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने तथा “विधायन सम्

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 487 पटक पढिएको
  • पार्टी सुदृढ गर्दै देशव्यापी भ्रष्टाचारविरुद्ध आन्दोलन गर्छौ : अध्यक्ष दाहाल

    काठमाडौं–पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी सुदृढीकरण गर्दै भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने बताएका छन् । सिरहामा भएको एक कार्यक्रममा बोल्दै उनले पार्टीलाई सशक्त बनाउन र भ्रष्टाचारको जरो उखेल्न जनतालाई साथमा लिएर आन्दोलन गर्ने सोचमा रहेको बताए । अध्यक्ष दाहालले मधेस प्रदेशस्तरीय परामर्श बैठकमा भाग लिने क्रममा मुलुकको मुख्य समस्या भ्रष्टाचार रहेको उल्लेख गर्दै अनुचित लेनदेन (मिटरब्याज) जस्ता बेथितिहरूविरुद्ध सङ्घर्ष थाल्ने संकल्प पुन: व्यक्त गरेका छन् । उनले गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक एजेण्डाप्

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 434 पटक पढिएको
  • संविधानको कार्यान्वयनमा जनताको सहयोग अपरिहार्य : दाहाल

    काठमाडौं–पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको सक्रिय निगरानी आवश्यक भएको बताएका छन् । सिरहामा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले संविधानको कार्यान्वयनमा जनताको सहयोग अपरिहार्य रहेकोतर्फ जोड दिएका हुन् । उनले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न ठूलो प्रयास गरेको उल्लेख गर्दै यसको पूर्ण कार्यान्वयनबाट जनताको स्थिति बदल्नुपर्ने बताए । विसं २०७० को निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रुपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिरहाका ज

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 486 पटक पढिएको
  • सत्तारुढ दलहरूबीच सरकारको कामलाई प्रभावकारी बनाउने सहमति

    काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बसेको छ‚ जसमा सरकार र संसद्को कामलाई थप प्रभावकारी‚ सन्तुलित र व्यवस्थित बनाउने सहमति भएको छ।बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सत्ता पक्ष कसरी एकीकृत रूपमा अघि बढ्ने भन्नेबारे छलफल भएको जानकारी दिए। साथै‚ कांग्रेस र एमालेबीचको सात बुँदे सहमतिका आधारमा न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको उनले बताए।एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संविधान संशोधनलाई भ्रमपूर्ण रूपमा प्रस्तुत गरेको विषयमा बैठकमा समीक्षा भएको जानकारी दिएका छन्।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओ

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 440 पटक पढिएको
  • संघीय संसदका दुवै सदनको बैठक आज

    काठमाडौं–संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेबाट प्रतिनिधि सभा र सवा १ बजे राष्ट्रिय सभा बैठक हुनेछ ।प्रतिनिधि सभामा मौखिक प्रश्न उत्तर, बैंकिङ कसूर विधेयकको प्रतिवेदन र सार्वजनिक सेवा प्रसारण विधेयकमाथि छलफल हुनेछ । राष्ट्रिय सभामा प्रधानमन्त्रीले महान्यायाधिवक्ताको प्रतिवेदन पेस गर्ने, समितिको प्रतिवेदन पेस गर्ने, र सभापति पदको निर्वाचन मिति तोक्ने कार्यसूची छन् । सूचना हेर्नुहोस् 

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 356 पटक पढिएको
  • बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक जारी

    काठमाडौं–प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली‚ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा‚ जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई‚ लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर‚ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरूको सहभागिता रहेको छ। 

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 396 पटक पढिएको
  • साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल गठन

    काठमाडौं–सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रकाशशरण महत छन् भने‚ एमालेबाट उपमहासचिव द्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्।कार्यदलले न्यूनतम साझा कार्यक्रमबारे अन्य सत्तारूढ दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास‚ बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा‚ गृहमन्त्री रमेश लेखक‚ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा‚ एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल‚ महासचिव शङ्कर पोखरेल सहभागी थिए । छलफलमा सरकारका कामकारबाह

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 428 पटक पढिएको
  • पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औं जन्मजयन्ती मनाइँदै

    काठमाडौं–नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १११औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमद्वारा मनाइँदैछ । विसं १९७१ भदौ २४ गते जन्मिएका कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए । कोइरालाले भारतमा निर्वासित जीवन बिताउँदै स्वतन्त्रता सङ्ग्राममा भाग लिएका थिए र २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे। उनले २००७ सालको क्रान्तिमा महत्वपूर्ण योगदान दिएर नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेका हुन । उनको प्रमुख योगदानमा बिर्ता उन्मूलन र भूमिसुधार कार्यक्रम समावेश छन्।साहित्यमा पनि कोइ

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 362 पटक पढिएको
  • राप्रपाद्वारा पार्टी प्रवेश अभियान सञ्चालनको घोषणा

    काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी असोजदेखि पार्टी प्रवेश अभियानलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०८१ साललाई ‘पार्टी प्रवेश वर्ष’ को रूपमा मनाउने निर्णय गर्दै, स्वदेश र प्रवासमा पार्टीप्रति देखिएको आकर्षणलाई संगठनमा रूपान्तरण गर्ने उद्देश्यका साथ अभियानको घोषणा गरेको हो । वडादेखि माथिल्लो तहसम्मका अधिवेशनका लागि तोरणबहादुर गुरुङको अध्यक्षतामा केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिएको छ । राप्रपाले चाबहिलमा आफ्नो भवन निर्माण गर्न दिनेश

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 499 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा