पत्रपत्रिका

    Showing 81-90 of 1,250 items.
  • ‘मलाई काम गर्न दिनुस्’

    काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले शपथ लिएको दिनदेखि नै फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै ध्यान दिएको बताउँदै मेयर साहले त्यसका लागि नुवाकोटको सिसडोलका स्थानीयसँग केही दिनको समय मागेका हुन् । ‘म आफ्नो जागिर र काम छाडेर जनताको सेवाका लागि मेयर पदमा लडेको हुँ,’ उनले भने, ‘मलाई काम गर्न दिनुस् ।’आफूले सहज रूपमा काम गर्न पाए एक साताभित्रै सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता उनले व्यक्त गरे। उपमेयर सुनीता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने स्थल सिसडोल पुगेका साहले केमिकल हालेर एक साताभित्रै सो ठाउँलाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्य

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 86 पटक पढिएको
  • अवैध माध्यमबाट अर्बौं रुपैयाँ बराबरको कपडा भित्रिँदै

    काठमाडौं / स्वदेशी कपडा उद्योगीहरूले नेपालमा वर्षेनी अर्बौँ रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दाबी गरेका छन् । नेपाल कपडा उद्योग संघले नेपालमा वार्षिक ६ खर्बको कपडा खपत हुने तथ्याङ्क प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध आयातको हिस्सा १ खर्बमात्र रहेको जनाएको छ।‘नेपालमा खर्बका कपडाको खपत रहेकोमा वैध माध्यमले भन्सार तिरेर भित्रने तथा स्थानीय उत्पादन गरी एक खर्बको मात्र रहेकोले वैधानिक आपूर्ति ५ खर्ब न्यूनीकरण भएको देखिन्छ,’ संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘भारतसँगको खुला सिमानाले गर्दा सीमावर्ती बजारमा नेपाली उपभोक्ताको सहज प

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 208 पटक पढिएको
  • मौसमबारे जानकारी नहुँदा आन्तरिक उडान धमाधम रद्द

    काठमाडौं  / नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ ।मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निष्कर्षपछि विमान उड्ने र पुग्ने स्थानबीच (इनरुट)को उडान मार्गको मौसमसम्बन्धी जानकारी समयमै उपलब्ध नहुँदा त्यस्ता ठाउँको उडान प्रभावित हुन थालेको हो । भनेकै समयमा मौसमसम्बन्धी जानकारी नपाएपछि बिहीबार यति एयरलाइन्सका १० वटा उडान रद्द भएका छन् । काठमाडौँबाट बिरामी बोकेर ओखलढुङ्गा र पोखरा जानुपर्ने हेलिकप्टरले समेत उडान भर्न  पाएनन् । प्रतिकूल मौसमकै

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 81 पटक पढिएको
  • दैनिक ८ जनामाथि यौनजन्य दुर्व्यवहार

    काठमाडौं / यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुर्व्यवहारका घटना भएको देखिन्छ। यो तथ्यांकलाई औसत दरमा हेर्दा महिनामा झन्डै देशभरमा २ सय ४० र दैनिक ८ वटा यस्ता घटना प्रहरीकहाँ दर्ता भएको देखिन्छ। यो तथ्यांकमा यौनजन्य हिंसा र दुर्व्यवहारमा पनि बलात्कारको हिस्सा अत्यधिक छ। तथ्यांकअनुसार यो संख्याको झन्डै ७० प्रतिशत हिस्सा बलात्कारले लिन्छ। प्रहरीकहाँ दर्ता भएका जाहेरीको तथ्यांक हेर्दा यौन हिंसा तथा दुर्व

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 77 पटक पढिएको
  • प्रतिनिधि र प्रदेश सभा निर्वाचन मंसिर १० भित्र

    काठमाडौं / राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै बैठकमा निर्वाचनको विषय प्रवेश गराएका थिए ।‘सत्ता गठबन्धनबीच प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका विषयमा छलफल अघि बढिसकेको

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 96 पटक पढिएको
  • नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन ?

    काठमाडौं / प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छुु भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ।एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै तत्काल वाम एकता सम्भव छैन, अहङ्कारीले गठबन्धन तोड्न भ्रम मात्र फैलाइरहेका छन्ु भनेका छन् । सुर्खेतमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादी, नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) बीच तालमेल हुने हल्ला मात्रै भएको बताएका हुन् । अहिले

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 104 पटक पढिएको
  • त्रिविमा ताला लगाउने र फोड्नेबीच होडबाजी

    काठमाडौं / त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन्।विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारको कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक सङ्घले लगाएको ताला साढे चार महिनापछि बुधबार नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)ले फुटाइदिएको थियो तर ताला खुलेको २४ घण्टा नबित्दै बिहीबार फेरि पुरानै समूहले नयाँ ताला लगाइदिएको छ । आफूहरूले लगाएको ताला फुटाएर क्रान्तिकारीले मुठभेड गर्न खोजेको आन्दोलनकारीले आरोप लगाएका

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 94 पटक पढिएको
  • जब राजा वीरेन्द्रले ककपिटमा छिरेर सोधे – क्याप्टेन यो के गरिरहेको ?

    काठमाडौं / नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) ले राजा वीरेन्द्र शाहसँगको एउटा घटना सम्झन्छन् । उनी यसरी सुनाउँछन्रा, ‘जा वीरेन्द्रकै चाहनाअनुरूप मे १९ मा काठमाडौंबाट पेकिङ, फुकुओका, मनिला, क्वालालम्पुर, पेनाङको उडान भर्ने क्रममा राजा वीरेन्द्र ककपिटमा छिर्नुभयो । राजा वीरेन्द्रसँग त्यति बेला ककपिटमा भएको कुराकानीले सामान्य रहेन । त्यो एक क्षणको कुराकानीले मेरो व्यावसायिक जीवनमा ठूलै हलचल ल्यायो, जुन म कहिल्यै पनि भुल्न सक्दिनँ । फुकुवाबाट मनिलासम्मको उडान भर्ने क्रममा राजा वीरेन्द्र अचानक ककपिटमा छिर्नुभयो । त्यति बेला म डोप्लर

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 97 पटक पढिएको
  • मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिइने

    काठमाडौं / मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय काडाइसाथ लागू भएको छ । प्रविधिको प्रयोग नगरी आँखाले हेर्दै उडान गर्नुपर्ने क्षेत्रहरू भरतपुर, लुक्ला, सुर्खेत र पोखराको उडानमा यो व्यवस्था कडाइसाथ पालना गराइएको हो ।मौसमकै कारण जेठ १५ गते तारा एयरको जहाज दुर्घटनामा परेपछि पुनः त्यस्ता घटना दोहोरिन नदिन प्राधिकरणले यो व्यवस्था गरेको हो । वायु सेवाहरूले बुधबार विमानस्थलस्थित मौसम तथा हवाई मौसम पूर्वानुमान शाखाले उपलब्ध गराएको मौसमसम्बन्धी प्रतिवेदनका आधारमा अनुमति लिएर उडान गरे । प्राधिकरणका अनुसार २१ वटा विमान तथा हेलिकप्टर कम्पनीले मौसम तथा हव

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 96 पटक पढिएको
  • निजी शिक्षण संस्थामा छात्रवृत्तिका लागि ‘सोर्स

    काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माको डायरीका हरेक पानामा विद्यार्थीका नाम लेखिएका छन् । ती नाम निजी शिक्षण संस्थामा छात्रवृत्तिका लागि ‘सोर्सु लगाइदिन भनी टिपाइएका हुन्।फलानो स्कुललाई छात्रवृत्तिका लागि भनिदिनु पर्‍यो भन्न अभिभावकहरू उनीकहाँ आउँछन् । दैनिक पाँच जनासम्मको नाम टिप्ने गरेको जानकारी दिँदै उनले आफ्ना कोट, पाइन्टका खल्तीमा पनि त्यस्ता नाम लेखिएका कागजका टुक्रा थुप्रै रहेको सुनाए।एडुसञ्जालले बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने, “भन्न आएकालाई निराश पार्नु भएन, त्यसैले उनीहरूका नाम टिप्छु तर आजका मितिसम्म कसैलाई पनि फलानोलाई छात्रवृत्ति दिनू भनेर

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 101 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा