राजनीति

    Showing 1,421-1,430 of 10,298 items.
  • संसदलाई पङ्गु बनाउने र लोकतन्त्रको क्षयीकरण गर्ने प्रयास भइरहेको छ : सांसद सुवेदी

    काठमाडौं । नेकपा राष्ट्रिय सभाका सांसद झक्कुप्रसाद सुवेदीले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको भन्दै लोकतान्त्रिक मूल्य र संसदीय सर्वोच्चतामाथि खतरा उत्पन्न भएको टिप्पणी गरेका छन् ।राष्ट्रिय सभा (एक्काइसौँ अधिवेशन) को बैठकमा बोल्दै उनले सही बजेट र प्रभावकारी कार्यक्रम आए अधिवेशनले सार्थकता पाउने बताए । तर राष्ट्रपतिबाट संसद आह्वान भइसकेपछि बैठक प्रारम्भ हुनुअघि नै सरकारको सिफारिसमा संसद स्थगित गरेर अध्यादेश ल्याइनु गम्भीर विषय भएको उनको भनाइ थियो ।उनले भने, ‘सहि बजेट आओस्, सहि कार्यक्रम आओस् । त्यसले निश्चित रुपमा यो अधिवेशनलाई सार्थकता दिनेछ । तर राष्ट्रपति महोदयबाट संसद आह्वान गरिसकेपछि

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 113 पटक पढिएको
  • सांसद खरेलको स्पष्टिकरण : स्मार्ट टेलिकमको विषयमा एउटा मिटिङ समेत गरेको छैन्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले राजधानी दैनिक पत्रिकाले आफ्नो स्वीजरल्याण्ड भ्रमणको विषयमा भ्रमपूर्ण समाचार सम्पे्रषण गरेको भन्दै आपत्ति जनाएका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा अनुसन्धानको घेरामा पर्ने डरले पूर्वसञ्चार मन्त्री सुटुक्क विदेश भागे भनेर झुटो समाचार सम्प्रेषण भएको भन्दै आपत्ति जनाएका हुन् । यस समाचारले आफ्नो मान, प्रतिष्ठा, संसद र पार्टीप्रति पनि अपमान गरेको उनको ठहर छ ।उनले भने,‘राजधानी दैनिक पत्रिकाले पूर्वसञ्चारमन्त्री अनुसन्धानको घेरामा पर्ने डरले सुटुक्क विदेश भागे भनेर समाचार ले

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 141 पटक पढिएको
  • सरकारले संसद कमजोर बनाउन अध्यादेशको ओइरो लगायो : सांसद पन्त

    काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन् ।राष्ट्रिय सभाको २१औँ अधिवेशनको बैठकमा बोल्दै उनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश तथा गरिबविरोधी मानसिकताबाट प्रभावित भएको आरोप लगाइन् ।उनले फागुन २१ को निर्वाचनपछि सुरु भएको पहिलो बजेट अधिवेशनप्रति जनतामा ठूलो अपेक्षा रहेको उल्लेख गर्दै जनताले राजनीतिक स्थिरता र तीव्र आर्थिक विकासको चाहना व्यक्त गरेको बताइन् ।तर सरकारका प्रारम्भिक गतिविधि, प्राथमिकता निर्धारण र प्रस्तुत हुने शैलीले जनताको अपेक्षा विपरीत निराशा पैदा गरेको उनको भनाइ थियो ।उनले भनिन्, ‘फागुन २१ को निर्वाचनपछ

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 157 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक सुरु हुनसाथ विपक्षी दलहरूको अवरोध

    काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका छन् ।सोमबार बसेको बैठकमा सरकारले ल्याएका अध्यादेशको विरुद्धमा नेपाली कांग्रेस, नेकपा र एमाले र श्रमसंस्कृति पार्टी लगायतका सांसदहरु उठेर विरोध जनाएका हुन् ।विपक्षी दलहरूले उक्त अध्यादेशले शक्ति सन्तुलन र लोकतान्त्रिक अभ्यास कमजोर बनाउने निष्कर्ष निकालेका छन् ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 143 पटक पढिएको
  • काँग्रेसको प्रदेशस्तरीय भेला सभापति थापाद्वारा उद्घाटन

    सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कर्णाली प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका छन् । बिहान सुर्खेत आएका सभापति थापाले भेला उद्घाटन गरेका हुन्।भेलामा काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरु सुर्खेत आएका छन् । नेपाली काँग्रेसका निवर्तमान कार्यवहाक सभापति पूर्ण खड्काको गृह जिल्लामा हुन लागेको कार्यक्रमलाई चासोको साथ हेरिएको छ ।विशेष महाधिवेशनपछि काँग्रेसले पहिलो पटक प्रदेशस्तरीय भेला गर्न लागेको हो । दुई दिनसम्म चल्ने भेलामा नेपाली काँग्रेसका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, पार्टीका केन्द्रीय, प्रदेश र स्थानी

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 162 पटक पढिएको
  • सुर्खेतमा कांग्रेसको प्रदेशस्तरीय भेला, गगन थापाले उद्घाटन गर्दै

    सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन थापा पार्टीको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेका छन् । नियमित उडानबाट सुर्खेत आएका उनले केहीबेरपछि भेलाको उद्घाटन गर्नेछन् ।भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा धनगढीबाट गाडीमा सुर्खेत आउँदैछन् भने महामन्त्री प्रदिप पौडेल बिहानै सुर्खेत पुगिसकेका छन् ।थापालाई स्वागत गर्न कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री तथा संसदीय दलका नेता जीवनबहादुर शाही, नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, ऊर्जा तथा सिँचाईमन्त्री विजया बुढा, नेपाली काँग्रेसका कर्णालीबाट केन्द्रीय सदस्यहरु, पार्टीका प्रदेश समितिका पदाधिकारीहरु सुर

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 152 पटक पढिएको
  • तरुण दलको नेतृत्व चयनमा विधि र विधान उल्लघंन भए ‘समानन्तर समिति’ गठन गर्ने चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसले दुई भ्रातृ संस्थाको नयाँ नेतृत्व चयनको तयारी गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नयाँ नेतृत्व चयनका लागि आन्तरिक तयारी थालेको हो ।नेविसंघ र तरुण दलको अध्यक्षका रुपमा केही व्यक्तिको नाम सामाजिक संजालमा चर्चा भएपछि भने संगठनभित्र कलह पनि सुरु भएको नेताहरुले बताए । नेपाल तरुण दलमा भने विधानअनुसार तदर्थ समिति गठन गर्नुपर्ने आवाज बलियो बनेको छ ।गत वैशाख २१ गते सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यतालिकाभित्र महाधिवेशन गर्न नसकेका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेस

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 141 पटक पढिएको
  • राष्ट्रपतिले गर्ने दुबै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिले गर्ने संसदको दुबै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 142 पटक पढिएको
  • मन्त्रिपरिषद्को बैठक बस्दै

    काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।सोमबार सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अहिले बिहान १०ः३० बजे सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 151 पटक पढिएको
  • कर्णालीमा कांग्रेसको प्रदेशस्तरीय भेला

    सुर्खेत । नेपाली कांग्रेसले आज कर्णालीमा प्रदेशस्तरीय भेला गर्दैछ । विशेष महाधिवेशनपछि कांग्रेसले प्रतिनिधिसभा निर्वाचन समीक्षा सहित प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो ।भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेशस्तरीय भेलाको आयोजना गरिएको हो ।पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ । भेलामा कर्णाली प्रदेशबाट पार्

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 136 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.