प्रविधि

    Showing २६१-२७० of ४७१ items.
  • गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने

    काठमाडौं— नेपाल वायु सेवा निगमले गुल्मीमा हवाई उडान तालिका परिवर्तन गरेको छ । निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएकामा अब केही समयका लागि सातामा एकपटक मात्र उडान हुने जनाएको छ । रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले विगतमा चारपटक उडान हुँदै आएकामा अब केही समयका लागि बिहीबार एकदिन मात्र उडान गरिने जानकारी दिए । निगमका दुई वटा ट्वीनअटर जहाज ‘ग्राउण्डेड’ भएको र हाल एउटा जहाज मात्र सञ्चालनमा रहेकाले नियमित तालिकामा परिवर्तन गर्नुपरेको उनले बताए ।प्रतिकूल मौसमका कारण यहाँ करिब डेढ महिनासम्म उडान नियमित हुन सकेको थिएन । खराब मौसम र बाक्लो हुस्

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ४०६ पटक पढिएको
  • इन्टरनेट सेवा प्रदायक संघ नेपालद्वारा सामाजिक सञ्जाल बन्द गर्ने तयारी

    काठमाडौं— नेपाल सरकारको निर्देशनअनुसार नेपालभित्र सूचीकरण नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी गरिएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसप्यान) ले बिहबिार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सामाजिक सञ्जालहरू निष्क्रिय बनाउने प्रक्रिया सुरु भएको जानकारी गराएको हो ।यो निर्णय सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ १ गतेको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९ गतेको मन्त्रिस्तरीय बैठकको निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार गरिएको हो ।आईएसप्यानका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ६०५ पटक पढिएको
  • नेपाल टेलिकम र एनसेलले बन्द गर्यो दर्ता नभएका सामाजिक सञ्जालहरु

    काठमाडौं— सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले पनि दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ ।टेलिकमले बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो ।‘नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०८२/०५/१९, च.नं. ५९७ को पत्रबाट श्री सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय ग

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ६२४ पटक पढिएको
  • सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयविरुद्ध प्रेस सेन्टर नेपालको विरोध

    काठमाडौं— सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै प्रेस सेन्टर नेपालले तीव्र आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै सेन्टरले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।विज्ञप्तिमा भनिएको छ, ‘सूचना सङ्कलन, समाचार सम्प्रेषण र आमनागरिकको अभिव्यक्तिको प्रमुख माध्यमका रूपमा स्थापित सामाजिक सञ्जालमाथि ‘नियमन’को नाममा गरिएको प्रतिबन्धले संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुगेको छ ।’प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारलाई सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक कूटनीतिक पहलमा चुक्दै ‘दर्ताको नाममा’ प्रतिबन्ध लगाउने गैरजिम्

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ५३० पटक पढिएको
  • सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ: अग्नि सापकोटा

    काठमाडौं— नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटालेसामाजिक सञ्जालहरु बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खाजेको जस्तो देखिएको बताएका छन् । बिहीबार पदाधिकारी बैठकपश्चात उनले सरकारका सम्पूर्ण निर्णय, अभिव्यक्ति र क्रियाकलाप हेर्दा यसबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ कि जस्तो लागि रहेको भन्दै यसमा गम्भिरतापूर्वक अध्ययन गरेर धारणाहरु सार्वजनिक गर्ने बताए । उनले भने, ‘सामाजिक सञ्जालको बारेमा सरकारले निर्णय गरेको छ । नियमन त गर्नुपर्छ, तर सरकारका सम्पूर्ण निर्णयहरुको सारको अध्ययन गर्दा र सरकारका सम्पूर्ण अभिव्यक्ति र क्रियाकलाप हेर्दा यसबाट अभिव्यक्ति स्वतन्

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ६१६ पटक पढिएको
  • सुचिकृत नभएका सामाजिक सञ्जाल निस्क्रीय पार्न दुरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन

    काठमाडौं— सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रालयमा सूचिकृत भएका बाहेक सम्पुर्ण समाजिक सञ्जाल प्ल्याटफर्महरु क्रमश निस्क्रीय गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । यसका लागि मन्त्रालयलले दुरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेकोछ । आज बिहिबार मन्त्रालयमा बसेको मन्त्री स्तरीय बैठकले गरेको निर्णय अनुसार नेपालमा सुचिकरण हुन नआएका सामाजिक सञ्जाल प्लयाटफर्महरुलाई तत्काल निस्क्रीय बनाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश र मन्त्रीपरिषद्को भदौ ९ गते निर्णयको कार्यान्व्यन गर्न मन्त्रालय यस्तो प्रक्रिया थालेको सञ्चार तथा सूचना प्रव

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ७३२ पटक पढिएको
  • धम्कीपूर्ण शैलीमा सामाजिक सञ्जाल बन्द गर्न खोज्नु गलतः सांसद चौधरी

    काठमाडौं— रास्वपाका सांसद अशोक चौधरीले लाखौँ नेपालीको रोजगारी, व्यवसायसँग जोडिएको सामाजिक सञ्जाललाई सरकारले धम्की शैलीमा बन्द गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सामाजिक सञ्जाल नियमन गर्नुपर्ने कुरा असहमति नभएको बताउँदै सरकार धम्कीमा उत्रिएर जनहित विपरित काम गर्न खोजेको बताए । उनले भने, ‘नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९० प्रतिशत नाघिसकेको छ । लाखौँ नेपालीको रोजगारी, व्यवसाय डिजिटल प्लेटफमसँग गाँसिएको छ । तर सरकार धम्कीको शैलीमा फेसबुक, युट्युब बन्द गर्ने कुरा गर्छ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने कुरामा कसैको कुनै असहमति छैन । सर्वोच्च अदालतले दिएको

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ६८६ पटक पढिएको
  • सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने सरकारले निर्णय गरेको छ।  आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।  दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि सक्रिय गर्ने सरकारको नीति रहेको छ । नेपालमा भाइबर, टिकटक, विटकजस्ता सामाजिक सञ्जाल दर्ता भइसकेका छन् ।फेसबुक, ट्वीटर (एक्स), वाट्सएपलगायतका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा आएका छैनन् ।

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ७४२ पटक पढिएको
  • सामाजिक सञ्जालबारे निर्णय लिन सञ्चार मन्त्रालयमा बैठक जारी

    काठमाडौं— फेसबुकलगायतका सामाजिक सञ्जालाई सूचीकरणका लागि सरकारले दिएको ७ दिने म्याद बुधबार मध्यरातबाट सकिएको छ । यसबारे थप निर्णय लिन अहिले सञ्चार मन्त्रालयमा बैठक बसिरहेको छ ।दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने सरकारको तयारी छ ।मन्त्रालय स्रोतका अनुसार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, सहसचिव एवम सञ्चार महाशाखा प्रमुख गजेन्द्रकुमार ठाकुर, सूचना प्रविधि महाशाखा प्रमुख सहसचिव आदेश खड्कासँगै नेपाल दुरसञ्चार प्राधिकरणका पदाधिकारी बैठकमा सहभागी छन् ।बैठकमा सामाजिक सञ्जाल निष्क्रियका लागि के कसरी र कुन प्रक्रिय

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ८११ पटक पढिएको
  • ठूलो आवाज निकाल्नेदेखि बिहान अनावश्यक खोक्ने–खकार्नेसम्मका गतिविधि नगर्न आग्रह

    काठमाडौं— काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ध्वनि, धुवाँ र फोहोर प्रदूषणमुक्त छिमेकी अभियान थालेको छ । ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ अन्तर्गत प्रहरीले सहरवासीलाई ठूलो आवाज निकाल्नेदेखि बिहान अनावश्यक खोक्ने–खकार्नेसम्मका गतिविधि नगर्न आग्रह गरेको छ ।प्रहरीका अनुसार ध्वनि प्रदूषणका कारण गर्भवती महिला, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको भन्दै यस्तो अभियान सुरु गरिएको हो ।कार्यालयले पाँच मुख्य शीर्षकमा निर्देशन जारी गर्दै राति अनावश्यक आवाज नगर्ने, बिहानको शान्ति कायम राख्ने, गोपनीयतासम्बन्धी गतिविधिमा सचेत रहने, सामाजिकरधार्मिक कार्यक्रममा ध्वनि नियन्

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ७६१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.