राजनीति

    Showing 1,621-1,630 of 7,509 items.
  • गैरनाफामूलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, प्याब्सनद्धारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

    काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयकका केही विषयहरू निजी विद्यालयका लागि अस्वीकृत भएको भन्दै देशैभर आन्दोलन कार्यक्रम तय गरेको छ ।प्याब्सन केन्द्रीय कार्यालयमा साउन २७ गते बसेको संयुक्त बैठकले स्थानीय, जिल्ला र प्रदेशस्तरीय समितिहरू मार्फत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।प्याब्सनका अनुसार आगामी कार्यक्रमअनुसार साउन २९ गते बिहीबार पत्रकारहरूको उपस्थितिमा अध्यक्ष र पालिका शिक्षा शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाइनेछ ।त्यसपछि साउन ३० गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय कार्यालयमा ज्ञापन पत्र बुझाइ

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 264 पटक पढिएको
  • मधेश प्रदेश सरकारद्वारा २०८१/८२ मा अहिलेसम्मकै उच्च आन्तरिक राजश्व संकलन

    जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । यस अघिका वर्षहरुको तुलनामा यो हालसम्मकै उच्च राजश्व संकलन भएको देखिएको छ ।विगत वर्षहरूसँग तुलना गर्दा २०८१/८२ मा संकलित रकम सात वर्ष अघिको भन्दा दोब्बरभन्दा बढी भएको अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । महतोका अनुसार कर प्रशासन सुदृढीकरण, राजस्व चुहावट नियन्त्रण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि वृद्धिका कारण यो उल्लेखनीय प्रगति सम्भव भएको हो ।प्रदेश सरकारले आव ०७५/७६ मा २ अर्व ६६ करोड १५ लाख ३६ हजार , आव ०७६/७७ मा २ अर्व ७५ करोड ७२ ला

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 194 पटक पढिएको
  • महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमाथि छलफल

    काठमाडौं – संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बुधबारको बैठकमा महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनका प्रमुख बुँदाहरूमा विस्तृत छलफल गरिएको छ । बैठकमा महालेखापरीक्षक नायव चन्द्रकान्त भण्डारीले हाल लेखापरीक्षण गर्नुपर्ने सरकारी निकायको संख्या करिब ६ हजार रहेको जानकारी दिए ।उनका अनुसार, लेखापरीक्षणका लागि जोखिमको मूल्याङ्कन गरेर प्राथमिकता निर्धारण गरिन्छ । ‘हामीले लेखापरीक्षण गर्नुपर्ने निकायहरूको मूल्याङ्कनका लागि नौवटा मापदण्ड अपनाएका छौं,’ उनले भने, ‘त्यसमा बजेटको आकार, पुँजीगत तथा चालु खर्च, विगतका बेरुजुहरूको अवस्था, वित्तीय संरचना लगायतका सूचक समावेश छन् ।’भण्डारीका अनुस

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 394 पटक पढिएको
  • गल्ती नगरेको भए जस्तो सुकै छानबिन आयोग बनाएपनि फरक पर्दैन : सांसद सिहं

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले गल्ति नगरेको भए जस्तो सुकै छानबिन आयोग आएपनि डराउन नपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे बोल्दै कल्याण श्रेष्ठ वा  शुशिला कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गर्न माग गरे । उनले  बदमासि गर्नेले सजाय पाउने भन्दै उच्च स्तरको छानबिन समिति गठन गर्न आग्रह गरे ।‘भिजिट भिसाको काण्डले यो सदनमा मात्र होइन विदेशमा बसेका हाम्रा नेपालीहरुको शिर निहुराउने अवस्थामा पुगिसकेको छ । राप्रपाले भिजिटभिसाको विरोध गरेको होइन तर भिजिट भिसाका नाममा नेपालीसँग तल देखि माथिल्लो तह सम्मका मान्

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 363 पटक पढिएको
  • विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नुपर्छः ठाकुर गैरे

    काठमाडौं – नेकपा एमालेका सांसद ठाकुर गैरेले विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले कुटनीतिक पहललाई अझ प्रभावकारी बनाउनु पर्ने भन्दै उनलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नुपर्ने बताए ।उनले भने, ‘नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले गरि रहेको कुटनीतिक पहललाई अझ प्रभावकारी बनाएर आमा र छोरी इजरायल पुगेको यो बेलामा विपिनको यथार्थ पत्ता लाग्ने र उनलाई नेपाल स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नको लागि आज पुन सदन मार्फत सरकारको ध्यानाकर्षण ग

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 514 पटक पढिएको
  • रास्वपाको माग : थारू भाषा कोशी प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गरियोस्

    काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थारू भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा समावेश गर्न माग गरेको छ।बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका सांसद अशोक कुमार चौधरीले यो माग प्रस्तुत गरेका हुन्।उनले भने, "थारू भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषामा तत्काल समावेश गर्न प्रदेश सरकारसँग जोडदार माग गर्दछु।"

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 457 पटक पढिएको
  • रास्वपा र राप्रपाद्वारा आज पनि संसद बैठक बहिष्कार

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै आज पनि प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्।आजको बैठकमा रास्वपाका सांसद अशोक बहादुर चौधरी र राप्रपाका सांसद दीपक बहादुर सिंहले आफ्नो धारणा राखेपछि दुबै दलका सांसदहरू बैठकबाट बाहिरिएका थिए।सांसद चौधरीले भिजिट भिसा काण्डमा निष्पक्ष छानबिन सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे। उनले सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न ढिलाइ गरिरहेको भन्दै आपत्ति जनाए।उता, राप्रपाका सांसद सिंहले आफूहरूले भिजिट भिसाको विरोध नगरेको तर भिसाको नाममा भइरहेको अवैध

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 293 पटक पढिएको
  • भूमि विधेयकमाथिको छलफल फेरि स्थगित

    काठमाडौं— प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज (बुधबार) का लागि तय गरिएको भूमि सम्बन्धी ऐन संशोधन विधेयकको छलफल फेरि स्थगित भएको छ।बिहान १० बजेका लागि बोलाइएको बैठकमा विधेयकमाथि छलफल हुने भनिएको थियो। तर, समितिमा विधेयकको प्रतिवेदनमाथि अझै छलफल चलिरहेकाले बैठक स्थगित गरिएको समिति सचिव शिवदत्त बरालले जानकारी दिए।यसअघि मंगलबार (२७ साउन) को बैठक पनि स्थगित गरिएको थियो।विधेयकको मस्यौदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो। समितिका सदस्यहरूलाई मस्यौदा प्रतिलि

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 484 पटक पढिएको
  • राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन झडपपछि स्थगित

    काठमाडौं – राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन दुई पक्षबीच झडप भएपछि स्थगित गरिएको छ।कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा नै विवाद चर्किएको थियो। झडपलाई नियन्त्रणमा लिन नसकेपछि लिङदेनले अधिवेशन तत्कालका लागि स्थगित गरिएको घोषणा गरे।अध्यक्ष लिङदेनले आज भएको घटनाको छानबिन हुने स्पष्ट पार्दै दोषीमाथि आवश्यक कारबाही हुने बताएका छन्।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 492 पटक पढिएको
  • एकीकृत समाजवादीकी केन्द्रीय सदस्य उमा काफ्ले एमालेमा प्रवेश

    दाङ— नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य उमा काफ्ले नेकपा (एमाले) मा प्रवेश गरेकी छन् । दाङको लमहीमा सुरु भएको नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकमा काफ्लेलाई एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज पद्मा अर्यालले पार्टीमा प्रवेश गराएकी हुन् । रुपन्देहीकी महिला नेतृ काफ्ले सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख समेत हुन ।बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहितको नेतृत्वको सहभागिता रहेको छ ।प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता र केन्द्रीय सचिव तथा लुम्बिनी इञ्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा जारी बै

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 546 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा