काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले लामिछानेलाई भैरहवा पुगेर भेट्न चाहेको भए पनि समय नमिलेको कारण त्यहाँ जान नपाएको बताए ।प्रचण्डले लामिछानेको काठमाडौंको बसाइ भैरहवा कारागारको भन्दा राम्रो रहेको टिप्पणी गरे । उनले लामिछानेसँग भएको कुराकानीमा पछिल्लो समय उनीमाथि गरिएको व्यवहार र विभेदका विषयमा लामिछानेले असन्तुष्टि व्यक्त गरेको जानकारी दिए ।‘मेरै जस्तो केसमा अरूले उन्मुक्ति पाउने, अझ गम्भीर मुद्दा भएकाहरू उम्कने तर मलाई मात्र
जनकपुर— मधेश प्रदेश सरकारले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा देखिएको लापरबाहीबारे दुई मेडिकल अधिकृत सहित चारजना स्वास्थ्यकर्मीहरूलाई स्पष्टीकरण माग गरेको छ ।मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशले अस्पतालका मेडिकल अधिकृतद्वय डा शिखा अधिकारी र डा सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिका कुमारी यादव र रन्जिता साहलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।सेवाग्राहीलाई उपचारमा समस्या भएको, सेवाप्रवाहमा लापरबाही भएको तथा स्वास्थ्यकर्मीहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको सूचनाको आधारमा स्पष्टीकर
रौतहट— रौतहटको यमुनामाई गाउँपालिकाको कार्यालय अगाडी जनप्रतिनिधि नै विभिन्न माग राखी धर्नामा बसेका छन् । गाउँपालिकाका वडाध्यक्षको नेतृत्वमा २१ जना निर्वाचित सदस्यहरु १३ सूत्रिय मागहरु राख्दै धर्नामा बसेका हुन । गाउँपालिकाको सरुअठा स्थित कार्यपालिकाको कार्यालय अगाडी वडा नम्वर २ का वडाध्यक्ष सीताराम यादवको नेतृत्वमा १ देखि ५ वडाका २१ जना सदस्यहरु बुधवार विहान १० बजे देखि धर्नामा बसेका छन । संघर्ष समितिका संयोजक समेत रहेका यादवका अनुसार गाउँपालिका अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाल समेतको मिलोमतोमा कानुन विपरित काम गरिरहेको पाइएकाले आन्दोलित हुनु परेको हो । प
काठमाडौं— हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएको छ । अध्यक्ष त्रिपाठीले लामो समयपछि गौर हत्याकाण्ड घटना ब्युँत्याएर प्रतिशोधको राजनीति गर्न खोजेको बताए । “घटना दुर्भाग्यपूर्ण हो । तर, यति लामो समयपछि सरकारले घटना ब्युँत्याएर के गर्न खोजेको हो ?” उनले भने । दुई ठूला दल मिलेर बनेको सरकार प्रतिशोध साँध्न मात्र केन्द्रित देखिएको उनको भनाइ छ । यसैबीच संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समितिको बैठक बुधबार (आज) बस्दै छ । काठमाडौंको थापागाँउस्थित जनता प्रगतिशीलको कार्यालयमा साँझ ५ बजे बैठक बस्ने त्रिपाठीले जानका
जनकपुर— जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवम नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा सरकारविरुद्व प्रदर्शन गरेका छन् ।मंगलबार जनकपुरधामको जनक चोकमा सडक अवरुद्ध गर्दै उनीहरुले ओली सरकार मुर्दावाद, झुठो मुद्या खारेज गर, गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु साहलाई कारवाही गर लगायतका नारा लगाएका छन् ।जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक एवम मधेश प्रदेश सभा सदस्य रामअशिष
काठमाडौं— प्रतिनिधि सभा अन्र्तगत आज पाँच वटा समितिको बैठक बस्ने भएको छ । बुधबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको पारित प्रतिवेदनमाथि थप छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । यस्तै, आज बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफल गरिने भएको छ । बैठक भने बिह
काठमाडौं— संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ । बुधबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूचीमा तय गरिएको छ । यस्तै, आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी, ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’
काठमाडौं । अर्थ समितिबाट वैकल्पिक विकास वित्त परिचालन बिधेयक पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकबाट वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पारित भएको सभापति सन्तोष चालिसेले जानकारी दिएका हुन् । अर्थमन्त्री विष्णु पौडेलको उपस्थिततिमा बसेको उक्त बैठकबाट सर्वसहमत रुपमा विधेयक पारित भएको हो ।
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकार शिक्षाको गुणस्तर सुधारका लागि गम्भिर रहेको बताएका छन् ।मंगलबार शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशद्वारा जनकपुरधाममा आयोजित एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने छात्र–छात्राहरुलाई साइकल वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले दिनानु दिन खस्किँदो शैक्षिक स्तर सुधारका लागि विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे । कमजोर नतिजाबीच पनि उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीलाई उनले बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरे । उनले विगतमा मधेश प्रदेशको शिक्षा स्तरले देशव्यापी
जनकपुर— विगत केही दिनदेखि जनकपुरधाममा उत्पन्न पत्रकार र बार एशोसिएसनबीचको विवादप्रति जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले पत्रकारहरुको पक्षमा आपूm रहेको बताएका छन् ।नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गुठी संस्थानबाट लिजमा लिएको जग्गामाथि नेपाल बार एशोसिएसन जनकपुरले दाबी गर्दै अवरोध सिर्जना गरेको विषयमा मेयर साहले कडा आपत्तिसमेत जनाएका छन् ।सोमबार (आज) पत्रकार महासंघको टोलीसँगको भेटघाट गर्दै मेयर साहले बार एसोसिएसनको दाबी ‘अनुचित र अन्यायपूर्ण’ भएको टिप्पणी गरे । पत्रकार महासंघले उक्त जग्गा सर्वसम्मत कानुनी प्रक्रिया पुरा गरी गुठी संस्थानसँग २० वर्षका लागि लिजमा लिएको जनाउँदै
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.