राजनीति

    Showing 1,341-1,350 of 9,451 items.
  • रास्वपाका गणेश पौडेलको उत्साहजनक अग्रता, दोस्रो स्थानमा भट्टराई

    रौतहट— रौतहट क्षेत्र नम्बर ४ अन्तर्गत गढीमाई नगरपालिका–९ को इनरवाटोलमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले स्पष्ट अग्रता लिएका छन् । ७७८ मत गणना हुँदासम्म पौडेलले भारी मतान्तरसहित आफ्नो अग्रता कायम राखेका हुन् ।भर्खरै प्राप्त मत परिणामअनुसार पौडेलले ४४३ मत प्राप्त गरेका छन् उनलाई पछ्याइरहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराईले १५२ मत प्राप्त गरेका छन्। रास्वपाका पौडेल र भट्टराईबीचको मतान्तर २९१ रहेको छ ।त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिना ९४ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका रामजी साहले मात्र २१ मत प्

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 417 पटक पढिएको
  • १३ स्थानमा मतगणना जारी, १० सिटमा रास्वपाको अग्रता

    काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार सम्पन्न निर्वाचनको मतगणना राति देखि नै सुरु भएको छ। हालसम्म १३ स्थानमा मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको निर्वाचन आयोगको आधिकारिक जानकारीले जनाएको छ । जसमध्ये १० स्थानमा रास्वपाले अग्रता कायम गरेको छ। २ स्थानमा नेकपा एमाले र एक स्थानमा उज्यालो नेपाल पार्टी अगाडि रहेको छ।काठमाडौं १ मा रास्वपाकी रञजु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं १० मा प्रदीप विष्टले अग्रता बनाएका छन्। भक्तपुर १ मा रुकेश रन्जित, बाँके १

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 398 पटक पढिएको
  • तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

    तनहुँ— तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुवाती अग्रता बनाएका छन्। दुई हजार ७६७ मत गणना भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले एक हजार ३५२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा एमालेकी भगवती न्यौपानेले ४१६ मत पाएकी हुन्। एक लाख २६ हजार ८८२ मतदाता रहेकोमा यो क्षेत्रमा ६८ हजार १२९ मत खसेको थियो। १६ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन्। तनहुँ–२ मा केहीबेरमा सर्वदलीय बैठक बसेर गणना गर्ने तयारी भइरहेको छ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 478 पटक पढिएको
  • दार्चुलामा रित्तो मतपेटिका बोकेर फर्किए कर्मचारी

    दार्चुला— दार्चुलाको एक मतदान केन्द्रमा मतदाता उपस्थित नभएपछि निर्वाचन कर्मचारी रित्तो मतपेटिका बोकेर फर्किन बाध्य भएका छन्। स्थानीय तहको उपनिर्वाचनअन्तर्गत उक्त मतदान केन्द्रमा मतदानका लागि सबै तयारी पूरा गरिए पनि दिनभरि एक जना पनि मतदाता मतदान गर्न नआएपछि कर्मचारीहरूले मतपेटिका रित्तै  फिर्ता ल्याएका हुन्।निर्वाचनका लागि खटिएका कर्मचारी बिहानैदेखि मतदान केन्द्रमा उपस्थित भई मतदान प्रक्रिया सञ्चालन गर्न तयार अवस्थामा बसेका थिए। तर दिनभरि मतदाता नआएपछि साँझ मतदान समय सकिएसँगै मतपेटिका सिल गरी कार्यालयमा फिर्ता गरिएको बताइएको छ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 419 पटक पढिएको
  • गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका विभिन्न मतदान स्थलको अनुगमन

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकाय प्रमुख एवं गृहमन्त्रालयका उच्च अधिकारीसहितको टोलीले काठमाडौं उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् ।मन्त्री अर्यालले प्रतनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरेलगत्तै सबै सुरक्षा निकायका प्रमुख सहित काठमाडौं र ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेका हुन् ।उनले मतदातासँग दोहोरो कुराकानी समेत गरेका छन् । हरेक बुथको निरीक्षणका क्रममा मतदाताले गृहमन्त्री अर्यालको प्रशंसा गर्दै बधाई दिएका थिए । केही मतदाताले अँगालो मारेर खुशी आदन–प्रदान गरे । मन्त्री अर्यालले पन

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 437 पटक पढिएको
  • सबैभन्दा रोचक झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

    झापा— ​प्रतिनिधिसभाको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेका छ ।निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका सङ्कलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने जानकारी दिए। उनले राति १२ बजेदेखि मतगणता सुरु हुने जानकारी दिए।जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ ।पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार चुनावी मैदानमा थिए

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 418 पटक पढिएको
  • देशभर शान्तिपूर्ण मतदान, केही स्थानमा सामान्य विवाद

    काठमाडौं— प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो ।दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद समेत भएको थियो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष० तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धामा छन् ।प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 418 पटक पढिएको
  • अर्काको नाममा मतदान गर्न खोज्ने एक युवक रौतहटबाट पक्राउ

    रौतहट—  रौतहटको राजपुर नगरपालिकामा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । राजपुर नगरपालिका-९, बैरियास्थित मतदान केन्द्रबाट १८ वर्षीय अरजे हयातलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।बैरिया अनाथालयस्थित मतदान केन्द्रमा हयातले स्थानीय महमद आसिकको नाममा मत खसाल्न खोजेपछि विवाद उत्पन्न भएको थियो । स्थिति तनावपूर्ण बनेपछि विवादलाई साम्य पार्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णुप्रदिप बस्यालले जानकारी दिए ।डिएसपी बस्यालका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 430 पटक पढिएको
  • दोलखाको मालु मतदान केन्द्रमा बुथ कब्जाको प्रयास भएपछि अर्को मितिमा मतदान हुने

    रामेछाप— दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रमा स्थगित भएको मतदान अर्को मितिमा हुने भएको छ ।बुथ कब्जाको प्रयास भएपछि रोकिएको मतदान अब अर्को मितिमा हुने भएको हो । स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्।कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाउँदा सो मतदान केन्द्रमा स्थित असामान्य बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो।बुथ कब्जा गर्नको लागि कांग्रेस र नेकपाका कार्यकर्ताले मतपत्रको ठेली बोकेर हिँडेका थिए । नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 401 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.