राजनीति

    Showing 1,241-1,250 of 10,298 items.
  • शुक्रबार राप्रपाको पार्टी स्थापना दिवस

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार पार्टी स्थापना दिवस मनाउने भएको छ।शुक्रबार (भोलि) चाबहिलस्थित पार्टी केन्द्रीय कार्यालयमा झन्डोत्तोलनसहित स्थापना दिवस मनाउने तय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।उनका अनुसार राप्रपा जेठ १५ गते ३६ वर्षमा प्रवेश गर्दै छ।उनले भने, ‘भोलि जेठ १५ गते हाम्रो गौरवशाली पार्टी राप्रपा ३६ वर्षमा प्रवेश गर्दै छ। पार्टी स्थापना दिवसको अवसरमा भोलि बिहान ९ बजे चाबहिलस्थित पार्टी केन्द्रीय कार्यालयमा झन्डोत्तोलन र शुभकामना आदानप्रदान कार्यक्रम हुनेछ।’कार्यक्रममा पार्टीका अग्रज नेता, पदाधिकारी, कार्यकर्ता तथा शुभेच्छुकहरूमा उपस्थिति हुन आग्रह गरेको बताए।

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 454 पटक पढिएको
  • ओली, लेखक र गुरुङलाई फौजदारी कारबाही गर्न सिफारिस

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले गत भदौको जेन–जी आन्दोलन दमन प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी ओली तत्कालीन गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्ब गुरुङविरुद्ध मानव अधिकार उल्लंघनसम्बन्धी फौजदारी कारबाही सिफारिस गरेको छ ।आयोगले नयाँ कानुन बनाएर उनीहरूलाई कारबाही गर्न सरकारलाई परामर्श दिएको हो । आयोगका अनुसार सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध, सुरक्षा संयन्त्रको असफलता र सेनाको परिचालनमा उदासीनताले मानव अधिकार हनन भएको निष्कर्ष निकालिएको छ ।आयोगले यस्तो कसुरमा तीन महिनासम्म कैद, तीन लाख रुपैयाँसम्म जरिवाना तथा पाँच वर्षसम्म निर्वाचन र राजनीतिक नियुक्तिमा रोक लगाउने कानुनी व्

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 500 पटक पढिएको
  • जेन-जी- आन्दोलन दमन प्रकरणमा ओली, लेखक र गुरुङ दोषी ठहर: कारबाहीको सिफारिस

    काठमाडौं—  राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लंघनको कसुरमा कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।गत वर्ष भएको 'जेन-जी (Zen-G) आन्दोलन'का क्रममा राज्य पक्षबाट अनावश्यक बल प्रयोग र मानव अधिकार उल्लंघन भएको निष्कर्ष निकाल्दै आयोगले यस्तो निर्णय गरेको हो ।

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 487 पटक पढिएको
  • लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छः पूर्व राष्ट्रपति यादव

    काठमाडौं— पूर्वराष्ट्रपति रामवरण यादवले लोकतन्त्र, गणतन्त्र र संघीय व्यवस्थालाई संस्थागत गर्दै देशलाई सही दिशामा अघि बढाउन सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताएका छन् ।बुधबार नेपाल प्रेस युनियनको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक संस्थाभित्र पनि पूर्ण लोकतान्त्रिक अभ्यास आवश्यक रहेको बताए । उनले भने, ‘लोकतन्त्रविना प्रेस जगत चल्दैन र प्रेसविना लोकतन्त्र चल्दैन । त्यसैले लोकतान्त्रिक संस्थालाई अझ मजबुत बनाउन आवश्यक छ ।’पूर्वराष्ट्रपति यादवले नेपालमा लामो संघर्षपछि लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गर्दै यसको रक्षा गर्नु अहिलेको मुख्य जिम्मेवारी भएको बताए । र

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 539 पटक पढिएको
  • प्रमुख प्रतिपक्षको विरोधपछि प्रदेशसभाको बैठक अवरुद्ध

    काठमाडौं— कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधका कारण आज पनि अवरुद्ध भएको छ।सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन गर्दै जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूलाई बोल्ने समय दिएका थिए। तर उनी हुनासाथ प्रमुख प्रतिपक्ष दल विरोधमा उत्रियो। सोही क्रममा प्रमुख प्रतिपक्ष दल नेकपाका सांसद राजेन्द्र राई ड्यासतर्फ प्रवेश गर्न लागेपछि उनलाई मर्यादापालकहरूले रोकेका थिए।यसरी परिस्थिति प्रतिकूल बनेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगन गरेका थिए। उक्त स्थगित बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन। सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असहमति जनाउँदै हिजोदेखि नै प्रमु

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 467 पटक पढिएको
  • स्थानीय तह हाम्रो पहिचान हो : अग्नी सापकोटा

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले स्थानीय तहलाई जनताको पहिचान, सेवा र रूपान्तरणको मुख्य आधार भएको बताएका छन् ।जनप्रतिनिधिहरुको प्रशिक्षण भेलामा जनप्रतिनिधिहरू सांसद वा शासक नभई जनताका सेवक र समाज रूपान्तरणका संवाहक भएको उल्लेख गर्दै उनले त्यसलाई व्यवहारबाट प्रमाणित गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘स्थानीय तह हाम्रो पहिचान हो । दलाल पुर्जीवादी, एकाधिकार बादी, संस्कृतिका विरुद्ध वैचारिक लडाइको मोर्चा हो । हाम्रो जनप्रतिनिधि सासम होइनन् जनताका सेवाक हुन् र रूपान्तरणका संम्वाद हुन् भन्ने तथ्य छ । हामीले व्यवहारीत बाटै प्रमाणित गर्नु पर्दछ ।’सापकोटाले बाँकी कार्यकाल

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 211 पटक पढिएको
  • संसदमा प्रधानमन्त्री आउनुपर्छ, नभए मलाई निकाल्नुपर्छः हर्क साम्पाङ

    काठमाडौं— श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको उपस्थितीको माग गर्दै प्रतिनिधिसभामा आफूलाई निष्कासन गर्नसमेत सभामुखसँग आग्रह गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले लामो समयदेखि प्रधानमन्त्रीको उपस्थिती माग गरिँदै आएको उल्लेख गरे । उनले नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग माग गरे ।साम्पाङले सभामुखले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसके नियमावलीको ३१ को १ प्रयोग गरेर आफूलाई बैठकबाट निष्कासन गर्न आदेश दिन आग्रह गरे ।उनले भने, ‘धेरै दिनदेखि हामीले प्रधानमन्त्री ज्युको उपस्थिती माग गर्दै आइरहेका छौं । निय

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 474 पटक पढिएको
  • यी हुन कर्णाली प्रदेश मन्त्री परिषद् बैठकका निर्णय

    सुर्खेत— कर्णाली प्रदेश सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छ निर्णयहरु गरेको छ ।कर्णाली प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन (चौथों संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।मन्त्रि परिषद्ले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कामकाजमा खटाउने र योगदानमा आधारित निवृतिभरण कोषस्थापना तथा सञ्चालन सम्बन्धी विधेयक तर्जुमाको अवधारणापत्र उपर सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।त्यस्तै कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक तर्जुमा सम्बन्धी अवधा

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 403 पटक पढिएको
  • लामो अनुभव भएका कर्मचारीबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत रचनात्मक सुझावको अपेक्षा छः मन्त्री श्रेष्ठ

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले लामो अनुभव, क्षमता र सीप भएका कर्मचारीहरूबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत आफूले रचनात्मक सुझावको अपेक्षा गरेको बताएका छन् । विद्युत विकास विभाग र विद्युत नियमन आयोगका कर्मचारीसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।उनले ऊर्जा तथा जलस्रोत क्षेत्रको दीर्घकालीन विकासका लागि मन्त्रालयले अघि बढाएको जलस्रोत, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकबारे कर्मचारीहरूबाट पनि सुझाव दिन आग्रह गरे ।उनले उत्पादित विद्युत खेर जान नदिन र जनताको लगानी सुरक्षित गर्न सरकारले आगामी आर्थिक वर्षभित्र नेपाल विद्युत प्र

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 510 पटक पढिएको
  • राष्ट्रियसभा बैठक बस्दै

    काठमाडौं— राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दै छ । बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।बैठकमा मन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको हो ।

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 417 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.