राजनीति

    Showing 1,841-1,850 of 7,513 items.
  • कांग्रेसमा बढ्दो असन्तोषको संकेत देखिएपछि बागमतीका चार मन्त्रीको एकैदिन दिए राजीनामा

    हेटौँडा—  बागमती प्रदेश सरकारका चारजना कांग्रेस मन्त्रीले शुक्रबार एकैसाथ राजीनामा दिएका छन्। यो घटनालाई प्रदेश कांग्रेसभित्रको आन्तरिक असन्तोषको संकेतका रूपमा हेरिएको छ।राजीनामा दिने मन्त्रीहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन्। यी सबै मन्त्री नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका थिए।हाल बागमती प्रदेश सरकारमा कांग्रेसका ८ जना मन्त्री छन्, जसमा चारजनाले पदत्याग गरेपछि सत्ता समीकरणमा नयाँ तरंग आएको छ।स्रोतका अनुसार, य

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 604 पटक पढिएको
  • कृषिप्रधान देश कुर्सीप्रधान भयो : सांसद सिंह

    काठमाडौं – स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शुक्रबार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान संकटप्रति कडा आलोचना गर्दै सरकारको व्यवस्थापकीय कमजोरीप्रति प्रश्न उठाएका छन् । उनले यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भएको  भन्दै  सरकारको  कडा आलोचना गरेका हुन् । उनले भने, ‘यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भयो कुर्सीकै लागि यत्रो हानथाप हुँदा जलस्रोतको धनी देश आज सुख्खाको चपेटामा परेको छ ।’सिंहका अनुसार तराई–मधेस क्षेत्र सुख्खाग्रस्त भइरहँदा त्यही क्षेत्रमा अवस्थित चन्द्र नहर (मधेस) र बम नहर (रौतहट–बारा) जस्ता ठूला सिँचाइ आयोजनामा पानी नहुँनु सरकारको

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 267 पटक पढिएको
  • भिजिट भिसाबारे धेरै चिन्ता गर्नु पर्दैन : श्याम घिमिरे

    काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाबारे धेरै चिन्ता गर्नु नपर्ने बताएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसाबाट बाहिर गएर उतैको नागरिकता लिएका र घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसकेको टिप्पणी गरेका हुन् । उनले भने, ‘भिजिट भिसाबारे साथीहरूले दुई महिनादेखि धेरै चिन्ता गरिराख्नुभएको छ । त्यो गर्नुपर्दैन । हामीले एउटा अभ्यास गरिसक्या छौं । भिजिट भिसामा बाहिर जाने, त्यहीको नागरिकता लिने, त्यही घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने दुईचार वटा अरू काण्ड पनि मच्याउने, पार्टी खोल्ने त्यसपछि गृह, अन्यमन्त्री हुँदै उपप्रधानमन्त्र

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 348 पटक पढिएको
  • रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।  शुक्रबार सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । दुवै दलका सांसदहरूले आफ्नो कुरा राखेपछि दुवै पार्टीका सांसदहरू संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 346 पटक पढिएको
  • अनुदान रकम हिनामिना गर्न दुई जनालाई मृत घोषणा गर्ने मेयरका छोरा र कृषि शाखा प्रमुख पक्राउ

    दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा दुई लाख २० हजार रुपैयाँको सरकारी अनुदान हिनामिना गर्नका लागि आफ्नै समूहका सदस्यहरूलाई मृत घोषणा गरिएको खुलासा भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा शैल्यशिखर नगरपालिका–६ का ‘मालिकार्जुन कृषक अगुवा समूह’का अध्यक्ष तथा नगरप्रमुख विजय सिंह धामीका २८ वर्षीय छोरा जनकसिंह धामी र कृषि शाखाका प्रमुख दीपकराज विष्ट (२४) पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार अध्यक्ष धामीले आफ्नै समूहकी सचिव मञ्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको भन्दै नक्कली मृत्यु प्रमाणपत्र बनाएका थिए। आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले ओखर विकास कार्यक्रमअन्तर्

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 406 पटक पढिएको
  • देशभरका एक सय ६५ युवा सांसदले लिए शपथ

    काठमाडौँ- देशभरका १६५ युवा सांसदले शपथ लिएका छन् । राष्ट्रिय युवा सांसदको आयोजनामा यहाँ सम्पन्न राष्ट्रिय युवा सांसद शपथ ग्रहण समारोहमा बिहीबार देशका विभिन्न निर्वाचन क्षेत्रका प्रतिनिधित्व गर्ने युवा सांसदहरूलाई ग्लोबल एफ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।त्यस अवसरमा प्रमुख अतिथि कुलमान घिसिङले बत्तीको उज्यालोले मात्रै देश समृद्धि नहुने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा पूर्वाधार, कृषिलगायतका क्षेत्रमा पनि उज्यालो आवश्यक भएकामा जोड दिए ।नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले कुर्सीका लागि नभई राष्ट्र निर्माणका लागि सम्झौता गर्नुपर्नेमा ज

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 195 पटक पढिएको
  • भीम रावलको टिप्पणी: ओली र दाहालसँगको अँगालो रास्वपाका लागि घाटा भयो

    काठमाडौं – नेकपा एमालेका पूर्व नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले केपी शर्मा ओली र पुष्पकमल दाहालसँग गठबन्धन गरेर पद लिनु पार्टीकै लागि घाटाजनक भएको बताएका छन्।बुधबारको एउटा कार्यक्रमको  कुराकानीमा रावलले रास्वपाले "नो नट अगेन" भन्ने अभियान चलाएर पुराना नेताहरूलाई अस्वीकार गर्ने भनिए पनि अन्ततः तिनै नेतासँग हातेमालो गरेको बताए।"उहाँहरूले अङ्ग्रेजीमा ‘नो नट अगेन’ भन्नुभयो, अर्थात् यिनी पुराना नेताहरू थलिए, असफल भए, यिनीसँग हिँडिन्न भन्ने सन्देश दिनुभयो। तर अन्ततः तिनै केपी ओली र पुष्पकमल दाहालसँग अँगालो मारेर मन्त्रालय लिएर जानुभयो," रावलले भने।उनका अनुसार रास

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 424 पटक पढिएको
  • पूर्व राष्ट्रपति भण्डारीको नयाँ बाटो ? एमालेको निर्णयपछि आज पत्रकार सम्मेलन गर्दै

    काठमाडौं— पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दैछिन्। एमालेले उनको पार्टी सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि उनले आफ्नो धारणा सार्वजनिक गर्दैछिन्।गत असार १४ गते, मदन जयन्तीका दिन भण्डारीले राजनीतिमा फर्किने संकेत दिएकी थिइन्। तर त्यसको केही हप्तामै एमालेले उनीमाथि राजनीतिक प्रवेश गर्न रोक लगाउने निर्णय गर्‍यो। औपचारिक रूपमा पार्टीले उनलाई  निष्क्रिय बनाउने तयारी गरेपछि भण्डारी असन्तुष्ट बनेकी छन्।भण्डारी पक्षले यो निर्णयलाई अध्यक्ष केपी ओलीको चालका रूपमा हेरेको छ। उनी अब प्रतिकारको तयारीमा छिन्। कानुनी रूपमा पनि एमालेको न

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 456 पटक पढिएको
  • अख्तियारले दुई पूर्व मन्त्रीका मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान तीव्र

    काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा संलग्न दुई पूर्व मन्त्रीका मोबाइल फोन नियन्त्रणमा लिएको छ। पछिल्लो समय उच्च पदस्थ व्यक्तिहरूमाथि कडा निगरानी गर्दै आएको अख्तियारले पूर्व सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र पूर्व भूमि, व्यवस्था तथा सहकारी निवारणमन्त्री रञ्जिता श्रेष्ठका मोबाइल नियन्त्रणमा लिएको हो।गुप्तामाथि कास्कीको मालपोत कार्यालय प्रमुखको सरुवाका लागि ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीका अध्यक्ष नियुक्तिका लागि १० लाख रुपैयाँ घुस लिएको आरोप छ। कुल ७८ लाख रुपैयाँको "डिल" भएको आशंकामा अख्तियारले उनलाई बयानका लागि बोलाएको हो। अनुसन्धानका क्रममा गुप्ताको मोबाइ

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 398 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं - संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय  विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।उक्त विधेयक ‘आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम् प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नसँग सम्बन्धित’ छ ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 334 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा