प्रविधि

    Showing ३७१-३८० of ४७१ items.
  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

    काठमाडौं – बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । नेपालको आन्तरिक उड्डयन क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको कम्पनीले सन् २०२५ को ६ महिनामै उक्त नाफा कमाएको हो ।सन् २०२४ मा कम्पनीले १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यसअघि सन् २०२३ मा बुद्ध एयरले १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । सन् २०२३ को तुलनामा कम्पनीको आम्दानी सन् २०२४ मा ८.८६ प्रतिशत अर्थात् १ अर्ब ५ करोड ७० लाख रुपैयाँ बढेको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालको मूल्यांकनले देखाएको छ ।कम्पनीले कुल ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँ र १८.७४ मिलियन अमेरिकी

    • प्रकाशित मितिः असार २२, २०८२
    • ३५८ पटक पढिएको
  • बहराइनबाट कुलमानले सुरु गरे ‘उज्यालो अभियान’

    काठमाडौँ  –  नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्।बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् । नेपाली श्रमिक आबद्ध भएका विभिन्न संघसंस्था तथा गैरआवासीय नेपाली संघको तर्फबाट उनलाई अभिनन्दन गरिएको थियो  ।बहराइनवासी नेपालीद्वारा संयुक्तरुपमा आयोजित नागरिक अभिनन्दनका संयोजक फुलबहादुर बल, नेपाली क्लबका अध्यक्ष दीपक गुरुङ, गैरआवासीय नेपाली संघ, बहराइनका अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक

    • प्रकाशित मितिः असार २२, २०८२
    • ३७० पटक पढिएको
  • हुम्लाका विभिन्न ठाउँमा टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयलाई समस्या

    सिमकोट — हुम्लाको खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा सञ्चार समस्यामा परेका छन्।खार्पुनाथ गाउँपालिका–१ का पिउस, बोच्चेगौंडा, सुनखाडा र वडा नं। ३ का राया, कारङ्गालगायत क्षेत्रमा दुई हप्तादेखि टेलिफोन सेवा दिनमा बन्द हुने र केवल रातमा सीमित रूपमा चल्ने समस्या देखिएको छ।सर्केगाड गाउँपालिकाको स्याल्तडी, रीप, उनापानी तथा पालिका केन्द्रमा पनि नेटवर्क समस्या देखिएको छ। स्थानीयले टावर देखिए पनि फोन नलाग्ने गुनासो गरेका छन्।यस्तै, चङ्खेली गाउँपालिका केन्द्र पिप्लाङमा करिब एक महिनादेखि टेलिफोन सेवा बन्द छ। सञ्चारका लागि डाँडाकाँडा चढ्नुप

    • प्रकाशित मितिः असार २०, २०८२
    • ६०७ पटक पढिएको
  • जिल्ला प्रशासनमा फोटो र भिडियो खिच्न अनुमति लिनुपर्ने

    मकवानपुर – मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिसरभित्र पत्रकारलाई अनुमति बिना फोटो तथा भिडियो खिच्न प्रतिबन्ध लगाएकी छन्। कार्यालयको प्रवेशद्वार र प्रजिअको कार्यकक्षबाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही’ भन्ने सूचनासहितको पोष्टर टाँसिएको छ।बुधवार नेपाल पत्रकार महासंघ मकवानपुरका प्रतिनिधिहरूसँग भएको छलफलमा प्रजिअ श्रेष्ठले प्रशासन कार्यालयको सुरक्षासंवेदनशीलता र गोपनीयता कायम राख्नका लागि यस्तो निर्णय लिइएको दाबी गरिन्।“प्रशासन कार्यालय संसदजस्तो होइन। यहाँ विभिन्न प्रकृतिका मानिसहरू आउँछन्। उनीहरूको गोपनीयता र सुरक्षालाई ख्याल गरेर मात्र यो

    • प्रकाशित मितिः असार १९, २०८२
    • ३६१ पटक पढिएको
  • स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

    काठमाण्डौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ ।कम्पनीले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कम्पनीले कुल २३ हजार १०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।यदि वैदेशीक रोजगारीमा रहेका नेपालीहरुको लागि छुट्याएको शेयर बिक्री नभएमा सर्वसाधारणहरुका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । आईपीओमा आवेदन दिने अन्तिम मिति साउन ९ गते निर्धारण गरिएको छ ।  कुल २ लाख ३१

    • प्रकाशित मितिः असार १९, २०८२
    • ४०२ पटक पढिएको
  • उड्डयन क्षेत्र व्यवस्थित नहुँदा पर्यटन क्षेत्र र अर्थतन्त्रमा असर परेको छ : मन्त्री पाण्डे

