काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ। पार्टी मुख्यालय पेरिसडाँडा कोटेश्वरमा बैठक बसेको हो।बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ।बैठकमा कात्तिक १७ गते रुपन्देही३ मा हुने उपनिर्वाचनको विषयमा पनि छलफल हुन सक्ने बताइएको छ।
काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन अनुसार नीति, नियम बनाएर कार्यान्वयनको बाटोमा मन्त्रालय अगाडि बढेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाजको १५ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले एक वर्षको कार्यकालभित्र धेरै कानूनहरु बनेको भन्दै त्यसलाई कार्यान्वयनको चरणमा अगाडि बढाएको बताए । उनले भने, ‘सहकारी क्षेत्रमा काम गर्ने जतिपनि यसका अभियान्ताहरु छौ, हाम्रो ऐनले के भनेको छ त्यो अनुसार काम गर्ने गरि नीति, नियम बनाउ र त्यसलाई कार्यान्वयन गर्ने तर्फ जाउ । हामी एक वर्षभित्र धेरै कानूनहरु बनाएका छौ, त्यसलाई का
काठमाडौं— उर्जा ,जल श्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले ठूला दुई दल मिलेर बनेको स्थिर सरकार भएको कारण आक्रमक ढंगबाट काम गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाजको ८औं वार्षिक साधारण सभा समारोमा बोल्दै उनले वर्तमान सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक रहेको बताउँदै त्यहि लक्ष्यकासाथ सरकार अगाडि बढेको बताए । उनले भने,‘ठूला दलहरु मिलेर बनेको स्थिर सरकार छ । यतिखेर हिजो नभएका कामहरु आक्रमक ढंगबाट हुन सक्नुपर्छ । हामी त्यहि लक्ष्यकासाथ काम गरिरहेको छौं । सरकार जनताले निर्माण गरेको हो,जनताकै सहयोग सरकारलाई चाहिन्छ । त्यो सहय
हेटौंडा— हेटौंडा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले मातहतका निकायहरूलाई आफ्नो विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न निर्देशन दिएका छन् । उनले एक निकायको काममा अर्कोले हस्तक्षेप गर्ने र आफ्नो विज्ञताभन्दा बाहिर गएर काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित ‘वार्षिक प्रगति समीक्षा तथा आगामी कार्ययोजना गोष्ठी’को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले भने,‘सडकको विज्ञता भएको निकाय हुँदाहुँदै त्यहाँ हस्तक्षेप गर्ने काम बन्द हुनुपर्छ। जसको जे विज्ञता हो, उसले त्यही काम गर्ने हो। अनु
काठमाडौं— दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरोधस्वरूप आज हस्ताक्षर गर्दै छन् । उनले बिहीबार दिउँसो १ बजे रास्वपाको पार्टी कार्यालय वनस्थलीमा गएर हस्ताक्षर अभियानमा सहभागी जनाउन लागेको हुन् । ्सभापति लामिछानेविरुद्ध सरकारले प्रतिशोध राखेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको हस्ताक्षर अभियान सुरु गरेको हो ।
काठमाडौं— नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसप्रति प्रतिबद्ध र योग्य सबैलाई बिनाभेदभाव पार्टीको क्रियाशील सदस्य र जनसम्पर्क सदस्यता नवीकरण तथा वितरण गर्न निर्देशन दिएको छ ।नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको विभागको बैठकले सो निर्णय गरेको हो ।बैठकमा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेलले केही देशहरुमा क्रियाशील र जनसम्पर्क सदस्यता वितरण न्यायोचित नभएको ग
काठमाडौं— नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा भोलि देखि आइतबारसम्म ललितपुरमा चल्ने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुने छ । त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनउपर छलफल हुने उनले जानकारी दिए ।
काठमाडौं— संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।सभामुखले नेपाल पशु चिकित्सा परिषद (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने छन् ।यस्तै,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ लाई दफावार छलफलका ला
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको बताएका छन् ।जनवादी गणतन्त्र चीनको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएपछि भ्रमणबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले यस्तो बताएका हुन्। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधामन्त्री ओली भदौ १४ मा त्यसतर्फ प्रस्थान गरेका थिए।सचिव राईले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति एवं उपराष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता तथा अन्य विभिन्न राष्ट्रका राष्ट्र र स
काठमाडौं— मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएका छन् । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल प्रहरीले १२७ जना पीडितरप्रभावितलाई विदेश र स्वदेशका विभिन्न स्थानवाट उद्धार गरेको छ ।दशवटा जिल्लामा रहेका पुनस्र्थापना केन्द्रहरूमार्फत ७५८ र सोही जिल्लाका विभिन्न संघसंस्थामार्फत दुई हजार ७३२ जना गरी जम्मा तीन हजार ४९० जना पीडितरप्रभावितको उद्धार र पुनःस्थापना गरिएको मन्त्रालयले सार्वजनिक गरेको ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय प्रतिवेदन २०८१’ मा उल्लेख छ ।यसैगरी, नेपाल–भारत सीमा नाकालगायत विभिन्न स्थानमा रहेका संघसंस्थाका सूचना केन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.