राजनीति

    Showing 91-100 of 10,271 items.
  • सरकारमाथि कांग्रेसको आक्रोश ’झोले हटाउँछु’ भन्दै आफ्नै झोले भर्ती!

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकारले सुशासनको नारामात्रै दिएको तर व्यवहारमा राजनीतिक भागबण्डा र कार्यकर्ता भर्तीलाई निरन्तरता दिएको आरोप लगाएको छ। सरकारले विगतका राजनीतिक नियुक्ति खारेज गरे पनि अहिले फेरि आफ्नै दलनिकट व्यक्तिहरूलाई नियुक्त गरेर दोहोरो मापदण्ड अपनाएको कांग्रेसको दाबी छ।बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालीसेले सरकारले ल्याएको सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेशको उद्देश्य नै निष्पक्षता कायम गर्नु भए पनि व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको बताए।चालीसेले “झोले हटाउने नाममा फेरि झोले नै

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 146 पटक पढिएको
  • मन्त्रिपरिषद्का निर्णयः शिक्षा नियुक्तिदेखि सुनसरी–सिराहा घटनाका पीडितलाई राहतसम्म

    काठमाडौं । सरकारले शिक्षा, लगानी, कानुन सुधार र सार्वजनिक संस्थाको पुनर्संरचनासहित विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय अनुदान आयोगमा नयाँ नेतृत्व नियुक्त गर्नुका साथै सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका तथा घाइते भएका व्यक्तिका परिवारलाई राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको हो।सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले प्राध्यापक डा. खड्गबहादुर केसीलाई विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष र प्राध्यापक डा. रोजी श्रेष्ठलाई आयोगको सचिव नियुक्त गर्ने निर्णय गरेको छ। त्यसैगरी याङ्की उक्याबलाई लगानी बोर्डको

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 137 पटक पढिएको
  • लुम्बिनीमा कांग्रेसले समर्थन फिर्ता लिएपछि आचार्यको विश्वासको मत यात्रा सुरु

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साउनको अन्तिम साता प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। सरकारको आन्तरिक तयारीअनुसार साउन २५ देखि ३० गतेभित्र प्रदेश सभा बैठक बोलाएर विश्वासको मत लिने योजना अघि बढाइएको हो।प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरका अनुसार सरकारसँग बैठक बोलाउने विषयमा छलफल भइरहेको छ। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ।विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनबीच सहमति भएको छ। अहिले नयाँ सत्ता समीकरणअनुसार एमालेले सरकारको

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 124 पटक पढिएको
  • ‘कृषिलाई आत्मनिर्भरताको बाटोमा लैजान’ राष्ट्रिय कृषि नीति–२०८३ लागू

    काठमाडौं । सरकारले कृषि क्षेत्रको दीर्घकालीन सुधार र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित राष्ट्रिय कृषि नीति–२०८३ सार्वजनिक गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले जारी गरेको नीतिले परम्परागत खेती प्रणालीलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै खाद्य सुरक्षा, कृषकको आम्दानी वृद्धि र कृषि निर्यात विस्तारलाई केन्द्रमा राखेको छ।सरकारका अनुसार नयाँ नीति संघीय शासन प्रणालीअनुसार तयार गरिएको हो। यसमा खाद्य आत्मनिर्भरता, आयात प्रतिस्थापन, उत्पादन वृद्धि, कृषि व्यवसायीकरण तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली कृषि उत्पादनको पहुँच विस्तारलाई प्रमुख प्राथमिकतामा राखिएको छ।कृषि, वन तथा पर्

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 156 पटक पढिएको
  • एमालेभित्रै असन्तुष्टि विस्फोट, ‘नेतृत्व नसुध्रिए सदस्यता नवीकरण हुँदैन’

    बुटवल । नेकपा एमाले भित्र नेतृत्व शैली र संगठन सञ्चालनको विषयमा असन्तुष्टि खुलेर सतहमा आएको छ। रूपन्देहीका नेता–कार्यकर्ताले पार्टीको नेतृत्व र कार्यशैलीमा आमूल सुधार नगरे सदस्यता नवीकरण अभियान नै प्रभावित हुने चेतावनी दिएका छन्।‘मिसन पार्टी जागरण’ अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित विस्तारित बैठकमा स्थानीय तहका प्रतिनिधिहरूले केन्द्रदेखि वडा तहसम्म संगठन पुनर्गठनको माग गरेका हुन्। उनीहरूका अनुसार अहिलेको संरचनाबाट कार्यकर्तामा उत्साह जगाउन नसकिने अवस्था बनेको छ।बैठकमा बोल्ने अधिकांश नेता–कार्यकर्ताले निर्वाचनको हारको जिम्मेवारी तल्लो तहका कार्यकर्तामाथि थोपरेर शीर्ष नेतृत्व उम्किन

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 98 पटक पढिएको
  • सरकार–राष्ट्र बैंक–निजी क्षेत्र एक ठाउँमा उभिए आर्थिक फड्को सम्भव : अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई पुरानै शैलीमा चलाएर अब अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताएका छन्। उनले सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्रबीच बलियो नीतिगत समन्वय र विश्वास कायम भए मात्रै आर्थिक रुपान्तरण सम्भव हुने स्पष्ट पारे।सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले कर छुट वा सहुलियतभन्दा बढी स्थिर नीति, छिटो निर्णय र प्रभावकारी कार्यान्वयन खोजिरहेको बताए। उनका अनुसार लगानीको वातावरण बनाउन नीतिगत स्पष्टता सबैभन्दा ठूलो आधार हो।वाग्लेले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हु

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 57 पटक पढिएको
  • राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक बुधबार अपरान्ह १२ः३० बजे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विविध विषयमा छलफल गर्न हुने छ । 

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 109 पटक पढिएको
  • धार्मिक सद्भाव जोगाउन गृहको पहल

     काठमाडौं । सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनापछि देशका विभिन्न स्थानमा धार्मिक सद्भाव र सामाजिक शान्तिबारे चासो बढिरहेका बेला गृह मन्त्रालयले हिन्दु र मुस्लिम समुदायका अगुवासँग छुट्टाछुट्टै छलफल गरेको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार भएको छलफलमा दुवै समुदायका प्रतिनिधिको धारणा सुन्नुका साथै देखिएका समस्या पहिचान गरी समाधानका उपायबारे प्रारम्भिक परामर्श गरिएको हो।गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा पहिलो चरणमा हिन्दु समुदायका अगुवासँग र त्यसपछि मुस्लिम समुदायका अगुवासँग छलफल गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। छलफलमा धार्मिक सहिष्णुता, आपसी विश्वास र सामाजि

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 139 पटक पढिएको
  • भूमिहीन र सुकुम्बासी व्यवस्थापनमा सरकारको तयारीमाथि कांग्रेस नेता आङ्देम्बेको प्रश्न

    काठमाडौं / नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकारले विधि र मानवीय संवेदनशीलता नअपनाएको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै आङ्देम्बेले वास्तविक भूमिहीनको पहिचान गरी सुरक्षित आवास, आधारभूत सेवा, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र जीविकोपार्जनको सुनिश्चितता गर्न सरकारसँग माग गरे । उनले नदी किनार तथा सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने भएपनि वास्तविक भूमिहीन र सुकुम्बासीलाई विकल्प नदिई जबर्जस्ती विस्थापित गर्नु गलत भएको बताए ।बैठकमा उनले सुनसरी, सिराहा, धनुषा

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 175 पटक पढिएको
  • जनता अप्ठ्यारो अवस्थामा हुँदा प्रधानमन्त्री सामाजिक संजालमै सिमित हुनुभयो : बलावती शर्मा

    काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्ला दिनहरूमा देशमा भइरहेका दुखद घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले सुनसरीको देवागञ्ज घटनापछि मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरिन् । उनले राजनीतिक दल, नागरिक समाज, सरकार तथा सम्बन्धित संघ–संस्थाको पहलका कारण अवस्था नियन्त्रणउन्मुख भएको उल्लेख गरिन् । उनले भनिन्, ‘देशमा एकपछि अर्को दुखद घटना घटिरहेको छ । सुनसरीको देवागन्द घटेको घटनापश्चात मधेशभर फैलिएको साम्प्रदायिक घटनालाई जिम्मेवार राजनीतिक दल, नागरिक समाज र सरकार विभिन्न संघ

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 231 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.