राजनीति

    Showing 2,051-2,060 of 7,513 items.
  • संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौंला

    काठमाडौं – नेकपा (एमाले) का सांसद महेश बर्तौंलाले संसदमा केही सांसदहरुले निजी प्रचारको लागि हावादारी कुरा गरेको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा जथाभावी र हावादारी क्रियाकलापहरु हुँदै आइरहेको बताएका हुन् ।उनले भने,‘यो संसद्मा निजी प्रचारको लागि कतिपय सांसदहरुले असाध्यै गलत कुराहरु व्यक्त गरिरहनुभएको छ, भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा यसप्रकारको जथाभावी र हावादारी क्रियाकलाप गरेर जहिल्यैपनि, हरेक दिन र हरेक बैठकमा गलत र दुषित समाचार सम्प्रेषणको स्रोत यो संसद् बनाउन खोजिँदैछ, यसतर्फ म सिंगो हाउसको गम्भ

    • प्रकाशित मितिः असार २५, २०८२
    • 247 पटक पढिएको
  • सांसद गौतमको संसदमा प्रष्टोक्ति : ‘मैले प्रधानमन्त्रीसँग गएका फर्किएनन् भनेको होइन’

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्पेनको कार्यक्रममा सहभागी भएर केही मानिस नफर्किएको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रमको बहानामा गएर नफर्किएका र उतै बसिरहेको बताएकी हुन् ।उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो । तर यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रममा बहानामा गएर फर्किएका छैनन् र उतै बसेका छन् । प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रम निकै

    • प्रकाशित मितिः असार २५, २०८२
    • 254 पटक पढिएको
  • आज पनि राप्रपा र रास्वपाले गर्यो संसद् बैठक बहिष्कार

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पनि संसद् बैठक बहिष्कार गरेका छन् ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आएको छ ।सो प्रकरणमा सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति बनाएको छ । तर, रास्वपाले त्यसलाई स्वीकार गरेको छैन ।त्यस्तै, रास्वपाले अन्य संघीय निजामती विधेयक पास गर्ने क्रममा भएको गडबडीबारे पनि छानबिन गर्न आग्रह गरिरहेको छ ।

    • प्रकाशित मितिः असार २५, २०८२
    • 133 पटक पढिएको
  • डीएस परियोजनाका लागि जापान सरकार द्वारा नेपाललाई करीब साढे ५३ करोड अनुदान

    काठमाडौं – मानव संसाधन विकास (जेडीएस) परियोजनाका लागि जापान सरकारले  नेपाललाई करीब साढे ५३ करोड रुपैयाँ अनुदान दिएको छ ।जेडीएस परियोजना कार्यान्वयन गर्न जापान सरकारले जापानी आर्थिक वर्ष २०२५ को लागि ५७ करोड २० लाख जापानी येन (लगभग ५३ करोड ७० लाख नेपाली रुपैयाँ) अनुदान सहायता प्रदान गरेको हो । जापानी मानव संसाधन विकास छात्रवृत्ति (जेडीएस) कार्यक्रम २०१५ देखि जापान सरकारद्वारा समर्थित एक शैक्षिक पहल हो र यसलाई चरणबद्ध रूपमा लागू गरिएको छ ।बुधबार अर्थमन्त्रालयमा आयोजित एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारको तर्फबाट नेपालका लागि जापानका राज

    • प्रकाशित मितिः असार २५, २०८२
    • 241 पटक पढिएको
  • उपत्यकाका विद्यालयहरूमा चर्को शुल्कवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको कडा आपत्ति

    काठमाडौं – उपत्यकाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ११ र १२ मा गरिएको बिना आधार चर्को शुल्कवृद्धिप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ । संगठनले यस्तो शुल्कवृद्धिलाई जनविरोधी र शैक्षिक व्यापारीकरणको संकेत भएको भन्दै तुरुन्त खारेज गर्न माग गरेको हो । संगठनका इन्चार्ज निरोज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै शिक्षाको सर्वसुलभ पहुँच सुनिश्चित गर्नुको सट्टा विना आधार शुल्कवृद्धि गरेर विद्यार्थीहरूलाई निजीकरणको चक्रमा धकेलिएको टिप्पणी गरेका छन् ।‘शिक्षाको सर्वसुलभ पहुच सुनिश्चित गर्नुको सट्टा यसर

    • प्रकाशित मितिः असार २५, २०८२
    • 341 पटक पढिएको
  • हरित अर्थतन्त्र सामाजिक न्याय र समावेशी विकाससँग जोडिनुपर्छ – मन्त्री अधिकारी

    काठमाडौं –  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हरित अर्थतन्त्रलाई केवल वातावरणमैत्री सोचमा सीमित नराखी, सामाजिक न्याय, समावेशी विकास र जैविक विविधताको संरक्षणमा आधारित समग्र नीतिको रुपमा लिनुपर्ने बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय हरित संवादः अर्थतन्त्र र नीति ढाँचा’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तन, जैविक स्रोतहरूको ह्रास, रसायनिक मल तथा विषादीको अवैज्ञानिक प्रयोगजस्ता समस्याले नेपालको कृषि प्रणाली र खाद्य सुरक्षामा गम्भीर असर पारिरहेको उल्लेख गरेका हुन् ।उनले भने, ‘हरित अर्थतन्त्र केवल वातावरणमैत्री सोच मात्रै नभइ सामाजिक न्याय, सम

    • प्रकाशित मितिः असार २५, २०८२
    • 165 पटक पढिएको
  • भूमि विधेयकमा कांग्रेस महामन्त्री शर्मा असन्तुष्ट, आजको कार्यसूचीबाट हटाउन माग

    काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले प्रतिनिधिसभाबाट अघि बढाउन लागेको भूमि सम्बन्धी विधेयकप्रति खुला असहमति जनाएका छन्। उनले विधेयक पर्याप्त गृहकार्य विना संसदमा पेश गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन्।शर्माले  भनेका छन्, "भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक आफैंमा फेरि संशोधन गरेर सहमति खोज्न जरुरी छ। पर्याप्त तयारी नगरी संसदमा सोझै पारित गर्न प्रस्तुत गरिएकोमा स्पष्ट असहमति जनाइन्छ।" उनले विधेयकप्रति सहमति जुटाउन सरकारलाई आग्रह गर्दै "लटरपटर नगरी" ठोस पहल गर्नुपर्ने बताएका छन्। साथसाथै उनले आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट समेत

    • प्रकाशित मितिः असार २५, २०८२
    • 229 पटक पढिएको
  • "निष्पक्ष पत्रकारितामाथि दबाब, सत्ताको असहिष्णुता?"

    काठमाडौं–नेपालमा निडर पत्रकारिताको आवाज दबाउन खोजिएको घटनाले फेरि एकपटक स्वतन्त्र प्रेसमाथिको हमला उजागर गरेको छ। चर्चित निडर पत्रकार दिवाकर शाह पछिल्लो समय HTP खबरमार्फत महोत्तरी जलेश्वरको पूर्वाधार विकास कार्यालयमा भएका अनियमितता र भ्रष्ट्राचार उजागर गर्दै आएका छन्। सत्य बोल्ने शाहमाथि हाल सशक्त दबाब सिर्जना गरिएको भन्दै चौतर्फी विरोध शुरू भएको छ।यसै सन्दर्भमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले खुला रुपमा शाहको पक्षमा उभिंदै भनेका छन्, "पत्रकार दिवाकर शाह तराईको आवाज हुन्, उनको आवाज दबाउनु भनेको जनताको आवाज दबाउनु हो। यो पूर्णतया अप्रजातान्त्रिक गतिविधि हो र म यसको घोर भर्त्सना गर्दछु।" शाहल

    • प्रकाशित मितिः असार २५, २०८२
    • 284 पटक पढिएको
  • स्थानीय प्रशासनसँग समन्वय गर्दै स्वयंसेवकहरूको सक्रिय भूमिकामा खटिन तरुण दलसँग अपील

    काठमाडौं – नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्राकृतिक विपत्तिबाट अझै ठूलो क्षति हुन नदिन स्थानीय प्रशासनसँग समन्वय गर्दै स्वयंसेवकहरूको सक्रिय भूमिकामार्फत उद्धार र राहत कार्यमा खटिन तरुणहरूसँग अपील गरेका छन् ।रसुवा जिल्लाको नेपाल–चीन सिमानास्थित लेन्देखोलामा आएको भीषण बाढीका कारण मितेरी पुल पूर्णरुपमा बगेको तथा जनधनको ठूलो क्षति भएकोमा स्तब्ध भएको अध्यक्ष गुरुङले जनाएका छन् । गुरुङले मंगलबार विज्ञप्ति जारी गरेर भने, ‘नेपाल तरुण दल केन्द्रीय समितिले प्राकृतिक विपत्तिको यस कठिन समयमा रसुवा र नुवाकोट जिल्लाका जनसमुदायलाई खोला किनारबाट सुरक्षित स्थानमा बस्न आग्रह गर्दै यस विपत्तिको घड

    • प्रकाशित मितिः असार २५, २०८२
    • 174 पटक पढिएको
  • पर्यटकको संख्या बढाउन अयोध्यालाई जनकपुरधामसंग जोड्न आवश्यक : मुख्यमन्त्री सिंह

    जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा थप पर्यटक भित्र्याउन अयोध्यालाई जनकपुरधामसंग जोड्न आवश्यक रहेको बताएका छन् ।जनकपुरधाममा आयोजित स्थानिय सरकार, मधेश प्रदेश सरकार, पर्यटन व्यवसायी र सरोकारवालाबीच पर्यटन प्रचार प्रसार तथा अन्तरक्रिया कार्यक्रमको मंगलबार समापन सत्रमा बोल्दै मुख्यमन्त्री सिंहले अयोध्याको राममन्दिरमा दर्शन गर्न अ ाउने श्रद्धालु र पर्यटकहरुमध्ये १० प्रतिसत पर्यटकलाईमात्र जनकपुरधाम ल्याउन सक्ने वातावरण निर्माण गर्न सकिए नेपालमा भित्रिने कुल पर्यटकको संख्या भन्दा बढि पर्यटक मधेश प्रदेशमा आउने बत

    • प्रकाशित मितिः असार २५, २०८२
    • 259 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा