प्रविधि

    Showing 201-210 of 285 items.
  • विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि २५ लाख बराबरका आवश्यक सामाग्री वितरण

    काठमाडौँ -  काठमाडौँ महानगरपालिकाको १० नम्बर वडा कार्यालयले नेपाल प्रहरी, वडा भित्रकै विभिन्न विद्यालय र स्थानिय समुदायहरुलाई करीब २५ लाख रुपैयाँ बराबरका विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि आवश्यक सामाग्री वितरण गरेको छ ।बुधबार वडामा आयोजना गरिएको सार्वजनिक सुनुवाई तथा योजना तर्जुमा छलफल कार्यक्रमका अवसरमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।वडा कार्यालयले महानगरीय प्रहरी वृत्त बानेश्वरलाई लाइफ ज्याकेट, स्टेचर, सेफ्टी बुट, सेफ्टी ग्लोब्स, फायर रेसिस्टेन्स ज्याकेट, हेल्मेटलगायत सामान प्रदान गरेको छ । साथै, रत्नराज्य माध्यमिक विद्यालय र रुद्रमती आधारभूत विद्यालय सहित ३ वटा सामु

    • प्रकाशित मितिः असार १२, २०८२
    • 276 पटक पढिएको
  • ‘टेक एण्ड पे–पीपीए’को प्रावधान हटाएकोमा इप्पानद्वारा सरकारलाई धन्यवाद

    काठमाडौं  - ‘टेक एण्ड पे–पीपीए’को प्रावधान बजेटबाट हटाएकोमा स्वतन्त्र उर्जा उद्यमीहरुको संस्था नेपाल (इप्पान) ले सरकारलाई धन्यावाद दिएको छ ।इप्पानले विहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारलाई धन्यवाद दिएको हो । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२÷८३ को बजेटमार्फत रनअफ दी रिभर (आरओआर) प्रकृतीका जलविद्युत परियोजनामा टेक एण्ड पे विधिमार्फत विद्युत खरिद सम्झौता गर्ने घोषणा गरेको थियो ।पहिल्यै देखि कायम रहेको टेक अर पे पीपीएको मोडललाई हटाएर उर्जा उद्यमीलाई संकट तर्फ लैजान खोजेको भन्दै इप्पानले सरकारको उक्त कद्मको विरोध गर्दै आएको थियो । टेक एण्ड पे को प्रावधान लागु भएको खण्डमा बैंक तथा

    • प्रकाशित मितिः असार १२, २०८२
    • 241 पटक पढिएको
  • १७ दिनपछि फाप्लु विमानस्थलमा उडान पुनः सुरु, यात्रु र बिरामीहरूलाई राहत

    सोलुखुम्बु — पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि बुधबार पहिलोपटक जहाज अवतरण भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि स्थगित उडानहरू बुधबारबाट पुनः सञ्चालनमा आएका हुन्।प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले बुधबार काठमाडौँ–फाप्लु उडान भरेको हो। जहाज १२ जना यात्रु लिएर फाप्लु पुगेको र फर्किँदा १० जना यात्रु काठमाडौंतर्फ लगेको जानकारी उनले दिए। मौसम बारम्बार परिवर्तन हुने भएकाले फाप्लुमा उडान नियमित गर्न चुनौती रहँदै आएको उनले बताए।लगातार १७ दिनसम्म वर्षा र बाक्

    • प्रकाशित मितिः असार १२, २०८२
    • 223 पटक पढिएको
  • ओभरलोड ट्रक नियन्त्रण गर्न गृह मन्त्री रमेश लेखकको निर्देशन

    काठमाण्डौं -  गृहमन्त्री रमेश लेखकले छिमेकी देशबाट नेपाल भित्रिने र देशभित्रै चल्ने मालबाहक सवारी साधनमा ओभरलोड गर्न नदिन र त्यसरी आउने ओभरलोड भएका मालबाहक ट्रकहरुलाई पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका छन् ।  बुधबार गृह मन्त्रालयमा सडक क्षेत्रमा हुन सक्ने विपद्को पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकमा कार्यक्रममा मन्त्री लेखकले देशका विभिन्न स्थानहरुमा रहेका तौलपुलहरुलाई दुरुस्त बनाउँदै भारबहन क्षमताका आधारमा सम्पूर्ण मालबाहक सवारीलाई नियमन गर्दै ओभरलोड सवारी साधनलाई सडकमा गुड्न नदिन निर्देशन दिएका हुन् । गृह सचिव गोकर्णमणी दुवाडी, भौतिक पूर्वाधार तथा यातायात मन्

    • प्रकाशित मितिः असार १२, २०८२
    • 245 पटक पढिएको
  • अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनका लागि चार अन्तरिक्षयात्रीले भरे उडान

     काठमाडौं— चार अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) का लागि उडान भरेका छन् । उनीहरू सवार एक्सियम–४ मिसन आज भारतीय समयानुसार मध्याह्न १२ बजे प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ ।प्राविधिक समस्यासहित अन्य कारणले यस मिसनलाई यसअघि धेरैपटक स्थगित गरिएको थियो । एक्सियम–४ मिसन एक कमर्सियल अन्तरिक्ष उडान हो । अमेरिकाको ह्युस्टनको कम्पनी एक्सियम स्पेसले यो अभियान सञ्चालन गरिरहेको छ ।नासाका अनुसार, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन जानेहरूमा भारतका शुभांशु शुक्लासँगै पोल्यान्डका स्लावोस्ज अज्नान्स्की विज्नियेव्स्की, हंगेरीका टिबोर कापु र अमेरिकाकी पेगी ह्विट्सन छन् । अन्तरिक्षय

    • प्रकाशित मितिः असार ११, २०८२
    • 479 पटक पढिएको
  • आधारभूत पूर्वाधार कमजोर हुँदा पर्यटक घटे : पर्यटन बोर्ड सीईओ जोशी

    काठमाडौं - नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले नेपालमा लगानी अनुसार पर्यटकहरुको संख्या कम भएको बताएका छन् । बुधबार नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल पर्यटन बोर्डको आयोजनामा भएको पर्यटन सवारी चालक तथा सहचालक अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आधारभूत पूर्वाधारको अवस्था कमजोर भएको कारण अपेक्षित मात्रामा पर्यटक ल्याउन नसकेको भन्दै अहिले नेपाल सरकार, विभिन्न निकाय, स्थानिय तहको पनि पूर्वाधारमा निकै ठूलो जोड रहेको बताए । उनले भने, ‘पर्यटकहरुको संख्या हामीले सोच जति छैन् । यातायात, होटललगायत धेरै क्षेत्रमा लगानी एकदमै धेरै छ । हाम्रो आधारभूत पूर्वाधारको अवस्था कमजोर

    • प्रकाशित मितिः असार ११, २०८२
    • 347 पटक पढिएको
  • नेपाल टेलिकमले अनलाइन मिडियालाई विज्ञापन दिँदै

    काठमाडौं— नेपाल टेलिकमले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशनका लागि सूचीकरण प्रक्रिया सुरु गरेको छ । यसका लागि टेलिकमले इच्छुक अनलाइन मिडियाहरूबाट प्रस्ताव आह्वान गरेको हो ।बुधबार एक सूचना प्रकाशित गर्दै कम्पनीले आगामी ३१ असारसम्म कार्यालय समयभित्र प्रस्ताव दर्ता गर्न अनुरोध गरेको छ ।सूचीकरणका लागि प्रस्ताव पेस गर्दा सञ्चालक संस्थाको स्पष्ट सम्पर्क विवरणसहितको औपचारिक प्रस्ताव पत्र, संस्था दर्ता र भ्याट वा प्यान दर्ता प्रमाण(पत्रको प्रतिलिपि, सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता तथा नवीकरण (२०८२ असार ३२ सम्म) भएको प्रमाण(पत्रको प्रतिलिपि, आर्थिक वर्ष २०

    • प्रकाशित मितिः असार ११, २०८२
    • 355 पटक पढिएको
  • ग्लोबल आइएमई बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

    काठमाडौं -  ग्लोबल आइएमई बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटी र इला होटेल एन्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्र्फोट एन्ड रिसोटबीच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् ।समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवं बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटीद्वारा संचालित होटेल तथा रिसोर्टहरूमा १५ प्रतिशत र मौल

    • प्रकाशित मितिः असार १०, २०८२
    • 254 पटक पढिएको
  • विद्युत प्राधिकरणको लापरवाही : करेन्टले १० खच्चड र भैंसी मरेपछि किसानको विजोग

    मुगु -  मुगु छायाँनाथ रारा नगरपालिका—१० जग्गि बढुवाल र सोही वडाका प्रेम बढुवालले खच्चड व्यवसाय गर्दै आएको एक दशक भन्दा बढी भयो ।खच्चड ब्यवसायबाट उनीहरुले राम्रै आम्दानी गरेर घरपरिवार राम्रै चलेको थियो । आइतबार दिउसो चार बजे विद्युत प्राधिकरणको टा«न्सर्फमरबाट लिक भएको करेन्टमा परेर बढुवालसहित सोही नगरपालिका—१ का कर्ण बहादुर मल्लका समेत गरी १० खच्चडको मृत्यु हुँदा तीनैजनाको आम्दानी हुने बाटो नै बन्द भएको छ ।छायाँनाथ रारा नगरपालिका—१२ लुम्सको भ्याकुने भन्ने स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणको टा«न्सर्फमरबाट करेन्ट चुहावट हुँदा उक्त नगरपालिका—१ का कर्ण बहादुर मल्लका चार, सोही नगरपालिका—१०

    • प्रकाशित मितिः असार १०, २०८२
    • 318 पटक पढिएको
  • बाँसगढी देशकै पहिलो डिजिटल नगरपालिका घोषणा

    बर्दिया  -  बर्दियाको बाँसगढी नगरपालिका देशकै पहिलो डिजिटल नगरपालिका घोषणा भएको छ । डिजिटल नगरपालिका घोषणा भएसँगै नगरवासीले घरबाटै अनलाइनमार्फत सेवा पाउने भएका छन् । राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी नगरपालिकाको सेवा प्रवाह गर्न लागेको हो । नगरबासीहरूले छिटो छरितो र सरल ढङ्गले सेवा पाउने भएका छन् ।बाँसगढीका देश विदेशमा बस्ने सबैले आफँु बसिरहेको स्थानबाट नै सेवा प्राप्त गर्ने गरी सेवा सुरु गरिएको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्काले बताए ।डिजिटल बाँसगढीको सुरुवात गर्दै नगरप्रमुख खड्काले अब सेवा लिनका लागि नगरपालिका नै धाउनु पर्ने बाध्यता हटेको बताए । उनले देशको पहिलो

    • प्रकाशित मितिः असार १०, २०८२
    • 302 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा