काठमाडौं – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये आधाभन्दा कम, १ हजार ६७० जनाले मात्रै बैंक खाता खोलेका छन्। निर्वाचन आयोगका अनुसार चुनावी खर्च पारदर्शी बनाउन अनिवार्य गरिएको व्यवस्था कार्यान्वयनमा कमजोर देखिएको हो।निर्वाचनमा भाग लिएका ६५ राजनीतिक दलमध्ये ११ दलले मात्र प्रचारप्रसारका लागि छुट्टै बैंक खाता सञ्चालन गरेका छन्। खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल
काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन्।७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३,११२ मतदान केन्द्र र समानुपातिक मत केन्द्र १४३ स्थानमा कर्मचारी परिचालन गरिनेछ। सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार ५०० भन्दा बढी मतदाता भएका केन्द्रमा नौ, र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइने व्यवस्था गरिएको छ।मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएकोपछि उनीहरूले अन्य कर्मचारीलाई मतदान प्रक्रियामा प्रशिक्षण दिने व्यवस्था पनि गरिएको छ। निर्वाचन सामग्री र मतपत्र बिहीबार देशभरका सबै
दमक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् ।शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’कार्यक्रममा अध्यक्ष ओलीले देशमा आई परेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताएका हुन् ।मुलुकको सार्वभौम संसदलाई ध्वंसको माध्यमबाट बललफ्ती विघटन गरिए पछि देश संकटतर्फ धकेलिएको उनको भनाइ छ ।उनले एमाले चुनावबाट न भाग्ने भएकाले देशैभरि पार्टी चुनावमा केन्द्रित भएको उल्लेख गर्दै ओलीले आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने र देशमा आई परेका समस्याहरूको समाधान निकाल्ने बताए ।ओलीले चुनावमा हुने कुनैपन
काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराइने बताएका छन्। दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको निरीक्षणका क्रममा उनले विगतका कमजोरी सच्याएर यसपटक धाँधलिरहित निर्वाचन गराइने प्रतिबद्धता जनाए। उनले सम्बद्ध अधिकारीलाई शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न निर्देशन दिए तथा सामाजिक सञ्जालमा फैलाइने भ्रामक सूचनाप्रति सचेत रहन आग्रह गरे।निरीक्षणमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित सुरक्षा निकायका उच्च अधिकारी सहभागी थिए। टोलीले निर्वाचन सुरक्षा तयारीबारे छलफल गर्दै संवेद
काठमाडौं – निर्वाचन आयोगमा हालसम्म ४३ वटा राजनीतिक दलले मात्रै आफ्नो चुनावी घोषणापत्र पेश गरेका छन्। आयोगको राजनीतिक शाखाका अनुसार तोकिएको समयभित्र यति मात्र दलले घोषणापत्र बुझाएका हुन्।आयोगले दलहरूलाई घोषणापत्र सार्वजनिक गरी आयोगमा दर्ता गरिसकेपछि मात्र चुनावी प्रचारप्रसारमा जान निर्देशन दिएको थियो। यस वर्ष फागुन ४ गतेदेखि प्रचारप्रसारको अवधि सुरु गरिएको छ।निर्वाचन आचारसंहितामा दल तथा उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। साथै, प्रत्येक वर्ष सो सम्बन्धी विवरणसमेत पेश गर्नुपर्ने उल्लेख छ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६१
झापा— झापा ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार बनेका लक्ष्मीप्रसाद संग्रौलाले चुनावी अभियानलाई तिब्रता दिएका छन् । उनले घरदैलो र समर्थकहरुसँगको भेटघाटलाई बढाएका हुन् ।संग्रौला सामाजिक अभियन्ता हुन्। झापालीहरूले उनलाई एक मानवीय संवेदना भएको व्यक्तिका रुपमा लिने गर्छन्। संग्रौला राजनीतिक उम्मेदवारका रूपमा मात्र होइन, गरिब निमुखाको उपचार र सहयोगमा अगाडि सर्ने समाजसेवीका रूपमा पनि चर्चा कमाएका छन्।अस्पतालको बिल तिरेर ज्यान जोगाइदिएका स्थानीय बासिन्दाका अनुसार, आर्थिक अभावका कारण उपचार रोकिएका बिरामीहरूलाई उनले व्यक्तिगत पहलमा अस्पताल पु¥याउने, औषधि किन्न सहयोग गर्ने र उपचार खर
काठमाडौं— कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं क्षेत्र नम्बर ३ मा चुनावी घरदैलो कार्यक्रम तीव्र बनाएको छ ।पार्टीका अध्यक्षसमेत रहेका काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार घिसिङको टोलीले शुक्रबार गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर २, ३ र ४ मा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका एजेन्डा प्रस्तुत गरेको हो ।घरदैलो कार्यक्रमका क्रममा पार्टीका सदस्य कुमारराज सुवेदीले काठमाडौं क्षेत्र नम्बर ३ का मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी गरे । उनले मतदाताहरू यसपटक नयाँ विकल्प रोज्न उत्साहित देखिएको बताए ।सुवेदीले घिसिङक
पोखरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज पोखरामा नेपाली कांग्रेसले आमसभाको आयोजना गरेको छ ।पोखराको अमरसिंहचौरमा हुने आमसभालाई पार्टीका सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नविन सिग्देलले जानकारी दिए । आमसभामा प्रदेशभित्रका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित नेता तथा कार्यकर्ता सहभागी हुने उनले बताए ।आमसभामार्फत बदलिएको कांग्रेसको स्पष्ट विचार, नीति, कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिइने प्रवक्ता सिग्देलले बताए । निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूले आफ्न
काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रको शुक्रबार स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा मन्त्री अर्यालले विगतमा भएका कमिकमजोरीलाई सच्याई यसपटको निर्वाचन स्वश्च, निश्पक्ष धाधलिरहित र निर्धक्कसाथ शान्तिपूर्वक गराउनेगरी वातावरण बनाउनसमेन निर्देशन दिए ।सो कार्यक्रमामा जिल्ला सबै सुराक्षा निकाय र केन्द्रको समेत उच्च तहको उपस्थितमा भएको कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूच
जनकपुर— नेपाली कांग्रेसका नेता एव् धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिमलेन्द्र निधिले आफ्ना चारवटा मुख्य कार्ययोजना सार्वजनिक गरेका छन् ।शुक्रबार जनकपुरधामस्थित नीजि निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता निधिले आफू निर्वाचित भएमा मुख्य चारवटा कामहरु गर्ने बताए ।उनले धनुषाका दक्षिण ग्रामीण भेगमा तीनवटा प्रसुती अस्पताल र तीन वटा बाल अस्पताल खोल्ने योजना बनाएको जानकारी दिए ।नेता निधिले धनुषाका दक्षिणी ग्रामीण भेगका सर्वसाधारणहरुलाई सदरमुकाम जनकपुरधाम आएर उपचार गराउने झन्झटलाई अन्त्य गर्नका निम्ति तीन वटा स्थानमा प्रसुती अस्पताल र तीन वटा बाल अस्पताल बनाउने योजना ल्या
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.