    काठमाडौं -  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्स व्यवस्थित भयो भने पर्यटन क्षेत्र र अर्थतन्त्रलाई पनि सुधार गर्न सक्ने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल एरलाइन्सको ६७ औं वार्षिकोत्सवको अवसरमा  आयोजित कार्यक्रममा उनले नेपाल एरलाइन्स सबैसँग जोडिएको विषय भएको भन्दै यसको विकास भएको खण्डमा पर्यटन क्षेत्र र अर्थतन्त्रको विकास हुने औंल्याए ।उनले भने, ‘राज्यले पनि यसलाई महत्व दिएको छ र जनशक्तिले पनि यसलाई प्रचार गर्ने हिसाबमा प्रस्तुत भएको देखिन्छ । नेपालका नागरिक उड्डयन क्षेत्र राम्रो गरि चल्यो भने पर्यटन क्षेत्रको विकास हुन्छ । नेपाल एरलाइन्स रा

    • प्रकाशित मितिः असार १७, २०८२
    • ५४० पटक पढिएको
  • चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छः ऊर्जामन्त्री खड्का

    काठमाडौं -  चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले भविष्यमा चीनसँग उर्जा क्षेत्रमा थप सहकार्य हुन सक्ने सम्भावना रहेको बताएका छन् ।एक साताको भ्रमण सकेर मन्त्री खड्का सोमबार नेपाल फर्किएका हुन् । चीन सरकार नेपालको ऊर्जा क्षेत्रको विकास र भविष्यका बारेमा सहकार्य गर्न तयार रहेको उनले जानकारी गराए । मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा भविष्यमा थप सहकार्य र योगदानको लागि प्रतिबद्धता व्यक्त गर्दै भने, “नेपाल अब ऊर्जा सुरक्षामा आत्मनिर्भर बनिसकेको छ र हामी भविष्यमा यस क्षेत्रमा नयाँ अवसरहरूको सिर्जना गर्ने लक्ष्यमा अघि बढिरहेका छौँ ।‘मन्त्री खड्काले शाङ्हाई

    • प्रकाशित मितिः असार १७, २०८२
    • ३६३ पटक पढिएको
  • सुदूरपश्चिममा अविरल वर्षापछि उच्च सतर्कताः मुख्यमन्त्रीको सुरक्षा निकायलाई निर्देशन

    काठमाडौं— सुदूरपश्चिम प्रदेशमा लगातार परेको अविरल वर्षाका कारण उत्पन्न जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र तत्काल परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।विशेषगरी कैलाली, कञ्चनपुरलगायतका जिल्लाहरू भारी वर्षाले प्रभावित बनेका छन्। यी क्षेत्रका धेरै ठाउँहरू डुबानमा परेका छन् भने केही स्थान जलमग्न भएको बताइएको छ।मुख्यमन्त्री शाहले नागरिकहरूलाई बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिबाट जोगिन सावधानी अपनाउन र सम्भावित जोखिमको ख्याल गरी सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।यसैबीच, मोहना नदीमा पानीको सतह बढ्दो क्रममा रहेको र बाढीले

    • प्रकाशित मितिः असार १६, २०८२
    • ५५३ पटक पढिएको
  • मुगुको कोटडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प

    काठमाडौं— सोमबार बिहान मुगुको कोटडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ रिक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहान ८ बजेर ३९ मिनेट जाँदा भूकम्प गएको हो ।भूकम्पबाट हालसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । स्थानीय बासिन्दाले हल्का कम्पन महसुस गरेको बताएका छन् ।

    • प्रकाशित मितिः असार १६, २०८२
    • ४८१ पटक पढिएको
  • नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले वृद्धि

    काठमाडौं -  साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको छ ।अघिल्लो कारोबार दिन बिहीबार ४.४५ अंकले घटेर २६ सय बिन्दुभन्दा तल झरेको नेप्से आईतबार १.०२ प्रतिशतले वृद्धि हुँदै २६ सयभन्दा माथिल्लो विन्दुमा पुगेर रोकिएको हो ।यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० प्रतिशतले बढेको छ । अघिल्लो कारोबार दिन यो इन्डेक्स १.२१ अंकले घटेको थियो । यस दिन फ्लोट इण्डेक्स २.०५ अंकले बढेको छ, यस अघि यो इन्डेक्स ०.३८ अंकले घटेको थियो । त्यसैगरी आज सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले बढेको छ ।अघिल्लो कारोबार दिनभन्दा यस दिन भने कारोबार रकम केहि घटेको छ । आज

    • प्रकाशित मितिः असार १५, २०८२
    • ४६३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.