राजनीति

    Showing 1,381-1,390 of 10,298 items.
  • सांसद ओली भन्छिन हामीले सदमा प्रधानमन्त्रीको अनुहार होइन, जवाफदेहिता खोजेका हौं

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नको लागि नभई जवाफदेहीताको खोजी भएको बताएकी छन् ।बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली नभई निरन्तर संवादको अभ्यास भएको भन्दै सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नको लागि नभई जवाफदेहीताको खोजी भएको धारणा राखिन् ।उनले भनिन्,‘लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली मात्र होइन् । यो निरन्तर संवादको अभ्यास हो । त्यसैले यो स्थानमा हामीले प्रधानमन्त्रीज्यूलाई बोलाउनु उहाँको उपस्थिति खोज्नु उहाँको केवल अनुहार हेर्नको लागि होइन् । उहाँबाट जवाफदेहीता खोजेका

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 492 पटक पढिएको
  • प्रतिनिधिसभा सचिव प्रकाश अधिकारीले लिए शपथ

    काठमाडौं— संघीय संसद्, प्रतिनिधिसभाको सचिव प्रकाश अधिकारीले शपथ लिएका छन् ।सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए ।विहीबार सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख डोलप्रसाद अर्यालले सचिव अधिकारीलाई शपथ गराएका हुन् ।अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् । यसअघिका सचिव हर्कराज राई मंगलबार पदमुक्त भएका थिए ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 451 पटक पढिएको
  • सङ्घीय मन्त्रालयको संख्या घटाएर १८ पु¥याउने सरकारको निर्णय (सूचीसहित)

    काठमाडौं— सरकारले सङ्घीय मन्त्रालयहरूको संख्या घटाएर १८ पु¥याउने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो ।सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ,ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय यथावत राखेको छ ।यसैगरी, पूर्वाधार विकास मन्त्रालय, भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका,

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 435 पटक पढिएको
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौं— राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः१५ बजे बस्ने भएको हो ।बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 459 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं— प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुने छ ।सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूची रहेको छ । नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री बालेन शाह नआएपछि प्रतिपक्षी सांसदहरूले बुधबार सदन अवरुद्ध गरेका थिए ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 449 पटक पढिएको
  • तिन वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— आज तिन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ९ः३० बजे प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ ।बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रम, समस्या, चुनौती तथा परिषद्का आगामी कार्यदिशाका सम्बन्धमा प्रस्तुतीकरण कार्यसूची रहेको छ ।यसैगरी, बिहान १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाही सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल हुनेछ ।यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपत्यकाभित्रका सुकुम्बासी व्यवस्थापन सम्बन्धीका साथै अन्य विविध विषयमा छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 429 पटक पढिएको
  • शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ ।त्यस अवसरमा मन्त्री खनालले प्रभावकारी कार्यसम्पादनमा जोड दिँदै समस्या समाधानमा सबैको सहयोग अपरिहार्य भएको बताउनुभयो । शीघ्र सेवा प्रवाह र समस्या समाधानमा तत्परताका साथ प्रस्तुत हुन उहाँले निर्देशन पनि दिनुभयो । त्यसनिम्ति आफ्नातर्फबाट सहयोग हुने प्रतिबद्धता मन्त्री खनालले व्यक्त गर्नुभएको उक्त मन्त्रालयले जनाएको छ ।बैठकमा आर्थिक वर्ष ०८२÷८३ को हालसम्मको कार्यसम्पादनको समीक्षा तथा मूल्याङ्कन भएका थियो । साथै, मन्त्रालयगत कार्यान्वयन प्रक्रियामा देखिएका अवरोध तथा चुनौती समा

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 241 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रम छलफल

    काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो ।सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 326 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक सुरु

    काठमाडौँ। पन्ध्र मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक करिब एक घण्टापछि सुरु भएको छ । बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदम्बेले आफ्ना धारणा राख्नुभएको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 268 पटक पढिएको
  • सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

    काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले व्यक्त गर्नुभएको असंसदीय शब्द रेकर्डबाट हटाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नेता थापाले मङ्गलबार व्यक्त गर्नुभएको धारणा असंसदीय रहेको भन्दै हटाउन माग गर्नुभएको थियो । सभामुख अर्यालले सङ्घीय संसद् नियमावलीअनुसार असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभयो । सांसद मनिष खनालले धारणा राखे लगत्तै एमालेका सांसद ऐन महरले विरोध जनाउनुभएको थियो ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 257 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.