प्रविधि

    Showing 161-170 of 285 items.
  • पर्यटकको संख्या बढाउन अयोध्यालाई जनकपुरधामसंग जोड्न आवश्यक : मुख्यमन्त्री सिंह

    जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा थप पर्यटक भित्र्याउन अयोध्यालाई जनकपुरधामसंग जोड्न आवश्यक रहेको बताएका छन् ।जनकपुरधाममा आयोजित स्थानिय सरकार, मधेश प्रदेश सरकार, पर्यटन व्यवसायी र सरोकारवालाबीच पर्यटन प्रचार प्रसार तथा अन्तरक्रिया कार्यक्रमको मंगलबार समापन सत्रमा बोल्दै मुख्यमन्त्री सिंहले अयोध्याको राममन्दिरमा दर्शन गर्न अ ाउने श्रद्धालु र पर्यटकहरुमध्ये १० प्रतिसत पर्यटकलाईमात्र जनकपुरधाम ल्याउन सक्ने वातावरण निर्माण गर्न सकिए नेपालमा भित्रिने कुल पर्यटकको संख्या भन्दा बढि पर्यटक मधेश प्रदेशमा आउने बत

    • प्रकाशित मितिः असार २५, २०८२
    • 242 पटक पढिएको
  • एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन

    काठमाडौं – आज देखि एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गरेको छ ।गत जेठ १५ सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत जेठ १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः०.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२।४८ कित्ता हकप्रद शेयर जारी गरेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो । हकप्रदमा आवेदन दिने अन्तिम मिति साउन १३ गते निर्धारण गर

    • प्रकाशित मितिः असार २५, २०८२
    • 147 पटक पढिएको
  • आज अर्थसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं – संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन् । बुधबार अर्थ समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दै छ । बैठकमा आ.व. २०८२÷८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल गरिने कार्यसूची रहेको छ । त्यस्तै विधायन व्यवस्थापन समितिको ९१ औँ बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गरिने कार्यसूची छ ।

    • प्रकाशित मितिः असार २५, २०८२
    • 189 पटक पढिएको
  • अध्यागमन विभागद्वारा अनुमति विनाको प्रवेश निषेधलाई कडाइ गर्यो कारण यस्तो

    काठमाडौं— अध्यागमन विभागले अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा रहेको आगमन र प्रवेश क्षेत्रमा कडाइ गरेको छ ।विभागले अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा रहेको आगमन र प्रवेश क्षेत्रमा अध्यागमन कर्मचारीहरू र यात्रुहरूबाहेक अन्य व्यक्तिहरूको अनुमति विनाको प्रवेश निषेधलाई कडाइ  गरेको छ ।विभागका अनुसार आगमन वा प्रस्थान गर्ने यात्रुका आफन्तहरूको अध्यागमनसम्मै हुने अनधिकृत प्रवेशलाई पूर्ण रूपमा निषेध हुनेछ ।अध्यागमन निकायले चेकजाँच गर्ने कागजात प्रवेश विन्दुदेखि उपस्थित अधिकांश निकाय, सुरक्षाकर्मी, हवाइसेवा कम्पनीहरू, ग्राउण्ड ह्याण्डलिङ रहेका एयरलाइन्सका कर्मचारीहरू समेतले अनावश्यक चेकजाँच गर्ने र या

    • प्रकाशित मितिः असार २५, २०८२
    • 443 पटक पढिएको
  • नेप्सेको ओरालो यात्रा कायमै,०.१४ अंकले घट्यो सुचक

    काठमाडौं – पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक साताको दोस्रो र तेस्रो कारोबार दिन लगातार घटेको छ ।सोमबार २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा रोकिएको नेप्से आज तेस्रो कारोबार दिन ०.१४ अंकले घटेर २६८३.८६ बिन्दुमा अन्तिम कारोबार भएको छ ।सोमबार कुल ७१ हजार ३१३ पटकको कारोबारमा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँबराबरको १ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएकोमा यस दिन कुल ३०४ स्टकको ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ रुपैयाँ बराबरको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर कारोबार भएको छ ।यस दिन सेन्सेटिभ इण्डेकस ०.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०१ अंक घटेको छ । त्यसैगरी, सेन्

    • प्रकाशित मितिः असार २४, २०८२
    • 247 पटक पढिएको
  • देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन् : कुलमान घिसिङ

