राजनीति

    Showing 1,631-1,640 of 7,509 items.
  • 'भौतिक पूर्वाधारको अवस्था कमजोरका कारण क्षमताभन्दा बढि कैदीहरु राख्नुपर्ने बाध्यता छ’

    काठमाडौं – गृहमन्त्री रमेश लेखकले समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको बताएका छन् । बुधबार बसेको कानुन न्याय तथा मानव अधिकारी समितिको बैठकमा बोल्दै उनले धेरैजसो कारागारमा क्षमताभन्दा बढि कैदीहरु रहेको अवस्था रहेको बताउँदै कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढि लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमि भएको बताए । उनले भने,‘समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको छ । धेरैजसो कारागारमा क्षमताभन्दा बढि कैदीहरु रहेको अवस्था छ । कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढि लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमि

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 477 पटक पढिएको
  • लोसपा परित्याग गरेपछि झा सद्भावना पार्टीमा फर्किए

    काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजीनामा दिएका अनिलकुमार झाले नेपाल सद्भावना पार्टी ब्युँताएका छन्। लोसपाले वरिष्ठ नेताबाट दिएको राजीनामा स्वीकृत गरिसकेको छ।निष्क्रिय रहेको पार्टीलाई निरन्तरता दिन लागेको नेता झाले बताए। उनले भने, ‘नेपाल सद्भावना पार्टी लामो समयदेखि निष्क्रिय थियो। मैले लोसपा छाडेर यसको नेतृत्व गर्ने गरी ब्युँताएको हुँ। निर्वाचन आयोगले अद्यावधिक गरिसकेको छ।’उनले पार्टीको झण्डा र चुनाव चिह्न पुरानै हुने बताए। उनले भने, ‘पार्टी कमिटी कति बनाउने भन्नेबारे हामी छलफलमा छौँ। निर्वाचन आयोगले पनि अद्यावधिक गरेपछि हामीले बाँकी काम अगाडि बढाउँदैछौं। चुनाव चिह्न पाँच औँ

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 463 पटक पढिएको
  • प्रधानमन्त्री ओली आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँका अनुसार, प्रधानमन्त्री ओलीले आफ्नो हालै सम्पन्न विदेश भ्रमण, सरकारका ताजा उपलब्धिहरू तथा समसामयिक राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रहेर सम्बोधन गर्नेछन्।ओली हालै तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई साउन २३ गते स्वदेश फर्किएका थिए।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 357 पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कायम रहने निर्वाचन आयोगको निर्णय

    काठमाडौं — निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै कायम राख्ने निर्णय गरेको छ।मंगलबार बसेको आयोगको बैठकले पार्टी पदाधिकारी परिवर्तनसम्बन्धी केही विवरण प्राप्त भए पनि ती प्रक्रिया वैधानिक नदेखिएको निष्कर्ष निकाल्दै पुरानै अभिलेखलाई मान्यता दिने निर्णय गरेको हो।अध्यक्ष रञ्जिता श्रेष्ठ पछिल्ला केही समयदेखि विवादमा परेकी थिइन्। त्यसपछि पार्टीले राष्ट्रिय भेला गरी लालवीर चौधरीलाई नयाँ अध्यक्ष घोषणा गरेको थियो। तर आयोगले सो निर्णयलाई मान्यता नदिँदै श्रेष्ठकै अध्यक्षता कायमै रहने जनाएको हो।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 392 पटक पढिएको
  • आज संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दैँ

    काठमाडौं – संघीय संसद अन्तरगत आज पाँच वटा समितिको बैठक बस्ने भएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागिएको हो । आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ । यस्तै, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कैलाली काराग

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 327 पटक पढिएको
  • कृषि सामाग्री र साल्ट ट्रेडिङका कर्मचारीसँग प्रधानमन्त्रीले भने तपाइँहरुको संस्थाले गर्दा नेता र मन्त्रीले गालि खानुपर्यो

    काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका कर्मचारीलाई बोलाएर तपाइँहरुको संस्थाले गर्दा नेता र मन्त्रीले गालि खानु परेको बताएका छन् ।रासायनिक मल आपुर्तिको जिम्मा पाएका यी दुबै कम्पनीका कर्मचारी सहित कृषि मन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी लाई मंगलबार बोलाएर प्रधानमन्त्रीले मलको आपूर्ति व्यवस्था चुस्तदुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना तीन दिनभित्र ल्याउन’ निर्देशन दिएका हुन् ।सोहि क्रममा प्रधानमन्त्री ओलीले नागरिकको समस्यामा सरकार चुप लागेर बस्न नमिल्ने बताएका छन् । उनले भने,‘किसानले किन

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 473 पटक पढिएको
  • विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाईन निर्माणमा लाग्नुपर्छ : उर्जामन्त्री खड्का

    काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण  लाईन निर्माणमा लाग्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा मंगलबार साँझ आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले विद्युत उत्पादन हुने विभिन्न नदीको उत्पादन क्षमता हेरेर प्रसारण लाईन निर्माणमा लाग्नुपर्ने बताएका हुन् । ‘कुन करिडोरमा कति क्षमतामा विद्युत उत्पादन हुन्छ, त्यसको एकीन गरेर विद्युत प्रसारण लाईन निर्माण गर्नुपर्छ, जसले गर्दा एउटै जग्गा र वन अधिग्रहण गरे पुग्छ,’– उनले भने । उनले जलविद्युत उत्पादन गर्दैगर्दा वातावरणीय असरलाई पनि ख्या

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 343 पटक पढिएको
  • भारतलाई एक हजार मेगावाट बिजुली निर्यात, ८० अर्ब आम्दानी हुने प्रधानमन्त्री ओलीको दाबी

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट विद्युत् निर्यात गर्न लागेको घोषणा गरेका छन्।उनका अनुसार उक्त विद्युत् निर्यातबाट नेपालले करिब ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ। प्रधानमन्त्री ओलीले भने, “हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौं। यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ।”

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 467 पटक पढिएको
  • त्रुटि स्वीकार्दै खतिवडाले दिए राजीनामा, जिम्मेवार को?

    काठमाडौं – संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले रोस्ट्रमबाट राजीनामाको घोषणा गर्दै निष्ठाका आधारमा निर्णय लिएको दाबी गरे।खतिवडा निजामती सेवा विधेयकमा गरिएको विवादास्पद संशोधन — दुई वर्षे 'कुलिङ पिरियड' हटाउने निर्णय — का कारण आलोचनामा परेका थिए। सो विषयमा गठित संसदीय छानबिन समितिले उनलाई ‘नैतिक रूपमा जिम्मेवार’ ठहर गरेपछि उनले सभामुख देवराज घिमिरे र पार्टी प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेर राजीनामाको निर्णय लिएको जनाएका छन्।राजीनामा घोषणा गर्दै खतिवडाले विधेयकमा त्रुटि भएको दिनमै स

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 698 पटक पढिएको
  • आज प्रतिनिधि सभाको बैठक बस्दैँ

    काठमाडौं – संघीय संसद अन्तरगत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बुधबार दिनको १ बजे बस्न लागेको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर गरिने भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने आजको कार्यसूचीमा उल्लेख छ । यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 271 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा