राजनीति

    Showing 1,541-1,550 of 7,509 items.
  • गौर घटनामा सर्वोच्चको परमादेशविरुद्ध जसपाको सर्लाहीमा विरोध

    सर्लाही— गौर घटनाको छानबिनका नाममा सर्वोच्च अदालतले दिएको परमादेशलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जालझेलपूर्ण’ भन्दै सर्लाहीमा सोमबार विरोध प्रदर्शन गरेको छ ।विरोधमा सहभागीहरूले “मधेश जनविद्रोह हाम्रो पहिचान हो” “नस्लवादी सोच मुर्दावाद” जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । उनीहरूले मानवअधिकार संस्थाहरू—विशेषगरी इन्सेक—ले सार्वजनिक गरेको प्रतिवेदनलाई सर्वोच्चले बेवास्ता गरेको भन्दै मधेशी जनताको संघर्षप्रति अन्याय गरिएको आरोप लगाए ।विरोधसभामा जसपाका पूर्व राष्ट्रियसभा सदस्य रामपृत पासवानले गौर घटना केवल राजनीतिक झडप नभई मधेश आन्दोलनकै निर्णायक मोड भएको बताए । उनले सहिदहरूको बलिदानलाई

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 438 पटक पढिएको
  • सांसद भट्टराई भन्छन उपसभामुखलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन गरिएको होइन्

    काठमाडौं— नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन नगरिएको स्पष्ट पारेका छन् । मंगलबार संसदीय दलको कार्यालय बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले कांग्रेस र एमालेले एकैदिन सांसदको हस्ताक्षर लिनु सल्लाह नभएर संयोग भएको समेत जानकारी दिए । उनले भने, ‘कांग्रेस र हाम्रो सल्लाह भएर यो एकैदिन हस्ताक्षर भएको होईन् । संयोगले एकैदिन परेको मात्रै होला । हस्ताक्षर विभिन्न काममा प्रयोग हुन्छन् । कुनै काम विशेषलाई भनेर हस्ताक्षर लिइएको होईन् । यो कामको लागि भनेर किटानी गरेर हस्ताक्षर गरेको छैन् ।’त्यस्तै उनले नेपालमा मात्रै हो

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 564 पटक पढिएको
  • मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत :प्रधानमन्त्री ओली

    काठमाडौं—  प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताएका छन् । मंगलबार राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकले आवश्यक पाउनुपर्ने तर कानुनले गोप्य राख्नुपर्ने वा सरोकार नै नभएका विषयमा सूचना थुपार्नका लागि माग्ने अभ्यासको अर्थ आफूले नबुझेको टिप्पणी गरे  ।“हामीले लामो संघर्ष गरेर लोकतन्त्र ल्याएको हो । स्वतन्त्रता र सूचनाको हकका जस्ता हकका लागि म आफै जेलनेल लडेर आएको हो । संविधानमा हामीले जानी बुझीकन मौलिक हकहर

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 541 पटक पढिएको
  • बार एशोसिएसनको जग्गा दाबीप्रति जनकपुरधामका मेयर साहको आपत्ति

    जनकपुर – विगत केही दिनदेखि जनकपुरधाममा उत्पन्न पत्रकार र बार एशोसिएसनबीचको विवादप्रति जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले पत्रकारहरुको पक्षमा आपूm रहेको बताएका छन् ।नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गुठी संस्थानबाट लिजमा लिएको जग्गामाथि नेपाल बार एशोसिएसन जनकपुरले दाबी गर्दै अवरोध सिर्जना गरेको विषयमा  मेयर साहले कडा आपत्तिसमेत जनाएका छन् ।सोमबार (आज) पत्रकार महासंघको टोलीसँगको भेटघाट गर्दै मेयर साहले बार एसोसिएसनको दाबी ‘अनुचित र अन्यायपूर्ण’ भएको टिप्पणी गरे । पत्रकार महासंघले उक्त जग्गा सर्वसम्मत कानुनी प्रक्रिया पुरा गरी गुठी संस्थानसँग २० वर्षका लागि लिजमा लिएको जनाउँद

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 354 पटक पढिएको
  • राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत्र १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको आरोप लगाएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको बताउँदै भारतबाट गाडी चोरेर ल्याएर झापाको बिर्तामोडमा टुक्राएर बेचेको आरोप समेत लगाए । उनले भने,‘राप्रपाका राजेन्द्र लिङ्देनले मलाई बैंक ठग भन्थे ।  अब उनलाई भनिदिनु १५ गते जुन धोका दियौं, अब जीवनमा तिमीले धोका दिन सक्दैनौं । तिमीजस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेचेर

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 264 पटक पढिएको
  • डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आयो : मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘लिपेमा फुल्ने लालीगुराँस फुल’ को वृत्तचित्र प्रदर्शन, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा बोल्दै उनले डेढ वर्षमा तीन वटा सरकार फेरिएको भन्दै यसले गर्दा कुनै पनि योजनाहरु पूरा नभएको बताए । उनले भने, ‘नेपालमा पैसा नै उठ्दैँन् यति धेरै, राजस्व उठ्दैँन्, पैसा खर्च हुदैँन् । मन्त्री फेरि रहेका हुन्छन् । ७९ को चुनावपछि १३ महिना सरकार चलेको यो पहिलो पटक मात्र हो, चौथो पटकमा, एउटा सरकार ६२ दिनमा गयो, अर्को सरकार ६ महिनामा,

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 174 पटक पढिएको
  • १६ विद्यार्थी सङ्गठनले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरे

    काठमाडौं— सोह्र विद्यार्थी सङ्गठनले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । संयुक्त विद्यार्थी सङ्गठनका तर्फबाट आज प्रतिनिधिसभा, स्वास्थ्य शिक्षा तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले पटक–पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएर सरकारले विद्यार्थीका मुद्दा र विधेयकप्रति उपेक्षा गरेको आरोप लगाएका छन् । विद्यार्थी सङ्गठनले विद्यालय शिक्षक नियुक्ति प्रक्रियालाई समावेशी बनाउन तथा शत्प्रतिशत खुला प्रतिस्पर्धामार्फत शिक्षक नियुक्ति गर्न माग गरेका छन् । विद्यार्थी सङ्गठनको अनिवार्य सहभागितामा सर्वपक्षीय संवाद, व

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 551 पटक पढिएको
  • एमाले त्यागेर माओवादीमा प्रवेश, मालबहादुर बुढालाई प्रचण्डले गरे स्वागत

    डोल्पा— डोल्पाको काइके गाउँपालिका–३ निवासी मालबहादुर बुढा नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।बुढालाई माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीमा स्वागत गरेका छन्। पार्टी स्रोतका अनुसार बुढाले माओवादी केन्द्रको विचार, राजनीतिक कार्यक्रम र भूमिकाबाट प्रभावित भएर पार्टी परिवर्तन गरेको बताएका छन्।हालैको प्रवेशलाई स्थानीय राजनीतिक समीकरणमा महत्वपूर्ण रूपमा हेरिएको छ।

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 717 पटक पढिएको
  • दुर्गा प्रसाईले राजनीतिक दल गठन गर्ने

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् ।जेलबाट धरौटीमा रिहा भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रसाईले उनले अब राजनीतिक दल गठन गरेर अगाडी बढ्ने घोषणा गरेका हुन् ।उनले राष्ट्र र राष्ट्रियता निर्माणको अभियानमा अब दल गठन गरेर अगाडी बढ्ने बताए । उनले अभियान मात्र संचालन गरेर एउटा अध्याय सकिएको बताउदै अब नेपालको संबिधान अनुसार दल दर्ता गरेर अगाडी बढ्ने जानकारी गराएका हुन् । उनले अब उनले छिट्टै नयाँ दल दर्ता गर्ने र दलको नाम पनि केहि दिनमा टुंगाउने बताएका छन् ।प्रसाईले पत्रकार सम्मेलनमा राप्रपाले आफुलाई छुरा हानेको आरोप लगाउदै राजेन्द्र लिङदेनले आफुलाई बै

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 456 पटक पढिएको
  • विवेकशील साझाले पाँच सदस्यीय राजनीतिक संवाद समिति गठन गर्‍यो

    काठमाडौं— विवेकशील साझा पार्टीले उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा राजनीतिक संवाद समिति गठन गरेको छ। समान विचार भएका व्यक्तित्व, समूह, अभियान, संस्था र दलहरुसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता, एकीकरण र मोर्चाबन्दी गर्न पार्टी उपाध्यक्ष परियारको नेतृत्वमा राजनीतिक संवाद समिति गठन गरेको विवेकशील साझाले जनाएको हो।पाँच सदस्यीय संवाद समितिमा उपाध्यक्ष विमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान सदस्य रहेका छन्।पार्टीको केन्द्रीय समिति बैठकले मुलुकमा वैकल्पिक राजनीतिको उपादेयता अझ बढिरहेकाले समान विचार भएका दल, समूह र  अभियानकर्मीहरूको

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 548 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा