काठमाडौं— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रतिबद्धता सार्वजनिक गरिएको हो ।प्रतिबद्धता पत्रमा असंलग्न परराष्ट्र नीतिलाई कायम र सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट जोगाउनुपर्नेमा जोड दिइएको छ । एमसीसी, एसपीपी वा ‘बफर स्टेट’ जस्ता अवधारणासँग जोडिने कुनै पनि सन्धि, सम्झौता वा रणनीतिमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नजनाउने धारणा पार्टीले राखेको छ ।‘असंलग्न परराष्ट्र नीतिलाई कायम र सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट गर्ने पर्छ भन्ने मानेता छ । एमसिसी ए
काठमाडौं— एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ को आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व मानवअधिकार अवस्था गम्भीर संकटमा पुगेको चेतावनी दिएको छ ।‘विश्वको मानव अधिकार अवस्था’ शीर्षकको प्रतिवेदनमा शक्तिशाली राष्ट्र, निजी कम्पनी र अधिकारविरोधी आन्दोलनहरूले अन्तर्राष्ट्रिय कानुन, बहुपक्षीय प्रणाली र नागरिक समाजमाथि संगठित आक्रमण गरिरहेको उल्लेख गरिएको छ ।प्रतिवेदनमा विश्व अहिले नयाँ खतरनाक युगको मोडमा पुगेको दाबी गर्दै जातिवादी, पितृसत्तात्मक र असमानता बढाउने व्यवस्थाले विश्वव्यापी रूपमा मानवअधिकार कमजोर बनाइरहेको आरोप लगाइएको छ ।एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले वर्तमान अवस्थालाई
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ ।रास्वपाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको हो ।आइतबार बसेको सचिवालय बैठकले प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।
काठमाडौं— प्रधानमन्त्री आज बस्ने भएको छ ।प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए ।प्रधानमन्त्री बालेनले गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
काठमाडौं— प्रधानमन्त्री बालेन शाहले अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल शुरु गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको हो ।बैठकमा यी निकायले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावबारे समेत छलफल हुनेछ ।
काठमाडौं— राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ ।बैठक सिंहदरबारमा मध्यान्ह साढे १२ बजे बस्ने भएको हो ।बैठकमा नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुनेछ ।
काठमाडौं— नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङ सँग जोडिएको पछिल्लो प्रकरणमा स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गरेको छ।पार्टी प्रवक्ता देवराज चालीसेद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा गृहमन्त्रीमाथि उठेका प्रश्नहरूको तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको उल्लेख छ।कांग्रेसले पारदर्शिता र जवाफदेहिता लोकतन्त्रको आधारभूत स्तम्भ भएको स्मरण गराउँदै मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे सार्वजनिक रूपमा उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले प्राविधिक रुपले हारेपनि राजनीतिक रुपमा भने जितेको दाबी गरेका छन् ।सोमबार सांसदहरूसँगको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले एउटा चुनावले पार्टीको भविष्य निर्धारण गर्न नसक्ने बताए।उनले भने, ‘एउटा चुनावले पार्टीको भविष्य निर्धारण गर्न सक्दैन् । एउटा चुनावको हार जितले कुनैपनि पार्टी रहन्छकि रहदैन् भन्ने निर्धारण गर्न सक्दैन् । अहिले प्राविधिक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव नजिते पनि राजनीतिक रुपमा राप्रपाले यो पटकको चुनाव जिते
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन सक्नुपर्ने बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित राप्रपाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरुको सम्मान कार्यक्रममा बोल्दै उनले पार्टीभित्र फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन नसके तानाशाही प्रवृत्ति आउने सक्ने भएकाले फरक विचार भएकोलाई पनि सम्मान गर्नुपर्ने बताए ।उनले भने,‘पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन सक्नुपर्छ । यदी त्यो सकेनौं भने भोली ममा पनि तानाशाही प्रवृत्ति आउन सक्छ । यो एउटा सिकाइ हुँदै जान्छ । त्यो सिकाईले भोली अप्ठ्य
काठमाडौं— गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएको शेयरसम्बन्धी विवादबारे सामाजिक सञ्जाल फेसबुकमार्फत विस्तृत स्पष्टीकरण दिएका छन् । पछिल्ला दिनमा विभिन्न आरोप र चर्चा भइरहेका सन्दर्भमा उनले तथ्य र प्रमाणका आधारमा विषय बुझ्न आग्रह गरेका हुन् ।गुरुङले २५ लाखको शेयर लुकाइएको भन्ने आरोपलाई अस्वीकार गर्दै आफूले धितोपत्र बजारमा कारोबार हुने २ करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरिसकेको बताए । उनका अनुसार स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र समेटिएको हो, जुन लुकाइएको नभई वर्गीकरणको विषय मात्र भएको दाबी गरे ।उनले मन्त्री हुनुअघि शेयर किनिएक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.