काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताउँदै डिजिटल प्लेटफर्मले कामलाई सहजता र तिव्रता दिनकासाथै विश्वसँग जोडिने अवसरहरु प्रदान गरेको धारणा राखे । उनले भने,‘अब हामी
काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डिजिटल माध्यमको सचेत, जिम्मेवार र समुचित प्रयोग नै देशको डिजिटल भविष्यको आधार हुने बताएका छन्।नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक कार्यक्रमको उद्घाटन गर्दै देउवाले डिजिटल माध्यमले सेवा तथा सुविधालाई छिटो, पारदर्शी र प्रभावकारी बनाएको उल्लेख गरे।उनले भने, "आजको युग विज्ञान र प्रविधिको हो। हामी डिजिटल युगमा बाँचिरहेका छौं, जहाँ मोबाइल, इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालको प्रयोग दैनिक जीवनको अभिन्न अंग बनेको छ।"सभापति देउवाका अनुसार डिज
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यताको नवीकरण र अभिलेखीकरण प्रक्रिया छिटो टुंग्याउन मातहतका सबै समिति तथा इकाइहरूलाई निर्देशन दिएको छ।साउन मसान्तसम्म सदस्यता विवरणको सम्पूर्ण प्रक्रिया सम्पन्न गरी सम्बन्धित प्रदेश समिति हुँदै केन्द्रीय कार्यालयमा जानकारी दिनुपर्ने पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।पार्टी महासचिव रामकुमार शर्माले सबै जिल्ला समितिहरूलाई समयमै कार्य सम्पन्न गर्न आग्रह गर्दै भनेका छन्, “जिल्ला समितिले सदस्यता नवीकरणको कार्य समयमै नगरेमा प्रदेश अधिवेशनमा सहभागिता जनाउन समस्या पर्न सक्छ, जसको जिम्मेवारी सम्बन्धित सदस्य
काठमाडौं— तीन जिल्लामा बुधबारदेखि प्रमुख जिल्ला अधिकारीविहीन भएका छन् । प्रमुख जिल्ला अधिकारीविहीन हुनेमा भक्तपुर, ललितपुर र दाङ रहेका छन् । साउन २६ गतेको मन्त्रिपरिषद्ले ललितपुर प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई गृह मन्त्रालयभन्दा बाहिर सरुवा गरेको छ । सरुवा गरेको निर्णय साउन २८ गते बुधबार सार्वजनिक भएको हो ।पाण्डेलाई अर्थ मन्त्रालय र ढकाललाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई गृहमन्त्री रमेश लेखकले मन्त्रिस्तरीय निर्णयबाट बुधबार कैलालीको प्रमुख
जनकपुर – मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (भोली) जनकपुरधाम आउने भएका छन् ।मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली साउन ३० गते जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । करिब २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा बनेको सुविधासम्पन्न भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।सो भवन निर्माणको जिम्मेवारी शिवालय सुवेदी जेभीलाई २०८० असोज १० गते लिएको थियो भने सम्झौता अवधि २०८२ असार मसान्तसम्मको रहेको थियो ।मन्त्रालयअन्तर्गत सो भवनको निर्माण कार्य समयमै सम्पन्न भएको मन्त्र
काठमाडौं – संघीय संसद अन्तरगत आज चार वटा समितिको बैठक बस्ने भएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागिएको हो । आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ । बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ५३औं बैठकमा सौर्य एयरलाइन्स एन–एएमई, सीआरजे २०० वायुयान दुर्घटना जाँचबुझको अन्त
जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको ३ सदस्यीय प्रतिनिधिमण्डलले आज भेटघाट गरेका छन् ।भेटका क्रममा प्रतिनिधिमण्डलले भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्न तथा पानीको अभाव समाधानका उपायहरू सुझाव दिने योजना प्रस्तुत गरेको छन् ।टोलीले आगामी दिनमा मधेश प्रदेशका विभिन्न जिल्लाहरूको भ्रमण गरी भूगर्भीय पानीको अवस्था सम्बन्धी आवश्यक अनुसन्धान गर्नेछ ।भारतीय प्रतिनिधिमण्डलमा जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरू आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रसान्त राय सहभागी थिए ।मुख्यमन्त्री सिंहले प्रतिनिधिमण्डलको अनुसन्धान तथा सुझावले प
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा सहभागिता जनाउने क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङ र भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।प्रधानमन्त्री ओलीको यो सहभागिता ऐतिहासिक मानिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपालबाट एससीओ सम्मेलनमा यस्तो उच्चस्तरीय प्रतिनिधित्व यो पहिलोपटक हो। प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा क्षेत्रीय सहयोग, द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा साझा चासोका राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्धी विषयमा छलफल हुने बताइएको छ।सन् २००१ मा स्थापन भएको एससीओको मुख्य उद्देश्य क्षेत्रीय स्थिरता र आपसी सहकार्
काठमाडौं – संघीय संसद अन्तरगत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ । बिहीबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘मानव अधिकार रक्षकहरुको अवस्था, चुनौती र अधिकार संरक्षण सम्बन्धी कानूनको मस्यौदा विधेयक’ विषयक कार्यक्रममा उनले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको कारण २०६८ को ठाँउमा नयाँ ऐन ल्याएको बताए । उनले भने, ‘राष्ट्रिय मानव अधिकारमा नयाँ ऐन २०६८ को ठाँउमा नयाँ ऐन ल्याउने कुरा भईसकेपछि हामी त्यसमा अघि बढ्यौं । यो अहिले छलफल कै चरणमा छ । यो ऐन सदनमा पेश भएपछि, समिति पनि छ त्यहाँ पनि छलफल हुन्छ, त्यो बेला पनि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.