काठमाडौं – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालीहरुको निराशालाई आशामा बदल्न आफुले उज्यालो नेपाल अभियान सुरु गरेको बताएका छन् ।अमेरीकाको न्युयोर्क स्थीत हामी नेपाली ग्लोबल संस्थाले घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानीत गरेपछि कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् । उक्त संस्थाले घिसिङले नेपालको उर्जा क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मानीत गरेको हो ।अवार्ड समारोहलाई सम्बोधन गर्दै घिसिङले १८ घण्टासम्म लोडशेडिंग भएको बेला सबैको सहयोगले मुलुकलाई लोडशेडिंग मुक्त बनाउन सम्भव भएको स्मरण गरे । “जहाँ बत्ती नै थिएन त्यहाँ पनि पु¥यायौं । अहिले
काठमाडौं— आज बिहनैदेखि काठमाडौंलगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ। केही ठाउँमा भारी वर्षा मापन भएको छ, भने धेरै ठाउँमा भारी वर्षाको नजिक (मध्याम) वर्षा भएको छ। तर तराई क्षेत्रमा अझै वर्षा भएको छैन।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले हाल देशभर साधारणतया बदली रहेको जानकारी दिनुभयो। उनका अनुसार तराईका उत्तरी भूभागमा थोरै वर्षा भएको छ। दक्षिण क्षेत्रमा पनि हल्का पानी परेको तर पर्याप्त नभएको बताए। अहिलेको प्रणाली त्यति ठूलो नरहेको पनि उनले बताए।पछिल्ले ६ घण्टामा धनकुटाको मछुवाघाटमा ४२, गोरखाको आरुघाटमा ४२.२, कास्कीको लाम्पाटनमा ४४.८, मुगुको गमगढी श्रीनगरमा
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रले साउन १६ गतेका लागि जारी गरेको लोड व्यवस्थापन तालिकाले सिर्जना गरेको अन्यौल र त्यसमा आएका सामाजिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।प्राधिकरणका अनुसार, चनौली ३३/११ के.भी. सबस्टेसनमा न्यू भरतपुर (बसेनी) सबस्टेसनबाट आउने ३३ के.भी. लाइनमा अत्यधिक सोड (लोड) बढेपछि समस्या उत्पन्न भएको हो र यसलाई समाधान गर्न काम भइरहेको छ।चनौली क्षेत्रको मागलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न बसेनी १३२ के.भी. सबस्टेसनदेखि चनौली सबस्टेसनसम्म नयाँ ३३ के.भी. लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको र यो पूरा भएपछि समस्या दीर्घकालीन रूपमा समाधान हुने प्रा
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४औं घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौतीहरुले पूरा गर्न नसेको गुनासो गरेका छन् ।आइतबार काठमाडौमा आयोजित सामूदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उनले आवश्यक पर्नेजति विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने साथै मुलुकलाई समृद्ध बनाउने अभियानमा लागि रहेको बताए । उनले भने,‘२४ औं घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना छ । तर यसमा दबाब ,चुनौतीहरु छन् । हामीलाई आवश्यक पर्नेजति विद्युत आफै उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर
काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो । जिम्मा लिएको काम समयमै पूरा नगर्ने ति निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
काठमाडौं – साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २१.७६ अंकले बढेको छ । नेप्से बढेपनि यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।आज नेप्से परिसुचक बढेसँगै २८९२.७२ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि साताको पहिलो कारोबार आइतबार नेप्से परिसुचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा रोकिएको थियो ।यस दिन कुल ३११ स्टकको १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ रुपैयाँ बराबरको ३ करोड, ५६ लाख ४९ हजार २११ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो दिन कुल २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँ बराबरको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर खरिद विक्री भएको थियो ।आज सेन्सेटिभ इन्डेकस ४.४६ अंकले बढेको छ । फ्ल
काठमाडौं — शेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगीको आरोपमा पक्राउ परेका छन्। प्रहरी वृत्त महाराजगन्जका अनुसार उनलाई ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो।वृत्तका प्रवक्ता अपिल बोहोराले अग्रवालमाथि ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ गरिएको जानकारी दिए। “शेयरसम्बन्धी ठगी र विश्वासघात मुद्दामा उनलाई नियन्त्रणमा लिइएको हो,” बोहोराले भने। प्रहरीका अनुसार अग्रवालविरुद्ध परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक÷निजी साझेदारी (पीपीपी) मोडलमा ४ वटा ठुला विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ ।प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि आईतबार सुचना जारी गर्दै निजी फर्म तथा कम्पनीहरूसँग आशयपत्र (इओआई) मागेको छ ।प्राधिकरणले ११८ किलोमीटरको तिङ्ला–दूधकोशी–ढल्केबर ४०० केभी, ९४ किलोमीटरको अरुण हब (शीतलपाटी)–इनरुवा ४०० केभी, ८० किलोमीटरको न्यू खिम्ती–ढल्केबर ४०० केभी र ३० किलोमीटरको लप्सीफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माण गर्न आशयपत्र आह्वान गरेको हो ।आशयपत्र पेश गर्ने फर्म तथा कम्पनीको आयोजना सञ्चालन गर्न आवश्यक वार्षिक आम्दानी (एनुअल रिक्वायर्ड रेभिन
काठमाडौं— राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हाल राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध रहेको जनाएको छ। विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा प्रणालीको क्षमता विस्तारका कारण सेवा अस्थायी रूपमा प्रभावित भएको हो।विभागका सूचना अधिकारी शिवराज सेढाईंले प्रणाली मर्मत कार्य सम्पन्न नभएसम्म विभागका तोकिएका सेवाहरू आंशिक रूपमा अवरुद्ध रहने जानकारी दिएका छन्।'प्रणालीको मर्मत कार्य पूरा नभएसम्म विभागसम्बद्ध तोकिएका सेवाहरू आंशिक रूपमा अवरुद्ध रहनेछन्,' सेढाईंले बताए।सेवाग्राहीहरूलाई असुविधा भए पनि मर्मतपश्चात सेवा नियमित रूपमा पुनः सुचारु गर
काठमाडौं— सुन्धारास्थित रहेको धरहरालाई गुगल म्यापमा ‘सेतो टावर’ नाममा देखाइएको छ। गुगल म्यापमा सर्च गर्दा सेतो टावर देखिएको हो ।धरहरा हेर्ने सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कामु निर्देशक रोशन श्रेष्ठले भने यो विषयमा सरकारलाई जानकारी नभएको बताए । ‘कसैले राख्यो होला हामीलाई जानकारी छैन,’ उनले भने ।भूकम्प पछिको पुनः निर्माण भएको धरहरालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो चुनावी अभियानमा सेतो टावर भनेपछि यो शब्द चर्चामा आएको थियो । उनले धरहरा भत्किसकेको भन्दै नयाँ बनेको संरचनालाई सेतो टावर भएको बताएका थिए । गुगलले म्याप
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.