    दोहा (कत्तार) – नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मश्विास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको बताएका छन् ।विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँगको भेटघाट गर्न मध्यपूर्र्वी देशहरु बहराइन, ओमान, युएई र कतारको भ्रमणमा रहेका कार्यकारी निर्देशक घिसिङले  आशा र आत्मविश्वास देखाउनेको सम्मान गर्ने वातावरण नबनाएसम्म युवा देशभित्र बस्न नसक्ने अवस्था रहेको बताए । कत्तारको दोहामा रहेका नेपाली समुदायले गरेको सम्मान कार्यक्रममा घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको पैसाबाट (रेमिट्यान्स)बाट नेपालको अर्थतन्त्र

    • प्रकाशित मितिः असार २४, २०८२
    • 231 पटक पढिएको
  • अल जजिराको भिडियोले उडायो नेपाल टेलिभिजनको युट्युब

    काठमाडौँ –  नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनको आधिकारिक युट्युब च्यानल डिलिट भएको पाइएको छ । बारम्बार कपीराइट अर्थात् प्रतिलिपि अधिकार उल्लङ्घन गरेपछि लाखौँ सब्सक्राइबर भएको युट्युब च्यानल टर्मिनेट (हटेको) भएको हो ।हाल नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्था अन्तर्गत सञ्चालित छ । जसको मुख्य युट्युब च्यानल प्रादेशिक च्यानलले समेत प्रयोग गर्दै आइरहेका छन् । यसै क्रममा कोहलपुर प्रसारणका कर्मचारीले राखेको भिडिओका कारण युट्युब च्यानल डिलिट भएको बताइएको छ ।८ लाखभन्दा बढी सब्सक्राइबर रहेको नेपाल टेलिभिजनको मुख्य युट्युब च्यानलमा ८ हजार ४०० भन्दा बढी भिडिओ  अपलोड गरिए

    • प्रकाशित मितिः असार २४, २०८२
    • 174 पटक पढिएको
  • भोटेकोशी बाढी अपडेटः तीन जलविद्युत आयोजनामा क्षतिहुदाँ २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प

    काठमाडौं – सोमबार रातिदेखि भोटेकोशी नदीमा आएको बाढीका कारण तीन जलविद्युत आयोजनामा क्षति हुँदा करीब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको छ ।१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्यूत प्राधिकरणका प्रवक्ता राजन ढकाले बताएका छन् ।उनका अनुसार सबैभन्दा बढी क्षति रसुवाढी जलविद्युत आयोजनामा भएको छ । पूरानो त्रिशुली जलविद्युत आयोजनालगायत अन्य निजी क्षेत्रका आयोजनाहरुमा पनि क्षति पुगेको भन्ने छ,’ उनले भने । ‘थ्रि बि हब सबस्टेसन सबैभनदा बढी जोखिममा रहेको छ ।’

    • प्रकाशित मितिः असार २४, २०८२
    • 224 पटक पढिएको
  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र असार ३२ देखि निष्कासन हुने

    काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडलेको ऋणपत्र यहि असार ३२ गते देखि निष्कासन हुने भएको छ ।बैंकले १ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको १० वर्षे अवधिको ‘शाइन रेसुङ्गा डिवेञ्चर’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । १० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ८ प्रतिशतका दरले ब्याज भुक्तानी गरिने छ ।निष्कासन गर्न लागिएको कुल ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको

    • प्रकाशित मितिः असार २४, २०८२
    • 195 पटक पढिएको
  • बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

    काठमाडौं –  बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध भएको छ । गत शनिबार  उक्त सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि यस खण्डमा पूर्णरुपमा आवागमन ठप्प भएको थियो ।शनिबार राती छवटा ठूला ठूला ह्युमपाइप राखेर भाँचिएको पुल निर्माण गरेपछि अस्थायी रूपमा आइतबार बिहानदेखि यातायात सञ्चालन भएपनि अहिले उक्त स्थानमा गाडि फसेकाले अन्य यात्रु र सवारी साधनलाई आवागमनमा अबरोध भएको हो ।अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–सुर्यविनायक सडकको एक मात्र वैकल्पिक मार्ग हो, बनेपा–नाला–भक्तपुर सडकखण्ड । धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकाले अवरुद्ध छ । त्यसक

    • प्रकाशित मितिः असार २४, २०८२
    • 194 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा