प्रविधि

    Showing 181-190 of 285 items.
  • खाडी देशको भ्रमणमा रहेका कुलमानले भने : म कुनै पार्टीको झन्डा लिएर आएको होइन्

    काठमाडौँ  – मध्यपूर्वी देशहरुको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उर्जा क्षेत्रबाट नै मुलुकमा समृद्धि ल्याउन सकिने बताएका छन् । नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका उनले बहराइनबाट उज्यालो अभियान सुरु गर्ने घोषणा पनि गरे ।  बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् ।नागरिक अभिनन्दन ग्रहण गर्दै घिसिङले आफू कुनै पार्टीको झन्डा लिएर खाडी क्षेत्रमा नआएको बताए । ‘म कुनै पनि पार्टीको झन्डा लिएर आएको होइन । म कुनै पार्टीको घोषणा गर्न बहराइन आएको ह

    • प्रकाशित मितिः असार २२, २०८२
    • 303 पटक पढिएको
  • पुँजीगत खर्च कम भएपनि राजश्वमा बृद्धि गरिरहेका छौं : चिरिबाबु महर्जन

    काठमाडौं – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ०८०÷८१ कोे पूँजीगत खर्च भन्दा ०८१÷०८२ मा पुँजीगत खर्च कम भएको बताएका छन् । उनले आगामी बर्ष पूँजीगत खर्चमा सुधार गर्दै जाने समेत बताए । ऐन बमोजिम यही असार १० गते ७ अर्ब ४७ करोड बजेट प्रस्तुत गरेको तर पास हुन बाँकी रहेको बताँउदै उनले ऐनमा व्यवस्थापन गरिएको समयसीमा भन्दा अगाडि नै यसलाई पास गराउने जानकारी  दिए । पूँजीगत खर्च सोचेअनुसार गर्न नसक्नुमा केहि व्यवहारिक कठिनाई गरेको औल्याउँदै उनले भने,‘ असारको १० गते ऐन बमोजिम ७ अर्ब ४७ करोडको बजेट प्रस्तुत गरेका छौँ । यो पास भइसकेको छैन । मलाई जहाँसम्म लाग्छ ऐनमा व्यवस्थापन गरिएको

    • प्रकाशित मितिः असार २२, २०८२
    • 232 पटक पढिएको
  • ब्राजिलमा फैलियो बीवाइडी, ल्याटिन अमेरिकाभर विस्तार गरिने

    एजेन्सी – चिनियाँ अटो ब्रान्ड बीवाइडीले आफ्नो उत्पादन ब्राजिलमा विस्तार गरेको छ । पहिलो पटक ब्राजिल निर्मित कारहरू सार्वजनिक गर्दै बीवाइडीले आफ्नो उत्पादन ब्राजिलमा डेब्यू गराएको हो । हालै ब्राजिलमा रहेको आफ्नो नयाँ प्लान्टबाट पहिलो बीवाइडीका इलेक्ट्रिक कारहरू सार्वजनिक गरेको हो । हाल कम्पनीका सवारी साधनहरू अझै पनि प्रायः चीनबाट एसेम्बल हुने गरेका थिए । तर बीवाइडीले समयसँगै स्थानीय उत्पादन र पार्टपुर्जा सोर्सिङलाई निरन्तर बढाउने योजना अनुरुप ब्राजिलमा काम सुरु गरेको हो । ‘हामी स्थानीय अधिकारीहरू र उद्योगहरूसँग नजिकबाट काम गरिरहेका छौं । ताकि उनीहरूलाई अद्यावधिक प्रविधिहरू प्राप्त गर्

    • प्रकाशित मितिः असार २२, २०८२
    • 225 पटक पढिएको
  • कृषिमा लगानी गर्न विशिष्टकृत संस्था आवश्यक : पूर्वमन्त्री खतिवडा

    काठमाडौं – पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले कृषिमा प्रभावकारी लगानीका लागि विशिष्टकृत संस्था आवश्यक रहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले कृषिको प्रकृति अन्य व्यवसायभन्दा फरक भएकाले त्यसअनुसारको संस्थागत संरचना हुनुपर्नेमा जोड दिएका हुन् ।‘यदि कृषिमा लगानी गर्ने हो भने विशिष्टकृत संस्था चाहिन्छ,’उनले भने, ‘यसको उत्पादन चक्र अलग छ, जोखिम व्यवस्थापन फरक छ, प्राविधिक पक्ष पनि अन्य क्षेत्रभन्दा भिन्न हुन्छ ।’खतिवडाले हालको लघुवित्त प्रणालीले कृषि क्षेत्रमा सन्तोषजनक ढंगले सेवा दिन नसकेको उल्ले

    • प्रकाशित मितिः असार २२, २०८२
    • 243 पटक पढिएको
  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

    काठमाडौं – बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । नेपालको आन्तरिक उड्डयन क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको कम्पनीले सन् २०२५ को ६ महिनामै उक्त नाफा कमाएको हो ।सन् २०२४ मा कम्पनीले १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यसअघि सन् २०२३ मा बुद्ध एयरले १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । सन् २०२३ को तुलनामा कम्पनीको आम्दानी सन् २०२४ मा ८.८६ प्रतिशत अर्थात् १ अर्ब ५ करोड ७० लाख रुपैयाँ बढेको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालको मूल्यांकनले देखाएको छ ।कम्पनीले कुल ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँ र १८.७४ मिलियन अमेरिकी

    • प्रकाशित मितिः असार २२, २०८२
    • 218 पटक पढिएको
  • बहराइनबाट कुलमानले सुरु गरे ‘उज्यालो अभियान’

    काठमाडौँ  –  नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्।बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् । नेपाली श्रमिक आबद्ध भएका विभिन्न संघसंस्था तथा गैरआवासीय नेपाली संघको तर्फबाट उनलाई अभिनन्दन गरिएको थियो  ।बहराइनवासी नेपालीद्वारा संयुक्तरुपमा आयोजित नागरिक अभिनन्दनका संयोजक फुलबहादुर बल, नेपाली क्लबका अध्यक्ष दीपक गुरुङ, गैरआवासीय नेपाली संघ, बहराइनका अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक

    • प्रकाशित मितिः असार २२, २०८२
    • 233 पटक पढिएको
  • हुम्लाका विभिन्न ठाउँमा टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयलाई समस्या

    सिमकोट — हुम्लाको खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा सञ्चार समस्यामा परेका छन्।खार्पुनाथ गाउँपालिका–१ का पिउस, बोच्चेगौंडा, सुनखाडा र वडा नं। ३ का राया, कारङ्गालगायत क्षेत्रमा दुई हप्तादेखि टेलिफोन सेवा दिनमा बन्द हुने र केवल रातमा सीमित रूपमा चल्ने समस्या देखिएको छ।सर्केगाड गाउँपालिकाको स्याल्तडी, रीप, उनापानी तथा पालिका केन्द्रमा पनि नेटवर्क समस्या देखिएको छ। स्थानीयले टावर देखिए पनि फोन नलाग्ने गुनासो गरेका छन्।यस्तै, चङ्खेली गाउँपालिका केन्द्र पिप्लाङमा करिब एक महिनादेखि टेलिफोन सेवा बन्द छ। सञ्चारका लागि डाँडाकाँडा चढ्नुप

    • प्रकाशित मितिः असार २०, २०८२
    • 468 पटक पढिएको
  • जिल्ला प्रशासनमा फोटो र भिडियो खिच्न अनुमति लिनुपर्ने

    मकवानपुर – मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिसरभित्र पत्रकारलाई अनुमति बिना फोटो तथा भिडियो खिच्न प्रतिबन्ध लगाएकी छन्। कार्यालयको प्रवेशद्वार र प्रजिअको कार्यकक्षबाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही’ भन्ने सूचनासहितको पोष्टर टाँसिएको छ।बुधवार नेपाल पत्रकार महासंघ मकवानपुरका प्रतिनिधिहरूसँग भएको छलफलमा प्रजिअ श्रेष्ठले प्रशासन कार्यालयको सुरक्षासंवेदनशीलता र गोपनीयता कायम राख्नका लागि यस्तो निर्णय लिइएको दाबी गरिन्।“प्रशासन कार्यालय संसदजस्तो होइन। यहाँ विभिन्न प्रकृतिका मानिसहरू आउँछन्। उनीहरूको गोपनीयता र सुरक्षालाई ख्याल गरेर मात्र यो

    • प्रकाशित मितिः असार १९, २०८२
    • 239 पटक पढिएको
  • स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

    काठमाण्डौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ ।कम्पनीले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कम्पनीले कुल २३ हजार १०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।यदि वैदेशीक रोजगारीमा रहेका नेपालीहरुको लागि छुट्याएको शेयर बिक्री नभएमा सर्वसाधारणहरुका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । आईपीओमा आवेदन दिने अन्तिम मिति साउन ९ गते निर्धारण गरिएको छ ।  कुल २ लाख ३१

    • प्रकाशित मितिः असार १९, २०८२
    • 263 पटक पढिएको
  • उड्डयन क्षेत्र व्यवस्थित नहुँदा पर्यटन क्षेत्र र अर्थतन्त्रमा असर परेको छ : मन्त्री पाण्डे

    काठमाडौं -  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्स व्यवस्थित भयो भने पर्यटन क्षेत्र र अर्थतन्त्रलाई पनि सुधार गर्न सक्ने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल एरलाइन्सको ६७ औं वार्षिकोत्सवको अवसरमा  आयोजित कार्यक्रममा उनले नेपाल एरलाइन्स सबैसँग जोडिएको विषय भएको भन्दै यसको विकास भएको खण्डमा पर्यटन क्षेत्र र अर्थतन्त्रको विकास हुने औंल्याए ।उनले भने, ‘राज्यले पनि यसलाई महत्व दिएको छ र जनशक्तिले पनि यसलाई प्रचार गर्ने हिसाबमा प्रस्तुत भएको देखिन्छ । नेपालका नागरिक उड्डयन क्षेत्र राम्रो गरि चल्यो भने पर्यटन क्षेत्रको विकास हुन्छ । नेपाल एरलाइन्स रा

    • प्रकाशित मितिः असार १७, २०८२
    • 286 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा