काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर अन्त्य भएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद बोहोराको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो । सभामुखले विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको अनुपस्थितिको सूचना सुनाए । बैठकमा उनले संसद्को चालु अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहोराबारे जानकारी दिएका थिए ।सोमबारको मन्त्रिपरिषद् बैठकले स
काठमाडौं— काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवाना रकम तिर्न राजावादीले आठ लाख ३० हजार रुपैयाँ संकलन गरेका छन् । मंगलबार मध्याह्नसम्म आठ लाख ३० हजार रुपैयाँ संकलन भइसकेको अभियानमा संलग्न रमेशराज बास्तोलाले जानकारी दिए ।महानगरलाई तिर्नुपर्ने जरिवाना रकम संकलन भइसकेकाले अभियान रोकिसकेको बास्तोलाले बताए । महानगरले पत्र सच्चाएर दुर्गा प्रसाईं र नवराज सुवेदीको नाममा पत्र काटेमात्रै जरिवाना रकम तिर्ने बास्तोलाले जानकारी दिए ।राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले सोमबार एक विज्ञप्तिमार्फत महानगरले पूर्वराजा शाहलाई लगाएको
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराको ७६ वर्षको उमेरमा निधन भएको छ । स्थानीय ओम अस्पतालमा उपचारका क्रममा उनको आज निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित उनी विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट्दै छन् । आफ्नो सांसद पद निलम्बन फुकुवाको माग गर्दै लामिछानले सभामुखलाई भेट्न लागेका हुन् । “प्रतिनिधिसभा सदस्य पद् निलम्बनमा रहेकाले फुकुवाको माग गर्दै आज सभापतिज्यूले सभामुखलाई भेट्न लाग्नुभएको हो,” रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले भने, “सभामुखसँग निलम्बन फुकुवाको प्रक्रियाअगाडि बढाइदिन आग्रह गर्नुहुनेछ ।”लाछिानेसँगै सभामुखलाई भेट्न रास्वपाका अन्य सांसद् पनि जानेछन् । बिहान १० बजे सभामुखको कार्यालय सिंहदरबारमा भेट हुने कार्यक्रम रहेको उनले जानकारी दिए । सह
काठमाडौँ । सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन यही चैत १९ गते मङ्गलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।नेपालको संविधानबमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ । विधेयक अधिवेशनका रूपमा रहेको संसद्को चालु अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको थियो ।
काठमाडौँ । नेपाल सरकारले विभिन्न निकायसँग मौज्दात रहेका तथा निजी क्षेत्रबाट सहयोगस्वरुप प्राप्त मेडिकल उपकरणसहित औषधिलगायत राहत सामग्री म्यानमा सरकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले यही चैत १५ गते म्यानमामा गएको शक्तिशाली भूकम्पबाट जनधनको क्षति भएको सन्दर्भमा नेपाल सरकारकोतर्फबाट ती सहयोग सामग्री सहयोगस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।उक्त सामग्री नेपालबाट हवाइजहाजमार्फत म्यानमामा ढुवानी गर्दा लाग्ने रकम अर्थ मन्त्रालयबाट नेपाल वायुसेवा निगमका नाममा निकासा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानका
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् ।राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको जानकारी दिइन् ।प्रमाणीकरण भएका विधेयकहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक
काठमाडौँ । समाजवादी मोर्चा नेपालले गणतन्त्रको रक्षा र पूर्वराजा समर्थकको अराजक गतिविधि नियन्त्रणका लागि दबाब दिने उद्देश्यले सम्पूर्ण गणतन्त्र पक्षधर राजनीतिक दलसँग अन्तरक्रिया र परामर्श गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मुख्यालय पेरिसडाँडामा आज बसेको मोर्चाको बैठकले जनाधिकार रक्षाका लागि जनतालाई जागरुक गराउँदै देशव्यापीरूपमा परिचालित गर्ने निर्णय गरेको मोर्चामा आबद्ध नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्कर्माले जानकारी दिए ।बैठकले यही चैत १५ गते पूर्वराजा समर्थित समूहले गरेको तोडफोड र आगजनीको डिजाइन गर्ने, आयोजक र संलग्नलाई कडा कारबाही गर्न स
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई तिहाइको सरकारले ज्यूँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन्।सोमबार पार्टी कार्यालय बनस्थलीमा आयोजित केन्द्रीय समिति बैठकअघि समर्थक र पत्रकारहरुलाई एकमुष्ट सम्बोधन गर्दै उनले भनेका छन्, ‘म यत्ति भन्न चाहन्छु यिनीहरुको दुई तिहाइको सरकारले मलाई ज्यूँदै छोडेको छ यही नै मेरो जित हो । शरीरमा एक थोपा रगत हुँदासम्म लुटतन्त्रको विरोधमा उभिनेछु । जतिवटा मुद्दा लगाउनु छ लगाउ, ज्यान मार्नु छ मार ।’उनले करिब ५ महिना अगाडि सरकारले जबरजस्ती झुटा मुद्दा लगाएर आफूलाई पार्टी कार्यालयबाटै उठाएको स्मरण गर्दै भने, ‘एउटा जिल्लामा मुद्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयबारे प्रतिपक्ष दलहरुले गरिरहेको विरोधका कारण संसद्का महत्वपूर्ण काम अवरुद्ध भएको बताएका छन् ।प्रधानमन्त्री ओलीले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय रहेको तथा संसद्मा महत्वपूर्ण कानुनहरु पारित गर्नैैैपर्ने अवस्थामा कुनै एक कर्मचारीको विषयलाई मात्र लिएर संसद् अवरुद्ध गर्न नहुने स्पष्ट पारे ।प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदनमा छुट्टाछुट्टै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्मचारीलाई हटाउने वा राख्ने विषय उसको गुण र दोषका आ
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.