राजनीति

    Showing 1,681-1,690 of 10,298 items.
  • नयाँ वर्षमा सुशीला कार्कीको शुभकामना स्राष्ट्रिय हितका लागि मिलेर अघि बढौं

    काठमाडौं— निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना दिएकी छिन् ।मंगलबार सामाजिक सञ्जालमार्फत उनले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् भन्दै शुभकामना दिएकी हुन् ।राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नु पर्ने उनको भनाई छ ।उनले लेखेकी छिन्,‘नयाँ वर्ष २०८३ का अवसरमा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु । बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध ब

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 399 पटक पढिएको
  • कांग्रेसले जनविश्वास पुनः मजबुत बनाउन सक्छः कोइराला

    काठमाडौं— शेखर कोइराला ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादका बीच एकताबद्ध भएर अघि बढ्न सके पार्टीले पुनः जनविश्वास मजबुत बनाउन सक्ने बताएका छन् ।नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले पार्टीका मूल्य, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै एकता कायम गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे ।‘एकताबद्ध भएर अघि बढ्न सके कांग्रेसले पुनः जनविश्वासलाई अझ मजबुत बनाउन सक्छ, राष्ट्रिय मेलमिलाप, एकता र सहकार्यको मार्ग पनि यही हो,’ उनले भने ।कोइरालाले लोकतन्त्र स्थापनाका लागि कांग्रेसले गरेको लामो संघर्ष, त्याग र बलिदानको स्मरण गर्दै आज पनि पार्टी राष्ट्रिय राजनीतिको महत्वप

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 355 पटक पढिएको
  • संघीयतामाथि अझै चुनौती, सहकार्यबाटै समाधान खोज्न मुख्यमन्त्री कार्कीको सन्देश

    विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै संघीय शासन प्रणाली कार्यान्वयनमै अझै चुनौती रहेको बताएका छन् । केन्द्रीकृत मानसिकता कायम रहँदा प्रदेश संरचनाले अपेक्षित गति लिन नसकेको उनले जनाए ।मुख्यमन्त्री कार्कीले संविधान जारी भएको एक दशकपछि पनि व्यवहारमा संघीयता मजबुत बनाउन आवश्यक प्रयास अझै अपुग रहेको बताए । यस्तो अवस्थामा सहकार्य, समन्वय र सहअस्तित्वलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको धारणा छ ।उनले प्रदेश सरकारले छोटो अवधिमा गरेका कामहरू प्रभावकारी भए पनि लोकप्रियतावादी प्रवृत्तिका कारण ती कामहरू पर्याप्त रूपमा स्थापित हुन न

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 377 पटक पढिएको
  • प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

    काठमाडौं—  प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त छलफलमा चालु आर्थिक वर्ष २०८२/८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक क्षेत्रका विविध विषयमा कुराकानी भएको छ ।सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा प्राथमिकतामा राख्नुपर्ने योजनाहरू प्रस्तुत गर्नुका साथै आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न माग तथा सुझावहरू अघि सारेका थिए ।छलफलमा धादिङ–१ बाट निर्वाचित सांसद आशिका तामाङले सि

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 349 पटक पढिएको
  • नयाँ वर्षको शुभकामना दिँदै ओलीले भने, २०८२ साल अब इतिहास भयो

    काठमाडौं—  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले नव वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश दिएका छन् ।मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले अनुभव र युवाशक्तिको सहकार्यबाट समृद्ध नेपाल निर्माण गर्नुपर्नेमा जोड दिए ।उनले सन्देशमा वर्ष २०८२ अब इतिहास बनेको उल्लेख गर्दै सफलता वा विफलता, अवसर वा चुनौती तथा कमजोरी वा उपलब्धिबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने बताए ।उनले लेखेका छन्,‘सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि – २०८२ अब इतिहास भयो। इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ’पाको अनुभव’ र ’नवयुवा ऊर्जा’ बीचको ए

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 388 पटक पढिएको
  • स्वकीय सचिवको योग्यता निर्धारण गर्न सरकारलाई संसदको सिफारिस

    काठमाडौं— संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।सभामुख डोल प्रसाद अर्यालको सभापतित्वमा बसेको बैठकले उक्त विषयमा आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको हो।बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रुबी कुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष माननीय लिला कुमारी भण्डारी, संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव, राष्ट्रिय सभाका सचिव तथा संघीय संसद सचिवालयका सचिव

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 320 पटक पढिएको
  • दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबैले दलगत स्वार्थ र सीमाभन्दा माथि उठी सहकार्यका साथ अघि बढ्न आवश्यक रहेको धारणा राख्नुभएको छ । नयाँ वर्ष २०८३ को अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना व्यक्त गर्दै उहाँले शान्त, सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल बनाउन सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सभापति थापाले नेपाली जनताको लामो त्याग, सङ्घर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण र सुदृढीकरण गर्दै, भविष्यमा देखापर्ने राष्ट्रिय चुनौतीको सामना

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 263 पटक पढिएको
  • गृहमन्त्री गुरुङ र राजदूत माओमिङबीच शिष्टाचार भेट, नेपाल–चीन सम्बन्ध सुदृढ बनाउनेमा जोड

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङ बीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।गृह मन्त्रालयमा आज भएको उक्त भेटमा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।भेटका क्रममा गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने विषयमा सरकार सजग रहेको जानकारी दिए । साथै उनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको सुरक्षा गर्न सरकार सक्षम रहेको उल्लेख गरे ।त्यस्तै, नेपालमा भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका चिनियाँ नागरिकलाई निष्कासन गर्ने

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 544 पटक पढिएको
  • राजनीतिमा प्रतिशोध र निषेध नगर्न पूर्वराजा ज्ञानेन्द्रको आह्वान

    रौतहट— पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा भिडियो सन्देश जारी गरेका छन् । मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले निषेध र प्रतिशोधको राजनीति त्यागेर देशलाई केन्द्रमा राखी अघि बढ्न सबै पक्षलाई आह्वान गरेका हुन्।पूर्वराजा शाहले देशमा विद्यमान असन्तुष्टि र मागहरूलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।‘जनचाहनालाई मनन गर्दै संवैधानिक समाधान खोज्न अब विलम्ब गर्नु हुँदैन’, उनले भनेका छन्,‘परस्परको राग, द्वेष र प्रतिशोधले राष्ट्रलाई हित गर्दैन ।’विगतका वर्षहरूमा भएका राजनीतिक र शासकीय फेरबदलप्रति टिप्पणी गर्दै उनले

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 510 पटक पढिएको
  • परराष्ट्रमन्त्री खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फिर्ता

    काठमाडौं— परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन् ।२७ र २८ चैतमा मौरिससमा आयोजना भएको नवौं पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स) मा सहभागि हुन बिहीबार मौरिसस गएका मन्त्री खनाल सोमबार स्वदेश फर्किएका हुन् ।स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले सम्मेलनका क्रममा क्षेत्रीय सहकार्य पुनर्संरचना, समावेशी तथा नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीहरूको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्वित प्रयासमा जोड दिएको बताए ।उनले भूपरिवेष्टित मुलुकका रूपमा नेपालका विशिष्ट सरोकारहर

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 468 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.