रौतहट— नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) रौतहट जिल्ला कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा सदरमुकाम गौरमा वृहत् प्रदर्शन गरेको छ ।सरकारको कदमलाई ‘राजनीतिक प्रतिशोध’ र ‘गैरकानुनी’ ठहर गर्दै एमाले कार्यकर्ताहरूले गौर बजारमा नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनपश्चात् एमालेका नेता तथा कार्यकर्ताहरूको टोली जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाएका छन् ।एमालेले बुझाएको ज्ञापनपत्रमा २०८२ भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्व
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध आज पनि आन्दोलन जारी छ ।आइतबार एमालेका नेता तथा कार्यकर्ताहरु माइतीघरमा जम्मा भई सरकारविरुद्ध पदर्शन गरिरहेका छन् । उनीहरुले अध्यक्ष ओलीको रिहाइको माग गर्दै आन्दोलन गरेका हुन् ।माइतीघरमा जम्मा भएका एमालेका कार्यकर्ताहरुले सरकारी संरचना ध्वस्त बनाउन र जेनजीलाई उकासेको भन्दै नवनिर्वाचित गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको पनि निश्पक्षरुपमा छानविन गर्नुपर्ने बताए ।पदर्शनमा पुगेका एक कार्यकर्ताले भने, ‘यही हिसाबले यो सरकार अगाडि जान्छ भने एमाले मात्र होइन, नेपाली कांग्रेस पनि यो आन्दोलनमा सहभागी हुन्छ । कार्की आयोगको प्रतिवेदनमा जेन
जनकपुर— नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले विरोध पत्र बुझाएको छ ।आइतबार नेकपा एमाले धनुषाका पदाधिकारी सहित एमालेका नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाएको हो । विरोध पत्रमा कार्की आयोगको प्रतिवेदनको नाममा बाहाना बनाई नेपालको संविधानिक अभ्यासमा चोट पुग्ने हिसाबले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको उल्लेख रहेको छ । राजनीतिक प्रतिशोध, पूर्वाग्रह र शक्ति दुरुपयोगको आधारमा गरेको यस्तो क्रियाकलापले लोकतन्त्र, विधिको शासन र संविधानप्रतिको मौलिक हक अधिकारमा प्रश्न
बाजुरा— नेकपा एमाले जिल्ला कमिटी बाजुराले विरोध प्रर्दशन गरेको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउविरुद्ध एमाले बाजुराले विरोध प्रर्दशन गरेको हो ।शनिबार एमालेका जनसंगठनले विरोध गरेको थिए भने आज जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाइएको हो ।केन्द्रीय कमिटीको निर्णय अनुसार ओलीको रिहाईको माग गर्दै विरोध प्रर्दशनी गरिएको नेकपा एमाले जिल्ला कमिटी बाजुराका सचिव काँशी विकले बताए ।नवनियुक्त सरकारले सुरुमै प्रतिशोधका आधारमा पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई गैरकानुनी तवरले प्
रामेछाप— नेकपा एमाले रामेछापले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरन्यायिक रूपमा राजनीतिक प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरिएको भन्दै विरोध जनाएको छ ।एमाले जिल्ला कमिटी रामेछापको आयोजनामा आइतबार जिल्ल सदरमुकाम मन्थलीमा प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइएको छ । पार्टी कार्यालयबाट निस्किएको विरोध र्याली सरकार विरुद्ध नारा लगाउँदै जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेको थियो । र्यालीमा ओली र लेखकलाई तत्काल रिहा गर्न माग गरिएको थियो ।जिल्ला प्रशासन कार्यायलय पुगेर एमाले नेताहरूले प्रमुख
काठमाडौं— एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहाइको माग गर्दै एमालेले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।शनिबार पार्टी केन्द्रीय कार्यालयको बैठकले आज देशैभरी रिहाइका लागि ज्ञापनपत्र बुझाउने निर्णय भएको थियो ।सोही अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पनि ज्ञापन पत्र बुझाइएको छ ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्दे ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको हो।
द हेग— भूटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि लामो समयदेखि अभियान चलाइरहेको संस्था, भुटानका राजबन्दी रिहाइका लागि विश्व अभियान (जीसीआरपीपीबी)ले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ।संस्थाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको नियुक्तिलाई ऐतिहासिक उपलब्धि भन्दै उनलाई सुशासन, पारदर्शिता र रूपान्तरणकारी नेतृत्वको प्रतीकका रूपमा हेरिएको उल्लेख गरेको छ।जीसीआरपीपीबीका ग्लोबल कोअर्डिनेटर राम कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालका लागि यो महत्वपूर्ण घडी भएको उल्लेख गर्दै दशकौँदेखि नेपालमा रहेका भूटानी शरणार्थीहरूको मानवीय समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न प्रधान
चितवन— नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्ला कमिटीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति आपत्ति जनाउँदै उच्चस्तरीय छानबिन आयोग गठन र उनीहरूको तत्काल रिहाइको माग गरेको छ ।आइतबार चितवनस्थित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग दोहोर्याइएको छ ।पार्टीका अनुसार प्रारम्भमा शान्तिपूर्ण रूपमा सुरु भएको ‘जेनजी पुस्ता’को आन्दोलन पछि आपराधिक समूहले कब्जामा लिँदा विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी र तोडफोड भएको थियो ।एमाले चितवनले ती घटनाको छानबिनका लागि तत्कालीन सम
काठमाडौं— नवनिर्वाचित कानुन मन्त्री सोबिता गौतम लाई सर्वोच्च अदालतमा औपचारिक रूपमा स्वागत गरिएको छ। मन्त्री गौतमलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सपना मल्ल प्रधानले स्वागत गरेका हुन्।सर्वोच्च अदालतमा यो स्वागतले न्यायपालिका र कार्यपालिका बीचको सम्बन्धलाई सुदृढ गर्ने संकेतका रूपमा लिइएको छ। मन्त्री गौतमले आफ्नो कार्यकालमा कानुन र न्याय क्षेत्रमा सुधार र पारदर्शिता ल्याउने प्रतिबद्धता जनाएकी छन्।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा आज पुनः सुनुवाइ भइरहेको छ।महान्यायाधिवक्ता कार्यालयले सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गरेको निर्णयविरुद्ध दायर रिटमाथि बहस जारी रहेको हो।यसअघि ‘हेर्दाहेर्दै’ मा राखिएको उक्त विषयमा दुवै पक्षको बहस सम्पन्न भइसकेको छ। अदालत स्रोतका अनुसार अब थप सुनुवाइ आवश्यक नदेखिएकाले आजै निर्णय सार्वजनिक हुन सक्ने सम्भावना रहेको छ।मुद्दा न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमान सम्मिलित इजलासमा विचाराधीन छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.